
२५ असोज, चितवन । चितवनको भरतपुर अस्पतालमा आइतबार साँझ थप एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।
अस्पतालमा उपचाररत ४० वर्षीया बेवारिसे महिलाको बेलुकी ५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । असोज १५ गते ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएको देखिएपछि उनलाई अस्पताल ल्याइएको थियो ।
उनमा असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा थप जटिलता आउन थालेपछि उनलाई सोही दिनदेखि कोभिड आइसीयूमा राखेर उपचार थालिएको थियो । ती महिलाको ठेगाना खुलेको छैन भने आफन्त पनि सम्पर्कमा नरहेको भरतपुर अस्पतालले जनाएको छ ।
चितवनमा आइतबार मात्रै भरतपुर अस्पतालमा दुई जना र चितवन मेडिकल कलेजमा एक जना गरी तीन जना संक्रमितको मृत्यु भएको छ । शनिवार पनि चितवनमा उपचारको क्रममा तीन जनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4