+
+

सैनिकलाई प्रधानसेनापतिको निर्देशन– व्यवहारिक रुपमा उच्चस्तरको आचरण देखाउनुस्

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २ गते ७:४२

२ साउन, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले संगठन सुधारका लागि आचारसंहिताको व्यवहारिक रुपमा पूर्णपालना गर्न सैनिक अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

भद्रकालीमा बिहीबारबाट सुरु भएको दोस्रो सैनिक आचारसंहिता सप्ताह, २०७७ लाई सम्बोधन गर्दै उनले संगठन सुधारका लागि प्रतिबद्ध रहन सबै अधिकृत तथा सकलदर्जालाई निर्देशन दिएका हुन् ।

थापाले भनेका छन्, ‘संगठन सुधारका लागि कार्यरत सबै सकलदर्जामा सैनिक मूल्यमान्यता, अटल देशभक्ति, निस्वार्थ सेवाभाव, अनुशासन र सैनिक आचरण व्यवहारिक रुपमा उच्चस्तरको हुनुपर्छ ।’

साथै, संहिता सैनिक अधिकारीका लागि वहालमा रहँदा मात्र नभइ अवकाशपछि पनि पालना गर्नुपर्ने जीवनोपयोगी मार्गदर्शन भएको थापाको भनाइ छ ।

थापाले पेशेवर र व्यवसायिक सेनाको विशेषता र आधार भनेकै प्रणालीमा आधारित सैनिक संगठन भएको बताउँदै सैनिक आचारसंहिता पालनामा हरेक व्यक्तिले सदैव विशेष जोड दिनुपर्ने बताए ।

सप्ताहमा सैनिक आचारसंहिता, मिडिया नीति, सामाजिक सञ्जालको प्रयोग, मानवीय आचरण, भर्ना छनौट, आर्थिक कारोबार, लैंगिक आचरण लगायतका विषयमा कक्षा सञ्चालन, प्रस्तुतिकरण र छलफल हुने सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलले बताए ।

उनका अनुसार यस किसिमका कार्यक्रममा सैनिक आचरण, नैतिकता तथा मूल्य मान्यता थप मजबुत भइ विशिष्ट सैनिक चरित्र निर्माण हुने विश्वास राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?