+
+

जनगणनाका लागि गुल्मीमा ५ सय गणक खटाइने

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ८ गते १७:२७

८ चैत, गुल्मी । गुल्मीमा राष्ट्रिय जनगणनाका लागि कार्यालय स्थापना भएको छ । जिल्ला सदरमुकाम तम्घासमा कार्यालय स्थापना गरिएको हो । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२ औं जनगणना-२०७८ देशभर सञ्चालन हुँदैछ ।

कार्यालय स्थापनासँगै जिल्ला जनगणना समन्वय समितिको बैठक समेत गरिएको जिल्ला जनगणना अधिकारी मदनप्रसाद पोखरेलले बताए । राष्ट्रिय जनगणना–२०७८ का लागि सुपरिवेक्षक र गणक परिचालन गरिने भएको छ ।

जिल्लामा जनगणनाका लागि १०१ जना सुपरिवेक्षक र ४३४ जना गणक परिचालन हुने पोखरेलले बताए । जनगणनामा आवश्यक पर्ने जनशक्ति करारमा लिइने उनले जानकारी दिए । यसका लागि अनलाइनमार्फत आवेदन दिन सकिनेछ ।

गणकले तथ्याङ्क संकलन गर्नुभन्दा पहिले सुपरिवेक्षकले घर सर्भे गर्नेछन् । सुपरिवेक्षकले २०७८ साल वैशाख २६ देखि जेठ १४ गतेसम्म घरपरिवार सूचीकरण गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?