+
+

ट्याक्सी चालकसँग ‘हप्ता’ असुली गरेको अभियोगमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २५ गते १५:२९

२५ साउन, काठमाडौं । ट्याक्सी चालकसँग ‘हप्ता’ असुली गर्न खोजेको अभियोगमा एकजना पक्राउ परेको छन् । पक्राउ पर्नेमा सर्लाही परमानिपुर–९ घर भइ चन्द्रागिरि–३ बस्दै आएका ३८ वर्षीय कमल वाइबा छन् ।

उनलाई महानगरीय प्रहरी प्रभाग, नागढुंगाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त, थानकोटका डीएसपी घनश्याम श्रेष्ठका अनुसार उनले ट्याक्सी चालकहरुले ग्राहकसँग लिने रकम मध्ये केही आफूले पाउने पर्ने बताउँदै असुली गर्न खोजेका थिए ।

तर, प्रहरीले जानकारी पाएपछि उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको छ । वाइबाविरुद्ध मुलुकी अपराध संहितामा भएको व्यवस्था अनुसार कारबाही प्रक्रिया अघि बढ्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?