+
+

विप्लव समूहका चितवन इन्चार्ज बिसी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १३ गते १०:०१

१३ साउन, चितवन । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका चितवन जिल्ला इन्चार्ज लालबहादुर बिसी पक्राउ परेका छन् ।

उनलाई प्रहरीले सोमबार साँझ पूर्वीचितवनको राप्तीबाट नियन्त्रणमा लिएको हो ।

बिसीलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखेर सोधपुछ भइरहेको छ ।

स्रोतका अनुसार बिसीसँगै विप्लवका अन्य जिल्ला नेताहरु समेत नियन्त्रणमा रहेका छन् । पक्राउ परेका अन्यमा रुकुमका होमबहादुर खड्का (हुकुम रसाइली), दलित मुक्ति मोर्चाका महासचिव सुर्खेतका राम लाल विक, चनौलीका भीमबहादुर श्रेष्ठ र रसौलीका दानबहादुर श्रेष्ठ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?