+

थोम्पसन हेराले तोडिन् १०० मिटर दौडमा ३३ वर्ष पुरानो कीर्तिमान

२०७८ साउन  १६ गते १९:२७ २०७८ साउन १६ गते १९:२७
थोम्पसन हेराले तोडिन् १०० मिटर दौडमा ३३ वर्ष पुरानो कीर्तिमान

१६ साउन, काठमाडौं । जमैकाकी एलाइन थोम्पसन हेराले ३३ वर्ष पुरानो कीर्तिमान तोड्दै टोकियो ओलम्पिक २०२० मा महिला १०० मिटर दौडमा स्वर्ण जितेकी छिन् ।

यस इभेन्टमा जमैकाकी खेलाडीले पदकमा क्लिन स्वीप गर्दा सेली अन फ्रेसर प्रायसले रजत र सेरिका ज्याक्सनले कास्य जितिन् ।

२०१६ मा रियोमा समेत १०० मिटरमा स्वर्ण जितेकी थोम्पसनले लगातार दोस्रो पटक स्वर्ण जित्ने क्रममा १०.६२ सेकेण्डको नयाँ ओलम्पिक कीर्तिमान बनाइन् । यसअघि सन् १९८८ मा अमेरिकन ग्रिफिथ जोएनरले ओलम्पिकमा १०.६२ सेकेण्डको कीर्तिमान बनाएकी थिइन् । १०० मिटरमा विश्वक कीर्तिमान भने उनै जोएनरको नाममा छ । उनले सन् १९८८ मै १०.४९ सेकेण्डको कीर्तिमान बनाएकी थिइन् ।

यस्तै सन् २००८ र २०१२ को स्वर्ण विजेता सेली अन फ्रेसरले १०.७४ सेकेण्डमा दूरी पूरा गर्दै रजत जितिन् भने सेरिका ज्याक्सनले १०.७६ सेकेण्ड समयसहित कास्य जितिन् ।

टोकियो ओलम्पिक
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय