Comments Add Comment

‘ए मेरो हजुर ४’मा ३ फरक गेटअपमा अनमोल

नायक अनमोल केसी र नायिका सुहाना थापाको मुख्य भूमिका रहेको चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन रोकिएको छ । अस्पताल, विमानस्थलको दृश्य खिच्नु परेपछि तत्कालका लागि चलचित्रको छायांकन रोकिएको हो । निर्माता सुनिल कुमार थापाले चलचित्रको छायांकन करिब २ महिनापछि सुरु गर्ने बताए । उनका अनुसार, केही दृश्य र २ वटा गीतको छायांकन गर्न बाँकी छ ।

झरना थापाको निर्देशनमा तयार भैरहेको यो चलचित्रमा नायक अनमोल केसी ३ वटा गेटअपमा प्रस्तुत हुने निर्माता थापाले बताए । उनले भने–‘चलचित्रमा अनमोलको ३ वटा गेटअप छ । जसमध्ये २ वटा गेटअपको छायांकन सकिएको छ । बाँकी एउटा गेटअपका लागि अनमोलले आफूमा परिवर्तन ल्याउनुपर्नेछ ।’

निर्माता थापाका अनुसार, चलचित्रका लागि नायक अनमोल केसी करिब १० केजी दुब्लाउनुपर्नेछ । उनले भने–‘अनमोल गम्भिर बिरामी भएको देखाउनुपर्नेछ । जसका लागि अनमोलले तौल घटाउनुपर्छ । यसका लागि पनि हामीले केही समय ब्रेक लिएका हौं ।’

यो बर्षको दशैंमा रिलिज गर्ने उद्देश्यका साथ गतबर्षको फागुणबाट चलचित्रको छायांकन सुरु गरिएको थियो । तर, कोरोना महामारीका कारण चलचित्रको काम पूर्ण हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment