+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

टेकनाथ दहालको उपन्यास ‘विवर्तन’ विमोचन

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ५ गते १४:४२

५ वैशाख, काठमाडौं । महाभारतको पात्र पृथा (कुन्ती) लाई मुख्य पात्र बनाएर लेखिएको टेकनाथ दहालको उपन्यास ‘विवर्तन’ विमोचन गरिएको छ ।

शनिबार सर्वनाम थिएटरमा आयोजित कार्यक्रममा कवि विष्णुविभु घिमिरे, समालोचक डा. लक्ष्मणप्रसाद गौतम, डा. ज्ञानु पाण्डे र लेखक दहालले उपन्यास विमोचन गरे ।

पुस्तकमाथि बोल्दै समालोचक डा. लक्ष्मणप्रसाद गौतमले महाभारत विशाल सागर भएकाले यसबाट जति पनि उपकथा झिक्न मिल्ने बताए । ‘विवर्तन उपन्यासमा महाभारतमा नभनिएका सूक्ष्म घटनासमेत रोचक शैलीमा भनिएको छ’ गौतमले भने, ‘महाभारतको सामान्य ज्ञान भएका पाठकलाई विवर्तनले आकर्षित गर्नेछ ।’

यस्तै समालोचक ज्ञानु पाण्डेले महिलाको सत्व महिलामै निहीत रहेको कुरा उपन्यासले उठाएको बताइन् । ‘महिला भोग्ने विषय भनेर गरिएको सामाजिक परिभाषाको विपक्षमा यो उपन्यास उभिएको छ’ पाण्डेले भनिन्, ‘महाभारतकी कुन्तीको कथालाई आजको युगीन शैलीमा भन्न लेखक सफल छन् ।’

प्रमुख अतिथि कवि विष्णुविभु घिमिरेले वर्षको सुरुमै पठनीय उपन्यास प्रकाशन भएको भन्दै लेखकको कल्पनाशीलताको प्रशंशा गरे ।

लेखक दहालले २०६४ सालमै उपन्यासको खाका तयार पारेको भन्दै पाण्डु र पृथा पात्र खडा गर्न निकै कठिन भएको खुलाए । वाल्मीकी क्याम्पसका उपप्राध्यापक रहेका दहालको ‘विवर्तन’ पहिलो उपन्यास हो । उपन्यास ‘इन्डिगो इन्क’ले प्रकाशन गरेको हो ।

उपन्यासको मूल्य ३ सय ९९ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?