१० असार काठमाडौं । इटालियन सिरी ‘ए’ अन्तर्गत गएराति भएको खेलमा नापोलीले भेरोनालाई २-० ले पराजित गरेको छ । भेरवनाको मैदानमा भएको खेलमा नापोलीले दुवै हाफमा एक एक गोल गरेको थियो ।
अर्काडिउज मिलिकले ३८औं मिनेटमा गोल गर्दै नापोलीलाई अग्रता दिलाएका थिए । ६१औं मिनेटमा भेरोनाका मार्को डेभिड फारोनीले गोल गरेपनि भिएआरले गोल मान्यता नदिँदा बराबरी गर्ने मौका गुमाएको थियो ।
९०औं मिनेटमा हार्भिन लोजानोले नापोलीका लागि दोस्रो गोल गरे ।
जितपछि २७ खेलबाट ४२ अंक जोडेको नापोली छैटौं स्थानमै यथावत छ । एक खेल कम खेलेको रोमा ४५ अंकसहित पाँचौ स्थानमा छ ।
यस्त जेनोअलाई ४-१ ले पराजित गर्दै पार्मा सातौं स्थानमा उक्लेको छ । एसी मिलान समान ३९ अंक जोडेको पार्मा गोलअन्तरमा अघि रहेको हो ।
प्रतिक्रिया 4