
४ साउन, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकबाट दश बुँदे सहमति अनुमोदन गरेको छ । एकता जोगाउन गठित कार्यदलले जुटाएको दश बुँदे सहमति अनुमोदन गर्दै बैठक स्थगित भएको छ ।
अर्को बैठक मंगलबार दिउँसो तीन बजे बोलाइएको छ । सोमबारको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ ।
छोटो समय बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका थिए । दश बुँदे सहमति अनुमोदन गरेपनि बरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु भने अनुपस्थित थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4