
केहि दिन अगाडि चलचित्र ‘ए मेरो हजुर ४’का निर्माता सुनिलकुमार थापाले चलचित्रको छायांकन सुरु गर्ने बताएका थिए । सरकारले छायांकनका लागि अनुमति नदिदै उनले शुक्रबारदेखि काम सुरु गर्ने बताएका थिए ।
चलचित्र छायांकनका लागि सबै तयारी पुरा भएको भन्दै उनले करिब १५ दिन काम गर्न पाएको खण्डमा छायांकन सकिने बताएका थिए । तर, शुक्रबारदेखि छायांकन सुरु गर्ने बताएपनि काम भने सुरु हुन सकेन ।
निर्माता थापाले, आफूहरुले सरकारले अनुमति दिएपछि मात्रै छायांकन सुरु गर्ने निर्णय गरेको प्रतिक्रिया दिए । उनले अनलाइनखबरसँग भने–‘शुक्रबारदेखि छायांकन सुरु गर्ने हाम्रो योजना थियो । तर, अब हामीले निर्णय परिवर्तन गरेका छौ । सरकारले अनुमति दिएको भोलीपल्टै हामी छायांकनमा जान्छौ ।’
सरकारले चलचित्र छायांकनको अनुमति केही दिनमै दिने आशामा केही निर्माता बसेका छन् ।
झरना थापाले निर्देशन गरिरहेको यो चलचित्रको ५० प्रतिशत काम सकिएको छ । चलचित्रमा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत लगायतका कलाकारको मुख्य भूमिका छ ।
सरकारले छायांकनको अनुमति नदिएपनि केही चलचित्रका निर्माताले काम सुरु गर्ने भन्दै छायांकनको घोषणा गरेका थिए । तर, कुनै पनि चलचित्रका निर्माताले काम सुरु गर्न भने सकेनन् ।
प्रतिक्रिया 4