+

गणेशमान सिंह स्मृति राष्ट्रिय खुल्ला बक्सिङ प्रतियोगिता रद्द

२०७७ साउन  ७ गते ६:२० २०७७ साउन ७ गते ६:२०
गणेशमान सिंह स्मृति राष्ट्रिय खुल्ला बक्सिङ प्रतियोगिता रद्द

७ साउन, काठमाडौं । वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुल्ला बक्सिङ प्रतियोगिता रद्द भएको छ । २०७६ साल चैत १८ देखि २२ गतेसम्म काठमाडौंमा आयोजना गर्ने भनिएकोको प्रतियोगिता यसअघि कोरोना भाइरस महामारीले गर्दा स्थगित भएको थियो ।

तर अहिले भने अर्कै कारणले प्रतियोगिता रद्द भएको छ । प्रतियोगिताको नाममा गत आर्थिक वर्षमा राष्ट्रिय खेलकुद परिषदबाट निकासा भएको रकम आर्थिक वर्ष समाप्त भएकाले फिर्ता गर्न राखेपले ताकेता गरेकाले प्रतियोगिता रद्द गरेको गणेशमान सिंह फाउण्डेसन खेल समितिले जनाएको छ ।

फाउण्डेसनले मगंलवार विज्ञप्ती जारी गर्दै प्रतियोगिता रद्द भएको र यसले पर्न गएको असुविधाका लागि समेत क्षमा मागेको छ ।

देशभरबाट छनोट प्रतियोगिता गर्दै आयोजना हुने उक्त प्रतियोगिताका लागि फाउण्डेसनले प्रदेश १, प्रदेश २ र वागमती प्रदेशमा छनोट प्रतियोगिता पनि सम्पन्न गरिसकेको थियो ।

गणेशमान सिंह बक्सिङ प्रतियोगिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय