Comments Add Comment

पहिलो पटक अन्तर्राष्ट्रिय पारा ब्याडमिन्टनमा नेपाली खेलाडीले प्रतिस्पर्धा गर्दै

१३ चैत, काठमाडौं । नेपाली पारा ब्याडमिन्टन खेलाडीले पहिलो पटक अन्तर्राष्ट्रिय पारा ब्याडमिन्टन प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् ।

सुर्खेतका १८ वर्षीय प्रकाश अधिकारीले युएईमा हुने तेस्रो फाज्जा दुबई अन्तर्राष्ट्रिय पारा ब्याडमिन्टनमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।

मार्च २७ देखि अप्रिल ५ सम्म दुबईको शाबब अल अहली दुबई क्लबमा हुनेछ । प्रकाश शनिबार त्यसतर्फ प्रस्थान गर्नेछन् ।

प्रकाशलाई बिहीबार नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका बोर्ड दसस्य सुवास श्रेष्ठलगायतले बिदाई गरेका थिए ।

प्रकाश अधिकारीको मात्र नभई नेपाल पारा ब्याडमिन्टनको पनि यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता भएको संघका अध्यक्ष श्रेष्ठले बताए । रामजीबहादुर श्रेष्ठ एसियन पारा ब्याडमिन्टनका समेत अध्यक्ष हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment