+
+

भक्तपुरमा घरको पाँचौं तलाबाट खसेर एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २६ गते १८:३७

२६ पुस, काठमाडौं । भक्तपुरमा ईंट्टाको गाह्रो लगाउने क्रममा घरको पाँचौं तलाबाट खसेर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा महोत्तरी बर्दिबास घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका-५ कटुन्जे बस्ने ३५ वर्षीय डम्बर मगर रहेका छन् ।

प्रहरीका अनुसार भक्तपुर नगरपालिका-२ कालोपाटीमा सुनिल थिमीको घरको पाँचौं तलामा ईंट्टाको गाह्रो लगाउने क्रममा आइतबार दिउँसो उनी अचानक खसेका थिए । पाँचौं तलाबाट खसेर गम्भीर घाइते भएका उनको डा. इवामुरा अस्पताल भक्तपुरमा उपचारको क्रममा मृत्यु भएको महानगरी प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?