+

रामोसको पेनाल्टी गोलमा रियल मड्रिड विजयी, ४ अंकको अग्रता

२०७७ असार  १९ गते ७:३४ २०७७ असार १९ गते ७:३४
रामोसको पेनाल्टी गोलमा रियल मड्रिड विजयी, ४ अंकको अग्रता

१९ असार, काठमाडौं । कप्तान सर्गियो रामोसको एक मात्र गोलमा गेटाफेलाई पराजित गर्दै रियल मड्रिडले स्पानिस ला लिगाको उपाधि होडलाई बलियो बनाएको छ ।

रामोसले दोस्रो हाफमा गरेको पेनाल्टी गोलको मद्दतमा रियलले गेटाफेलाई १-० ले पराजित गरेको हो । रामोसले ७८औं मिनेटमा गोल गरेका हुन्। गेटाफेका माथियस ओलिभेरारले डानी कार्भाजललाई फाउनल गरेपछि रियलले पेनाल्टी पाएको थियो ।

कोरोना भाइरसपछि फेरि सुरु भएको लिगमा ६ खेल खेल्दा रामोसले ४ गोल गरिसकेका छन् ।

जितपछि रियलले दोस्रो स्थानको बार्सिोनासंग अंकदूरी ४ बनाएको छ । कोरोनाभाइरपछि लिग सुरु हुँदा बार्सिलोना २ अंकले अघि थियो ।
तर त्यसपछि रियलले अहिलेसम्म लगातार जित हात पार्दा बार्सिलोनाले भने लगातार ३ खेल बराबरी खेलेको छ ।

जितपछि रियलो ३३ खेलबाट ७४ अंक छ भने बार्सिलोनाको ७० अंक छ र ला लिगामा अब पाँच चरणका खेलहरु बाँकी छ ।

रियल मड्रिड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय