+

क्रिकेट संघका अध्यक्ष भन्छन्– पारसको संन्यास अप्रत्यासित

२०७८ साउन  १९ गते ११:२१ २०७८ साउन १९ गते ११:२१
क्रिकेट संघका अध्यक्ष भन्छन्– पारसको संन्यास अप्रत्यासित

१९ साउन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले पूर्व कप्तान पारस खड्काको संन्यास अप्रत्यासित भएको बताएका छन् ।

आईसीसी विश्व क्रिकेट लिग टूका लागि नेपाली राष्ट्रिय टोलीको मंगलबार बन्द प्रशिक्षण शुरु गर्ने तयारी थियो, तर पारसले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् । अध्यक्ष चन्दका अनुसार मंगलबार बिहान करीब साढे ७ बजेतिर पारसले इमेल गरेर संन्यास लिन लागेको जानकारी गराएका थिए ।

पारसको संन्यासबारे चन्द भन्छन्, ‘कप्तानबाट राजीनामा दिए जस्तै अप्रत्यासित भयो ।’ यसबारे क्रिकेट संघको औपचारिक धारणा आउने समेत उनले बताएका छन् ।

नेपाल क्रिकेट संघ पारस खड्का
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय