
१९ कात्तिक, काठमाडौं । कल्पना खरेलको उपन्यास ‘लभ इन जेरुसेलम’ प्रकाशित भएको छ ।
उपन्यास इजरायलको भूगोलमा हुने बाध्यात्मक वैदेशिक रोजगार तथा पारिवरिक बिखन्डनमा आधारित छ । खरेलको यो पाँचौ कृति हो । यसअघि उनका ‘क्षितिज पारीका शब्दहरू’, ‘समलिंगी सम्बन्धहरू’ लगायत प्रकाशित छन् ।
लेखिका खरेलका अनुसार सर्वोच्च शिखर सगरमाथा भएको देशबाट पृथ्वीकै होचो सतह मृतसागर भएको देशलाई सम्बोधन गरिएको प्रेमकथा नै ‘लभ इन जेरुसेलम’ हो ।
पैरवी बुक हाउसले प्रकाशन गरेको उपन्यासको मूल्य २ सय ९८ रुपैयाँ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4