+

मेसीको गोलमा बार्सिलोना क्वाटरफाइनलमा

२०७७ माघ  १५ गते ९:५२ २०७७ माघ १५ गते ९:५२
मेसीको गोलमा बार्सिलोना क्वाटरफाइनलमा

१५ माघ, काठमाडौं । लिओनल मेसीले पुनरागमन खेलमा गोल गर्दा बार्सिलोनाले रायो भालेकानोलाई पराजित गर्दै कोपा डेल रेको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा बार्सिलोनाले दोस्रो श्रेणीको रायोलाई २-१ ले पराजित गरेको हो । खेलमा एक गोलले पछि परेको अवस्थामा बार्सिलोनाले पुनरागमन गर्दै दुई गोल गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६३औं मिनेटमा फ्रान्सिस्को गार्सियाले गोल गर्दै रायोलाई अग्रता दिलाएका थिए । ६९औं मिनेटमा मेसीले बार्सिलोनाका लागि बराबरी गोल गरे ।

८०औं मिनेटमा फ्रेंकी डे जोङले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए र त्यही गोल जितमा निर्णायक बन्यो ।

यस्तै भ्यालेन्सियालाई ३-० ले पराजित गर्दै सेभिया पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ । सेभियाका लागि लुक डे जोङले दुई तथा इभान राकिटिकले एक गोल गरे ।

उता थोमस टुचेल नयाँ प्रशिक्षक बनेपछिको पहिलो खेलमा लण्डन क्लब चेल्सीले वल्भससँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ । फ्राङ्क लाम्पार्डलाई बर्खास्त गरेपछि चेल्सीले पीएसजीका पूर्व प्रशिक्षक टुचेललाई नयाँ म्यानेजर नियुक्त गरेको हो ।

चेल्सी २० खेलबाट ३० अंकसहित आठौं स्थानमा छ ।

बार्सिलोना मेसी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय