Comments Add Comment

डिल्लीबजार कारागारको पुरानो भवन भत्कियो

५ असार, काठमाडौं । राजधानीको डिल्लीबजार कारागारको पुरानो भवन भत्किएको छ । वि.सं. १९६० तिर निर्माण भएको कारागारको भवन २०७२ सालमा गएको भूकम्पले थप क्षतिग्रस्त बनाएको थियो ।

त्यसयता कारागारको बाहिरी भागमा कैदीबन्दी बस्ने गरेका थिएनन् । त्यही बाहिर पट्टीको भागमा वर्षाका कारण छत खसेको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले अनलाइनखबरसँग भने, ‘पानीले बाहिरतिरको भाग भत्किएको हो, अरु कुनै क्षति भएको छैन ।’ यसअघि पनि त्यहाँ पटकपटक छत खसिसकेको छ र कारागारको सम्पूर्ण बाहिरी भाग जोखिममा छ ।

एक सरकारी छानविन समितिले उक्त भवन बस्नका लागि उपयुक्त नभएको रिपोर्ट दिइसकेको छ । तर, पुरातत्विक महत्वको भवन भएकाले हालसम्म थप कुनै निर्णय भएको छैन ।

अहिलेको स्थितिमा भवनको मर्मत, सम्भार सम्भव नभएको बताउँदै इञ्जिनियरहरु सम्मेलित समितिले नयाँ भवन बनाउन सुझाव दिएको छ । अहिले त्यसक्षेत्रमा प्रहरीले सुरक्षा व्यवस्था थप मजबुत बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment