Comments Add Comment

कभर स्टोरी

List Grid
मानसिक स्वास्थ्यको विषयलाई जब ग्ल्यामराइज गरियो

फेसन र जीवनशैलीसँग सम्बन्धित चर्चित म्यागजिन ‘भोग’को कभरमा छापिएको एक तस्वीरलाई लिएर आहिले विवाद भएको छ । भोगको यस अंकलाई ‘द म्याडनेस इश्यु’ भनिएको छ । प्रकाशकका अनुसार उनीहरुले यस माध्यामबाट मानसिक स्वास्थ्य जस्तो अहम् मुद्धा उठाउन चाहन्थे । यस अंकको आवरणमा एक महिलाको तस्वीर छ, जो अस्पतालको बाथटबमा बसेकी छिन् । एक नर्सले उनको […]

कोरोना महामारी : हाम्रो आत्मबल बढेको कि लापरवाही गरेको ?

अहिले मुलुक लकडाउनमा छ । किन ? किनभने मान्छेको भिडभाड र आपसी घुलमिल नहोस् भनेर । कोरोना भाइरसको औषधि एवं खोप आइसकेको छैन । यही कारण कोरोना भाइरसजस्तो संक्रामक रोगबाट जोगिन लकडाउनलाई अहिले एउटा विकल्पको रुपमा अपनाइएको हो । तर सडकमा हेरौं वा सहरमा, गल्लीमा पुगौं वा बस्तीमा, मान्छेहरू चहलपहल कम छैन । किनमेल गर्न […]

को हुन् सच्चा शिष्य, के हो सही गुरु–दक्षिणा ?

गुरु–दक्षिणबारे अनेकन पौराणिक कथा प्रचलनमा छन् । त्यसमध्ये एकलव्यको कथा बढी चर्चित छन् । एकलव्यले धनुष विद्या सिक्न चाहेका थिए । तर, उनलाई धनुष विद्या सिकाउने गुरु तयार भएनन् । खासगरी गुरु द्रोणाचार्यले उनलाई धनुष विद्या सिकाउन अस्विकार गरे । अन्ततः एकलव्यले द्रोणाचार्यको प्रतिमा स्थापना गरे । उनैलाई गुरु मानेर धनुष विद्या सिके । यसमा […]

को हुन् हाम्रा पूज्य गुरु ?

हामी आमा, बुवाकै सर्वोच्व श्रेणीमा राख्छौं, गुरुलाई पनि । अर्थात हाम्रा निम्ति गुरु पूज्य छन् । के भनिन्छ भने, जन्म दिने आमाबुवा हुन् र कर्म दिने गुरु । यसर्थ गुरु कुनै निश्चित व्यक्ति वा पात्र मात्र होइनन् । ति तमाम हाम्रा गुरु हुन्, जसले हामीलाई कुनै न कुनै ज्ञान, सीप, शिक्षा, कौशल दिए । खासमा […]

श्रमले भाग्य निर्माण हुन्छ

आज हामी श्रमबाट भाग्ने गछौं । ऐशआरम, सुख–सयलमा मस्त रमाउन चाहन्छौं । र, भाग्यमा बढी निर्भर रहन्छौं । यही चक्करमा परेर हामी अनेकन समस्या र झमेलामा फसिरहेका हुन्छौं । जबकी श्रम नै हरेक समस्याको समाधान हो । कुनैपनि क्षेत्रमा सफलता हासिल गर्नुलाई हामी भाग्य मान्छौं । तर, खप्तड स्वामीले भनेका छन्, ‘दृढ विचार भएको मानिसको […]

चिन्ताले पुर्‍याउँछ चितामा

नेपालीमा उखान नै छ, चिन्ताले चितामा पुर्‍याउँछ । चिन्ता आफैमा कुनै समाधान होइन । यद्यपि जब–जब कुनै समस्या, अप्ठ्याराहरु आइलाग्छन्, हामी चिन्तित हुन्छौं । आफुले चाहेको कुरा प्राप्त नगर्दा, आफुले सोचेजस्तो सबैकुरा ठिकठाक नहुँदा, कतिपय कामकुराहरु बिग्रिदा, आफ्नो स्वास्थ्य स्थिति खराब हुँदा, पारिवारिक बेमेल हुँदा स्वभाविक रुपमा हामीमा चिन्ताको स्तर बढ्छ । चिन्ता एक स्वभाविक […]

मनसुनमा सताउने १० संक्रामक रोग

अहिले यसै पनि कोरोनाको भय छ । कोरोना भाइरसको सम्भावित संक्रमणको खतराकै कारण खुला रुपमा हिँडडुल गर्न, यात्रा गर्न सहज छैन । यस्तो अवस्थामा अस्पताल धाउनु अरू कठिन हुन्छ । तर गर्मीयाम एवं मनसुनसँगै अरू किसिमको विभिन्न संक्रामक रोग फैलिने भय रहन्छ। अर्कोतिर यस मौसममा हाम्रो पाचनयन्त्र कमजोर हुन्छ । खानेकुरा सहजै पच्दैन । अर्कोतिर […]

बहुउपयोगी वनस्पति तुलसी : घरेलु ओखतीदेखि वायु शुद्धीकरणसम्म

वास्तवमा तुलसी रोप्नुलाई धार्मिक आस्थासँग जोडिएको छ । तुलसी मात्र होइन, राम्रो वनस्पति रोप्नु आफैँमा पुण्यको काम हो । वनस्पति थरीथरीका हुन्छन् । सबैको आआफ्नै गुण हुन्छन् । त्यसमध्ये प्रकृतिमा यस्ता वनस्पति छन्, जो प्राणी जगतका लागि अतिउपयोगी छन् । जस्तो कि तुलसी । हामी देख्छौं घरको आँगनमा मठ बनाइन्छ । लिपपोत गरिन्छ । सफासुग्घर […]

आत्महत्या गर्नेको मनोदसा र भ्रम

पछिल्लो समय नेपालमा आत्महत्या दर बढ्दो छ । भनिन्छ, दैनिक औसत १९ जनाले आत्महत्या गरिरहेका छन् । वर्तमान स्थितिमा जनजीविका कष्टकर बन्दै गएकाले आत्महत्या बढ्नुमा लकडाउन पनि एउटा प्रमुख कारण हुनसक्ने अनुमान गरिएको छ । त्यसो त आर्थिक जटिलता, पारिवारिक कलह जस्ता थुप्रै कारणले आत्महत्या गर्न उक्साउने गरेको पाइन्छ । मान्छेले किन आत्महत्या गर्छन् ? […]

बिहान चाडै उठ्दा स्वस्थ, बुद्धिमान र धनी भइन्छ ?

अंग्रेजीमा एउटा प्रशिद्ध भनाई छ, ‘अर्ली टु बेड एन्ड अर्ली टु राइज, मेक अ मेन हेल्दी, वेल्दी एन्ड वाइज ।’ यसको अर्थ हो जो व्यक्ति बिहान चाडै उठ्छन्, राती चाडै सुत्छन् उनीहरु स्वस्थ हुन्छन् । बुद्धिजीवि हुन्छन् । र, उनीहरु धनी पनि हुन्छन् । के सुत्ने र उठ्ने यस्तो तालिकाले वास्वतमै स्वस्थ्य, बुद्धि र धन […]

बुढ्यौलीको आफ्नै सौन्दर्य

बैंसालु उमेरमा हामी आफ्नो रूपरंगको जति ख्याल राख्छौं उमेर ढल्किँदै जाँदा भने त्यसप्रति हाम्रो रुचि घट्दै जान्छ । किशोर वा युवा उमेरमा हामी हरक्षण सर्तक रहन्छौं आफ्नो रूप रंगप्रति । अनुहार, आँखा, कपाल, ओठ, दाँत, हातखुट्टा, नङ, समग्र शरीरको बान्की मिलाउन खोज्छौं । लुगाफाटो पनि चिरिच्याट्ट लगाउन मन लाग्छ । जसरी हुन्छ, हेर्दा आकर्षक देखिनुपर्छ। […]

जीवनोपयोगी हुनसक्छ यी प्रेरक भनाई

जीवनमा आफ्नै भोगाईबाट सिकेका कुरा बढी उपयोगी हुन्छ । तर, निश्चित अवधीका लागि बाँच्ने हामीले सबै कुरा भोग गरेर त्यसबाट हरेक कुराको निचोड निकाल्न सक्दैनौं । यसर्थ अरु व्यक्तिले भोगेका कुरा, जसबाट उनीहरुले केही सिके, त्यो हाम्रो निम्ति प्रेरणादायी हुनसक्छ । अतः यहाँ त्यस्तै प्रेरणादायी भनाईहरु पेश गरेका छौं, जो विभिन्न समयमा, विभिन्न विद्वानहरुले भनेका […]

भूकम्प र नाकाबन्दी झै कोरोनाबाट सिकेको कुरा भोलिका दिनमा भुल्नेछौं ? 

अबको केही महिनापछि वा बर्षपछि, –हामी अहिले जसरी सरसफाईमा ध्यान दिन्छौं होला ? जस्तो कि, अहिले साबुन पानीले हात धोइरहेका छौं । –हामी अहिले जसरी शारीरिक दूरी कायम राखेर काम गर्छौं होला ? जस्तो कि, अहिले भिडभाडमा एकअर्काबीच केही दूरी कायम राखिन्छ । –हामी अहिले जसरी पोषिलो खानपान र योग–व्यायामलाई आफ्नो हिस्सा बनाउँछौं होला ? […]

गर्मी र झरी : ख्याल राख्नुपर्ने कुरा

गर्मी बढ्दैछ, मनसुन पनि सुरु भइसकेको छ । यो मौसममा केही स्वास्थ्य समस्या देखापर्छ । जस्तो कि, अपच, एसिडिटी, पखला, वान्ता । त्यसैगरी छालामा एलर्जी आउने, शरीर बढी दुर्गन्धित हुने । यी सामान्य समस्याबाट बच्न गर्मी याममा केही कुराको ख्याल गर्नुपर्छ । स्वास्थ्यको ख्याल यसबेला हाम्रो प्रतिरक्षा प्रणाली कमजोर हुन्छ, त्यसैले खानपानदेखि जीवनशैलीसम्ममा खास सर्तकता […]

मेकअप नगर्दा के फरक पर्छ ?

खासगरी महिलाहरूका लागि मेकअप र शृङ्गार अनिवार्यजस्तै मानिन्छ । तर लकडाउन भएसँगै मेकअप गर्ने मेलोमेसो हरायो । घरभित्रै बस्नुपर्ने भएकाले उनीहरूले मेकअपलाई उति आवश्यक पनि ठानेनन् । यसबीचमा कतिपय सेलिब्रेटीले घरेलु सौन्दर्य प्रशाधन प्रयोग गरे र उनीहरुले घरेलु सौन्दर्य प्रसाधन तयार गर्ने विधि पनि साझेदारी गरे, सामाजिक सञ्जालमार्फत । त्यसो त सेलिब्रेटीहरूले सामाजिक सञ्जालमै यस्ता […]

गति, सद्गति र दुर्गति

गतिको शाब्दिक अर्थ हो कुनै एक स्थानबाट अर्को स्थानमा जाने क्रिया । सद्गति अर्थात सधैं चल्ने । जस्तो कि सूर्य, हावा आदि । दुर्गतिका सामान्य अर्थ हो दुर्दशा वा खराब स्थिति । यही रुपमा जीवनलाई बुझ्ने हो भने हरक्षण यही क्रम देखिन्छ । जन्मदेखि मृत्युसम्म पुग्ने क्रिया वा बीजको अंकुरण, बिरुवामा रुपान्तरण, फूल वा फल […]

लकडाउनमा बालबालिकाको अत्यासलाग्दो आत्महत्या : केही गम्भीर प्रश्न

कोभिड-१९ को विश्वव्यापी प्रभाव अहिले पनि कायम छ। यसले मानव जीवनलाई प्रत्यक्ष र परोक्ष रुपमा दीर्घकालसम्मै असर पुर्‍याउने छाँट देखिन्छ । यो वैश्विक संकटबाट नेपाल पनि अछुतो छैन । यसले आर्थिक/सामाजिक क्षेत्रलाई जसरी छियाछिया बनाइरहेको छ त्यसैगरी मनोवैज्ञानिक समस्या पनि बढाइदिएको छ । कोभिड-१९ को संकट र त्रासदीले कुन तह र तप्कालाई बढी असर गरेको […]

रिस उठ्नु स्वभाविक हो, तर ..

निराशा, अधैर्य र दुःख लाग्ने समस्या भएपछि हामीमा रिस पैदा हुन्छ । रिस हरेक व्यक्तिभित्र रहने एक किसिमको प्राकृतिक गुण हो । त्यसकारण रिस उठ्नु मानिसको स्वाभाविक गुण पनि हो । अन्य खास कारणले पनि हामीलाई रिस उठ्छ। धेरैजसो अवस्थामा हामीलाई बाहिरी कारणले पनि हामीभित्रको रिसलाई जगाइदिन्छ । अरूको बोली-व्यवहार, अनपेक्षित परिस्थितिहरूको कारण पनि हामीलाई […]

केही शर्त व्यायामका

हामीलाई थाहा छ, व्यायामले शरीरलाई स्वस्थ्य, जवान, तन्दुरुस्त र फुर्तिलो राख्छ । तर हामीलाई थाहा छैन, व्यायामका आधारभूत शर्त के हुन् ? कस्तो अवस्थमा व्यायाम गर्ने, कसरी गर्ने, यसका विधि एवं तौर तरिका के हुन् ? जब व्यायामबारे यावत जानकारी हुन्छ। तब मात्र त्यसबाट समुचित फाइदा लिन सकिन्छ । त्यसैले व्यायाम गरिरहँदा वा व्यायाम गर्नुअघि […]

यी खबरहरूले सर्वसाधारणको दिमाग खराब गर्छ ?

‘लकडाउनको बेला गाडी नचढ्दा पनि सांसदहरूले गाडी भाडाबापतको भत्ता लिए ।’ ‘खाडीका मजदुरको पसिनामा मन्त्रीलाई विदेश भ्रमण र दूतावासलाई गाडी ।’ ‘खरिपाटी क्वारेन्टिनमा राखिएकाहरूले औषधि खाएकै थिएनन् । तर औषधि खर्च भन्दै सेनाले सरकारबाट ७३ लाख बढी भुक्तानी लिएको छ ।’ ‘लकडाउनपछि राजस्व नउठेर खर्च धान्न मुस्किल भयो भनिरहेका बेला प्रधानमन्त्रीले आफ्नो गृहनगरमा भ्युटावर बनाउनका […]

के मान्छेको दुईवटा अनुहार हुन्छ ?

के मान्छेको दुईवटा अनुहार हुन्छ ? दुई मुख, चार आँखा, दुई नाक । अनि भावना र सोंच पनि फरक । के यस्तो हुनसक्छ ? हामीले चित्रमा देखेका छौं, पौराणिक पात्र रावणका १० वटा अनुहार । ब्रम्हाको तीन वटा । अरु देवी–देवताको पनि यस किसिमको विचित्र शारीरिक वनौट पाइन्छ । खासमा यि सबै प्रतिकात्मक अनुहार हुन्, […]