
२७ असार, जनकपुरधाम । सिरहाको लहानस्थित इलाका प्रहरी कार्यालयको हिरासत कक्षबाट थुनुवा फरार भएपछि तीन जना प्रहरी कर्मचारी निलम्बित भएका छन् ।
सुरक्षामा खटिएका एक जना असई, एक जना हवल्दार र एक जना जवानलाई निलम्बन गरिएको सिरहाका प्रहरी प्रवक्ता डीएसपी सुवास बुढाथोकीले जानकारी दिए । यी तीन जनालाई निलम्बन गरी थुनुवा फरार भएका घटनाको अनुसन्धान गरिरहेको उनले बताए ।
शनिबार बिहान इलाका प्रहरी कार्यालय लहानको हिरासत कक्षको थुनामा रहेका सिरहाको नवराजपुर गाउँपालिका–१ बस्ने पशुपति यादव झ्यालको ग्रिल तोडी फरार भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4