+
+

छोरालाई जिउँदै गाडेको आरोपमा बाबु पक्राउ

टोपराज शर्मा टोपराज शर्मा
२०७७ असार ५ गते १४:३७

५ असार, बुटवल । रुपन्देहीको तिलोत्तमामा आफ्नै बाबुले ८ वर्षको छोरालाई जिउँदै गाडेको स्थानीयले आरोप लगाएका छन् ।

तिलोत्तमा–४ प्रगतिनगरमा राजु परियारले बिरामी छोरालाई मृत्यु नहुँदै बोरामा हालेर घर नजिकै झाडीमा खाल्डो खनेर गाडेको स्थानीयको आरोप रहेको प्रहरीले जनाएको छ ।

गाडिएका बच्चाको खाल्डोबाट निकालेपछि मृत्यु भइसकेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी प्रतीतसिंह राठौरले बताए । छोरा बिरामी भएर बेहोस भएपछि बोरामा हालेर जमिनमा गाडेको भन्दै स्थानीयले विरोध जनाउँदै परियारलाई घेरा हालेपछि सुरक्षाका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

‘ज्युँदै गाडिएको हो वा मृत्यु भएपछि हो भन्ने पोष्टमार्टम रिपोर्टपछि मात्रै थाहा हुन्छ’ डीएसपी राठौरले भने, ‘आरोपितलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान पनि थालेको छ ।’

आरोपित परियारले भने छोराको मृत्यु भैसकेपछि जमिनमा गाडेको प्रहरीलाई बयान दिएका छन् ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?