+

‘आजको दिन खेल क्षेत्रले अपमान महसुस गरेको छ’

२०७७ असोज  ३ गते १९:२३ २०७७ असोज ३ गते १९:२३
‘आजको दिन खेल क्षेत्रले अपमान महसुस गरेको छ’

३ असोज, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण जितेका खेलाडीहरुलाई मानपदवीका लागि फारम भराएर पनि नदिएको भन्दै नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले असन्तुष्टि जनाएको छ ।

संविधान दिवसको दिन राष्ट्रपतिबाट नेपालका विभिन्न क्षेत्रका व्यक्तिहरुलाई मानपदवी अलङ्कार र पदकद्वारा विभुषण घोषणा हुँदा खेलकुद क्षेत्रबाट जम्मा १९ जना समावेश थिए । त्यसमा पनि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवाल, राखेपका प्रशासन विभाग प्रमुख कुलबहादुर थापा, ओलम्पियन संगिना वैद्य र तेक्वान्दो प्रशिक्षक तुलसी गौतम थिए भने बाँकी १५ जना सागमा स्वर्ण जितेका खेलाडी थिए । उनीहरू पनि विभागबाट सिफारिस भएका थिए ।

अरू खेलाडीलाइ मानपदवी नदिएको भन्दै  खेलाडी संघले असन्तुष्टि जनाएको छ । संघले शनिबार विज्ञप्ति जारी गर्दै सम्मान गर्न नसकिने भए अपमान पनि गर्न नहुने जनाएको छ । ‘देशले विभिन्न कार्यक्रममार्फत संविधान दिवस मनाईरहँदा सिंगो खेल क्षेत्र भने निराश हुनुपर्ने अवस्था श्रृजना भएको छ, संघले भनेको छ ।

गत वर्ष १३ औं साग आयोजना हुँदा खेलाडीले गरेको उच्च प्रदर्शनबाट नेपालले साग इतिहासमै अहिले सम्मकै ठूलो सफलता प्राप्त गरेको थियो । नेपालले १३ औं सागमा ५१ स्वर्ण, ६० रजत र ९६ कास्य पदकसहित साग इतिहासमा सर्वाधिक पदक जितेको थियो ,

खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘खेलाडी सम्मानको हकदार थिए । त्यो सम्बन्धित निकायले ध्यान दिनुपर्ने विषय थियो । खेलाडीले आफ्नो जिम्मेवारी सफलतापूर्वक पूरा गरेका थिए, तर अहिले सरकारले विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई मानपदवीबाट सम्मान गर्दा खेल क्षेत्रले भने अपमान महसुस गर्नुपर्ने दुःखद अवस्था सृजना भएको छ ।’

यसअघि मानपदवीका लागि भन्दै युवा तथा खेलकुद मन्त्रालयबाट १३औं सागका स्वर्ण विजेता खेलाडीको लागि फारम भर्न लगाइएको समेत विज्ञप्तिमा उल्लेख छ ।

‘मन्त्रालयको निर्देशन भन्दै राखेपले १३ औं सागका स्वर्ण पदक विजेता यहि मानपदवीका लागि भन्दै फारम भर्न लगाइएको प्रसंग संघ यहाँ स्मरण गराउँन चाहन्छ । त्यति बेला नै संघले सागका पदक विजेता हरेक खेलाडी मानपदवीको हकदार भएको उल्लेख गर्दै फारम भराउनु गलत भएको आवाज उठाएको थियो’ विज्ञप्तीमा भनिएको छ, ‘त्यसका वावजुद पनि स्वर्ण पदक विजेता खेलाडीले फारम भरेर राखेपलाई बुझाएपनि आज सूचि सर्वाजनिक हुँदा विभागले सिफारिस गरेका बाहेक कुनै पनि खेलाडी त्यसमा मानपदवीको सुचीमा समावेश नहुनु अत्यन्तै दुःखद पक्ष हो ।’

उनले अघि भनेका छन्, सम्मान दिन सकिन्न भने खेलाडीलाई अपमान गर्ने अधिकार पनि कसैलाई रहदैन । यसलाई खेलाडी संघले गम्भिरतापूर्वक लिएको यहाँ उल्लेख गर्न चाहन्छौं । आजको दिन खेल क्षेत्रले अपमान महसुस गरेको छ ।’

स्वर्ण
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय