Comments Add Comment

यौन स्वास्थ्य

List Grid
यौन सम्बन्धले स्वास्थ्यमा फाइदा गर्छ ?

वैवाहिक जीवनमा दम्पतिबीचको सम्बन्धलाई प्रगाढ बनाउनका लागि यौनले जसरी महत्वपूर्ण भूमिका निर्वाह गर्छ, ठिक त्यसैगरी  स्वास्थ तथा सौन्दर्यका लागि पनि यौनले प्रभावकारी भूमिका निर्वाह गर्दछ । विभिन्न अध्ययन तथा अनुसन्धानबाट प्रँप्त निष्कर्ष के छ भने नियमित रुपमा राखिने यौन सम्बन्धले विभिन्न प्रकारका रोग तथा शारीरिक समस्याबाट छुटकारा पाउन सकिन्छ । यसले खासगरी तनाव, डिप्रेसन, प्रोस्टेट […]

गर्भ रोक्ने मिनी पिल्स, ३५ वर्ष भन्दा माथिका महिलाका लागि

प्रोजेस्टन-ओनली पिल्स अथवा प्रोजेस्टिन-ओनली पिल्स खान मिल्ने गर्भनिरोधक चक्कीहरु हुन्, जसलाई मिनी पिल्स पनि भनिन्छ । अन्य गर्भनिरोधक चक्की जस्तै मिनी पिल्समा पनि प्रोजेस्टिन अथवा प्रोजेस्टोजन नामक एकै प्रकारको हार्मोन हुन्छ र त्यसैले यसको दुष्प्रभाव कम हुन्छ । ३५ वर्षभन्दा बढी उमेरका महिलाहरु नियमित रुपले गर्भनिरोधक चक्कीको प्रयोग गर्न सक्दैनन् । त्यसैले उनीहरुले मिनी पिल्सको […]

सुखमय यौन जीवनका लागि

दम्पतीबीच हुने यौन क्रियाले उनीहरुको भावनात्मक सम्बन्ध कसिलो मात्र बनाउँदैन, शारीरिक स्वास्थ्यमा समेत फाइदा गर्छ । विभिन्न अध्ययनहरुको निचोड यस्तै छ । तर, यसमा केही सर्त छन् । जथाभावी वा जुनसुकै अवस्थामा गरिने यौन क्रियाबाट दम्पतीले यस्तो लाभ उठाउन सक्दैनन् । यसका लागि सही समय, स्थान, मौहाल, मुड सबै कुरा आवश्यक हुन्छ । शारीरिक सम्बन्ध […]

हस्तमैथुनले शरीरलाई कुनै बेफाइदा गर्छ ?

एकथरीको तर्क छ, हस्तमैथुनको स्वास्थ्यमा कुनै हानी छैन । बरु, यसले यौन आवेग शान्त गर्छ । यौन कुण्ठा हटाउँछ । मनोविकार हटाउँछ । अर्को फाइदा त के भने, हस्तमैथुनले बलात्कार जस्ता आपराधिक कृत्य कम गर्न सघाउ पुर्‍याउँछ । किनभने यसले क्षणिक रुपमा यौन उत्तेजना शान्त गर्छ । तर, किशोरवयमा पुगेपछि बढ्दो यौन चाहाना शान्त गर्न […]

आज मुड छैन…

यदि तपाईंको दम्पत्ति नै कामकाजी अर्थात व्यस्त हुनुहुन्छ भने राति ओछ्यानमा पुगेपछि तपाईंहरुले एक-अर्कालाई प्रायः एउटा वाक्य प्रयोग गरिरहनु भएको हुनु पर्छ -‘सरी, आज मुड छैन…।’ आजको व्यस्त जीवनशैली, घरदेखि अफिससम्मको व्यस्तता, समयको अभाव तथा आर्थिक बोझका कारण गाउँदेखि शहरसम्मका दम्पतीहरुको अन्तरंग जीवन निकै नराम्ररी प्रभावित भैरहेको छ । तनाव, चिन्ता तथा दवावकै कारण श्रीमान-श्रीमतीबीचको […]

कहिले र कसरी गर्ने बालबच्चासँग यौनको कुरा ?

यौनको कुरा भन्नसाथ तपाईलाई लाग्न सक्छ, यस्तो विषयमा के बात गर्ने ? वा यस्तो पनि लाग्न सक्छ, आफ्नै बच्चासँग कसरी यौनको कुरा गर्ने ? अहिलेका बच्चाहरुमा समयभन्दा अगाडि नै यौनिक परिपक्कता बढ्दो छ । बिगतमा १२ वा १३ बर्षपछि मासिक स्राव सुरु हुन्थ्यो भने, अहिले ८ वा ९ बर्षको उमेरमै यो प्रक्रिया सुरु हुने गरेको […]

मासिक श्रावबारे केही भ्रम, केही सत्य

मासिक श्राव भएको अवस्थालाई हामी ‘पर सरेको’, ‘अशुद्ध भएको’ भन्ने गर्छौं । यहि मान्यताका कारण महिलाहरुलाई खानेकुरा छुन दिइदैन, पूजाआजामा बन्देज लगाइन्छ । शुभकार्यका लागि यो अवस्थामा अनुमति दिइदैन । मासिक श्राव एउटा शारीरिक चरण हो, जो हरेक महिलाहरुको जीवनमा हुने गर्छ । त्यो पनि नियमित रुपमा । मासिक श्राव हुनु भनेको महिला प्रजननका निम्ति […]

स्वास्थ्यमा हस्तमैथुनको प्रभाव

हस्तमैथुनप्रति पुरानो समयबाट नै विभिन्न भ्रमहरु उत्पन्न हुँदै आएका छन् । जस्तो हस्तमैथुन गर्नु पाप हो । हस्तमैथुन गर्ने व्यक्ति अन्धो हुन सक्छ, नपुंसक हुनसक्छ । उनीहरुमा डण्डिफोर आउने समस्या धेरै हुन्छ । हस्तमैथुन गर्ने व्यक्ति मानसिक रोगी भएर आफ्नो यौनाङ्गहरुमा नोक्सान समेत पुर्‍याउनसक्छ भन्ने केही व्यक्तिहरुमा भ्रम भएको पाइन्छ । तर, यौन सम्बन्धी जानकारहरुका […]

कतिबेला आवश्यक हुन्छ सेक्स डिटाक्स ?

सक्रिय यौन जीवन शारीरिक तथा मानसिक दुबै स्वस्थ्यका लागि अपरिहार्य मानिन्छ । जब दम्पतीबीच सक्रिय यौन सम्बन्ध स्थापित हुन्छ, उनीहरु शारीरिक रुपले तन्दुरुस्त हुन्छन् । मानसिक रुपले सन्तुष्ट र फ्रेस हुन्छन् । त्यसैले त भन्ने गरिन्छ, दम्पतीले हप्तामा दुई चोटीसम्म शारीरिक सम्बन्ध बनाउनु उपयुक्त हुन्छ । विभिन्न कारणले हामीमा यौन सिथिलता आउने गर्छ । चाहेर […]

शाकाहारी कण्डम लोकप्रिय होला ?

विश्वमा सुन्दै अचम्म लाग्ने नयाँ किसिमको कण्डमले बजारमा आफ्नो प्रभुत्व जमाइरहेको छ, त्यो हो शाकाहारी कण्डम । कण्डमलाई शाकाहारी र मांसाहारी भनेर विभाजन् सन् २०१३देखि सुरु भएको हो । त्योभन्दा पहिलेसम्म हरेक कण्डमहरु भेँडाको आन्द्रा आदिबाट बनाउने गरिन्थ्यो । तर, सन् २०१३ देखि त्यसरी जनावरको अंगहरुको प्रयोग विना नै कण्डमको प्रयोग गर्न थालियो । सोही […]

यौन सम्पर्कलाई आवश्यक ठान्नुहुन्न ?

तपाईं आफ्नो दौतरीबीच यौनको कुरा गर्नुहुन्छ । तर, ख्याल ठट्टाको रुपमा । अरुको सामुन्ने त तपाईंको वाक्य नै फुट्दैन । भद्रभलाद्मी, आफन्त, दाजुभाई-दिदीबहिनीको अगाडि यौनको प्रसंग आउनसाथ तपाईं लाजले लज्जावती झार झै खुम्चनुहुन्छ । किन यस्तो हुन्छ ? किनभने हाम्रो दिमागमा समाजले यौन भनेको ‘छाडा कुरा’ भन्ने घुसाइदियो । खासमा बर्बतापूर्ण यौन सम्बन्धलाई छाडा भन्न सकिन्छ […]

यौनका कुरा : महिलाले कसरी  चरम सुख कसरी प्राप्त गर्छन् ?

के भनिन्छ भने, अक्सर दम्पतीको खटपट ओछ्यानबाट सुरु हुन्छ । फिका यौन-जीवनले दम्पतीको सम्बन्ध सुमधुर रहँदैन । त्यसैले दाम्पत्य सम्बन्धमा यौनको महत्वपूर्ण भूमिका रहन्छ । त्यसो त यौन जीवन रोमाञ्चक बनाउनका लागि श्रीमान  र श्रीमती दुबैको समान सहभागिता र सक्रियता आवश्यक हुन्छ । यसमा एक जनाको मात्र इच्छा पनि लाद्नु हुँदैन । दुबै मानसिक र […]

किन महिलामा यौन शिथिलता ?

यदि तपाईं आफ्नो पार्टनरसँग धेरै दिनदेखि यौन सम्बन्धका लागि असहमति जनाउँदै हुनुहुन्छ भने यो तपाईंको मानसिक कारण मात्र नहुन सक्छ । शारीरिक कारणले पनि यस्तो समस्या निम्त्याउन सक्छ । यसलाई यौन अक्षमता अर्थात् यौन शिथिलता पनि भनिन्छ । यो शब्दको प्रयोग त्यस्ता व्यक्तिका लागि गरिन्छ, जसले आफ्नो पार्टनरलाई यौनसम्बन्धको क्रममा कुनै किसिमको सहयोग गर्दैन । […]

यौनसँग सम्बन्धित मिथकहरु

बाल्यकाल तथा किशोरावस्थामा यौनलाई प्रतिबन्धित कुराको रुपमा लिने चलन आज पनि बिद्यमान छ । यही कारण टिनएजमा प्रवेश गर्ने अधिकांश युवा-युवतीहरुको मनमा यौनका लागि विभिन्न प्रकारका असमझदारीहरु रहन्छन् । समयसँगै हामी ठूला हुन्छौं । तर, हामीमध्ये धेरैको मनमा घरमा बनाएको यौनसँग सम्बन्धित असमझदारीका कुराहरु यथावत रहन्छन् । हामी क्याम्पसमा यौनको बारेमा सुनेका कुराहरुमा आँखा चिम्लिएर […]

यसकारण हुनसक्छ महिनावारीमा ढिलाई

महिनावारीमा महिलाहरुले विभिन्न किसिमको समस्याहरुको सामना गर्नुपर्ने हुन्छ । अनियमित महिनावारी महिलाहरुका लागि सबैभन्दा ठूलो समस्या हुन्छ । यदि महिनावारी समयमा भएन भने महिलाहरुलाई आफू गर्भवती भएको हो कि भन्ने शंका उत्पन्न हुन्छ । महिनावारीमा गडबढ भयो भने मानिसहरु यसलाई गर्भाधारण भएको हो कि भन्ने सोच्नु सामान्य कुरा नै भैसकेको छ । महिनावारीको बारेमा पूर्ण […]

अब महिला होइन, पुरुषका लागि गर्भनिरोध इन्जेक्सन

यौन सम्पर्कपछि नचाहँदा-नचाहँदै पनि कतिपयको गर्भ रहन्छ । यसरी रहने अनिच्छित गर्भ दम्पतीका लागि टाउको दुखाईको विषय बन्ने गरेको छ । जब गर्भ रहन्छ, तब दम्पतीसँग तीन वटा विकल्प बाँकी रहन्छ । पहिलो विकल्प, आपतकालिन गर्भनिरोध चक्कीको सेवन । यौन सम्पर्क राखेको बढीमा ७२ घण्टाभित्र उक्त चक्की सेवन गरिसक्नुपर्छ । दोस्रो विकल्प, गर्भपतन । यो […]

टुँडाल : किन मन्दिरमा कुँदियो यौन आसनको आकृति ?

यौनका विषयमा कुरा गर्दा अझैपनि नेपाली समाज खुम्चन्छन् । यौनलाई ‘छाडा’ मानिन्छ । त्यही कारण धेरैजसोले यौनका विषयमा जाग्ने जिज्ञासा, यौन इच्छालाई भित्रभित्रै दबाएर बस्छन् । यौनको प्रसंग कोट्याउनसाथ रातोपिरो हुन्छन् । भनिन्छ, यौनप्रतिको गलत धारणा र बुझाईले आज दम्पतीको सयन कक्षबाट कलह पैदा भएको छ । यौन कुष्ठा र आवेगको भयावह नतिजा बलात्कार, यौन […]

सेतो पानी बग्ने समस्या : कसरी गर्ने घरेलु उपचार ?

ह्वाइट डिस्चार्ज आम महिलामा हुने समस्या हो । यसले महिला स्वास्थ्यमा ठूलो असर पनि गर्छ । ह्वाइट डिस्चार्जलाई सेतो पानी वा लिकोरिया पनि भन्ने गरिन्छ । महिनावारीको अघिपछि यस्तो पानी बग्नु धेरैको समस्या हो । कतिपय अवस्थामा यो अधिक मात्रामा हुने गर्छ । यसले अन्य रोगको संकेत पनि गर्नेगर्छ । सेतो पानी बग्ने कारण – […]

यौन क्रियाले तौल नियन्त्रणमा सहयोग गर्छ ?

यदि तपाईं आफ्नो तौलका कारण दुःखी हुनुहुन्छ । व्यायाम गर्नका लागि जिमखाना धाउनका लागि तपाईंसँग समय र साधन छैन भने तपाईं आफ्नो पार्टनरको सहयोग लिएर बेडरुममा नै आफ्नो वजन घटाउन सक्नुहुन्छ । प्रतिष्ठित जनरल प्लस वानमा प्रकाशित अमेरिकन एसोसिएसन अफ सेक्स एजुकेशनद्वारा गरिएको एउटा सर्वेक्षण अनुसार बेडरुममा लगभग २५ मिनेटसम्म गरिएको यौन क्रियाकलापले पुरुषहरुमा १ […]

यौन सम्बन्धमा तनका साथै मन पनि हुनुपर्छ तन्दुरुस्त

हामी सबैलाई थाहा भएकै कुरा हो, यौन सम्बन्धले श्रीमान्-श्रीमतीको सम्बन्धलाई बलियो बनाउँछ । यद्यपि, सफल यौन सम्बन्धका लागि स्वस्थ शरीरका साथैसाथै मन पनि स्वस्थ हुनु उत्तिकै अनिवार्य छ । यौन सम्बन्धमा असफल हुनु भनेको एउटा पुरुषका लागि अति नै गम्भिर कुरा हुन सक्छ । त्यसैले आज हामी यौन सम्बन्धमा कुन-कुन बेला असफलता प्राप्त हुन्छ भन्ने […]

पहिलो पटक यौन सम्पर्क : बाध्यता र करकापमा

अहिले विश्वभरमै कलिलामाथि हुने यौनहिंसाको घटना सतहमा आइरहेका छन् । ‘ह्यासट्याग मीटु मुभमेन्ट’ले महिलाहिंसाको उकुसमुकुस बाहिर ल्याएको छ । महिलाहरु कसरी यौन हिंसाका शिकार बनिरहेका छन्, यौनमा रुची नहुँदा पनि जबर्जस्ती सम्बन्ध बनाउनुपर्ने बाध्यता कसरी आइलागेको छ, यौनको नाममा कस्तो किसिमको उत्पीडन भोग्नु परिरहेको छ ? भन्ने सम्बन्धमा एक नयाँ खोज सार्वजनिक भएको छ । […]