Comments Add Comment

इटालियन सिरी ए जुन २० देखि फेरि सञ्चालन हुने

१६ जेठ, काठमाडौं । कोरोना महामारीका कारण रोकिएको इटालीको फुटबल लिग सिरी ए जुन महिनाको २० तारेखदेखि सुरु हुने भएको छ ।

इटलीका खेलकुद मन्त्री भिनसेन्जो स्पाडाफोराले २० जुनदेखि लिगका खेलहरु शुरु हुने बताएका हुन् ।

कोरोना भाइरस महामारीङ्का कारण ९ मार्च देखि सिरी ए का खेलहरु स्थगित छन् । लिगमा अझै १२ चरणका खेल बाँकी छ ।

सिरी एका क्लबका खेलाडीहरुले यसै महिनाको सुरुवातमा खेलाडी व्यक्तिगत प्रशिक्षण शुरु गरिसकेका छन् । यसै हप्तादेखि सामूहिक प्रशिक्षण शुरु हुनेछ ।

२० मे मा इटालीको फुटबल महासंघले २० अगष्टमा सिरी ए सक्ने गरी नयाँ समयसीमा निर्धारण गरेको थियो । महासंघले शीर्ष तीन वटा डिभिजनको लिग सक्ने लक्ष्यसहित सुरु गर्ने र पुन: सुरु गर्ने वा बन्द गर्ने अवस्थामा प्ले अफको समेत विकल्प तयार गरिएको बताएको छ ।

सिरी ए को पुछारको क्लब ब्रेस्कियाका मालिक मासिमो सेलिनोले स्थगित सिजन पुन सुरु गर्ने कदमलाई पागल निर्णय भनेर प्रतिक्रिया दिएका छन् ।  ‘यो खेलाडीका लागि अति नै हो’ उनले भनेका छन् ‘हामी दुई महिनाबाट अभ्यास रोकेका छौँ । हप्तामा तीन खेल खेल्ने निर्णय खतरनाक छ । जर्मनीको तुलनामा इटलीमा तापक्रम समेत प्रतिकुल छ’ सेलिनोले भने ।

सिरी एमा युभेन्ट्स ६३ अंकसहित शीर्ष स्थानमा छ । उसले लिगमा लाजियोसंग एक अंकको अग्रता लिएको छ । इन्टरमिलान ५४ अंक सहित तेस्रो स्थानमा रहेको छ ।

युरोपको शीर्ष पाँच लिगमध्ये प्रिमियर लिग १७ जुन देखि शुरु गर्ने तयारी छ । त्यसका लागि क्लबहरु सहमत भए पनि सरकारले अनुमति दिन बाँकी छ । स्पेनिस ला लिगा जुन दोस्रो सातादेखि शुरु गर्ने तयारी भइरहेको छ ।

जर्मन बुण्डेसलिगा भने क्लोज डोरमा शुरु भइसकेको छ । फ्रेन्च लिग वान रद्द भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment