Comments Add Comment

घुस

List Grid
१० हजार घुससहित प्रहरी हवल्दार पक्राउ

२८ पुस, काठमाडौं । इलाका प्रहरी कार्यालय बेलचौतारा, तनहुँको महिला तथा बालबालिका सेवा केन्द्रमा कार्यरत प्रहरी हवल्दार शान्ति भण्डारी घुससहित पक्राउ परेकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा भण्डारीलाई नियन्त्रणमा लिएको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए । पक्राउ परेका व्यक्ति छुटाइदिने […]

सर्लाहीमा घुससहित मालपोतका नायब सुब्बा र लेखापढी व्यवसायी पक्राउ

२३ पुस, जनकपुरधाम । सर्लाहीको हरिवन नगरपालिकास्थित मालपोत कार्यालयका नायब सुब्बा बेधनिधि बराल र लेखापढी व्यवसायी रामसुन्दर महतो घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको कार्यालयबाट गएको टोलीले रंगेहात दुवै जनालाई बिहीबार नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । लालपूर्जामा नाम सच्याउने नाममा एकजना सेवाग्राहीसँग रु ११ हजार घुस लिँदै गर्दा दुवै […]

थानकोटका इन्स्पेक्टर शर्मा निलम्बित

२३ पुस, काठमाडौं । महानगरीय प्रहरी वृत्त, थानकोटको मुद्दा फाँटमा कार्यरत प्रहरी निरीक्षक गायत्रीराज शर्मालाई निलम्बन गरिएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालको सिफारिसमा गृह मन्त्रालयले शर्मालाई निलम्बन गरेको हो । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एक अधिकृतका अनुसार सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको अभियोगमाथि छानविन थाल्न उनलाई निलम्बन गरिएको हो । थानकोटका प्रहरी नायब […]

तनहुँमा घुससहित सवइन्जिनियर पक्राउ

२२ पुस, काठमाडौं । तनहुँमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आयोजना कार्यान्वयन इकाइ (शिक्षा) मा कार्यरत सवइन्जिनियर सुरेन्द्र अधिकारी घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले अधिकारीलाई १ लाख ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए । भानु नगरपालिका कार्यक्षेत्र भई आयोजना कार्यान्वयन इकाई […]

६ हजार घुस लिएको आरोपमा प्रहरी हवल्दार पक्राउ

१७ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीमा कार्यरत एकजना प्रहरी हवल्दारलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालय हरिनगरा, सुनसरीमा कार्यरत प्रहरी हवल्दार भोला यादव रहेका छन् । भारतबाट घरायसी सामान ल्याउन सहजीकरण गरिदिए बापत सेवाग्राहीसँग ६ हजार रुपैयाँ घुस लिएको आरोपमा उनी पक्राउ परेका हुन् । अख्तियारका […]

उद्योग अनुगमन गर्दा घुस लिने नापतौलका ४ कर्मचारी पक्राउ

२० मंसिर, वीरगञ्ज । उद्योग अनुगमनको क्रममा घुस लिएको आरोपमा गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका ४ जना कर्मचारीलाई जिल्ला प्रशासन कार्यालय पर्साले नियन्त्रणमा लिएको छ । कार्यालयमा कार्यरत सहायक निरीक्षक विरेन्द्र उपाध्याय, कार्यालय सहयोगीहरु पदम बहादुर रोक्का, सत्य नारायण चौधरी र सवारी चालक उदय प्रताप सिंहलाई प्रशासनले नियन्त्रणमा लिएको हो । एउटा टेक्सटायल उद्योगमा अनुगमनको […]

३५ हजार घुसहित सशस्त्र प्रहरीका सहायक हवल्दार पक्राउ

१९ मंसिर, बुटवल । सशस्त्र प्रहरीका सहायक हवल्दार ३५ हजार घुससहित कपिलवस्तुमा पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल, बोर्डर आउट पोष्ट, कृष्णनगरका सशस्त्र प्रहरी सहायक हवल्दार लिलबहादुर गुरुङ घुस रकमसहित पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले कृष्णनगर नगरपालिका वडा नं.२ गोलघरस्थित मिलन रेष्टुरेन्ट एण्ड दुर्गा गेष्ट हाउसबाट गुरुङलाई घुस रकम […]

घुससहित सवइन्जिनियर पक्राउ

१६ मंसिर, काठमाडौं । स्याङ्जाबाट एकजना असिस्टेन्ट सवइन्जिनियर घुससहित पक्राउ परेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई स्याङ्जा अन्तर्गत भिरकोट नगरपालिकामा कार्यरत सवइन्जिनियर भगवती राउत ५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ परेका हुन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले भूकम्प पुनःनिर्माण लाभग्राहीको घर निर्माणको रकम निकासाबापत उक्त रकम […]

३ लाख २० हजार घुससहित मालपोतका दुई कर्मचारी पक्राउ

५ मंसिर, बुटवल । मालपोत कार्यालय तुल्सीपुर दाङका दुईजना कर्मचारी तीन लाख बीस हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगञ्जको टोलीले मालपोत कार्यालयका नायब सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेलाई  घुससहित पक्राउ गरेको हो । जग्गाको मोठ कायम गरिदिने भन्दै सेवाग्राहीबाट घुस लिदै गर्दा […]

पशुपतिमा शव जलाउन पनि घुस !

२६ कात्तिक, काठमाडौं । पशुपति आर्यघाटको चिता नम्बर १ मा दुई साताअघि खोटाङकी चुनादेवी कटुवालको शव जलाइँदै थियो । मलामी गएका आफन्तहरु भावविह्वल थिए । दाहसंस्कार सकिएपछि मृतकका आफन्त हेमराज कार्कीले शव जलाउने काममा खटिएका शव जलाउने व्यक्तिलाई नजिकै बोलाए र ६०५ रुपैयाँ दिए । त्यहाँ लाग्ने खर्च सबै पशुपति क्षेत्र विकास कोषमा पहिले नै […]

घुस लिएको आरोपमा प्रहरी हवल्दारविरुद्ध मुद्दा

२५ कात्तिक, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत एकजना प्रहरी हवल्दारविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । सेवाग्राहीसँग ४ लाख रुपैयाँ घुस लिएको आरोपमा प्रहरी हवल्दार शिवचन्द्र साहानीविरुद्ध मंगलबार मुद्दा दायर गरेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए । अनुसन्धानको क्रममा प्रहरी हवल्दार साहानीले जातीय […]

१० लाख घुससहित इन्जिनियर पक्राउ

२० कात्तिक, हेटौंडा । मकवानपुरको हेटौंडाबाट १० लाख रुपैयाँ घुस रकमसहित एक इन्जिनियर पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले नेपाल विद्युत प्राधिकरण अन्तर्गतको हेटौंडा-भरतपुर-बर्दघाट विद्युत प्रशारण विस्तार आयोजनाका प्रमुख इन्जिनियर इश्वरीप्रसाद जैसवाललाई घुस रकमसहित प्रक्राउ गरेको हो । जैसवालले प्रशारण लाइनको ठेकेदारसँग उक्त रकम घुस लिइसकेको अवस्थामा हेटौंडा-१० बसपार्क मेगा होटलबाट […]

ट्राफिकलाई घुस दिन खोज्ने ८ जना पक्राउ

१२ कात्तिक, काठमाडौं । दसैँ अवधिमा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ८ जना काठमाडौंबाट पक्राउ परेका छन् । सवारी नियम उल्लङ्घन गर्दा कारबाही गर्ने क्रममा ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभन देखाएको आरोपमा ८ जना चालक र सहचालकलाई नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । पक्राउ पर्नेमा पक्राउ पर्नेमा रामप्रसाद चौधरी, दीपकबहादुर कुमाल, अभिनन्दन काफ्ले, बिक्रम […]

१२ हजार घुस लिएको आरोपमा वन रक्षक पक्राउ

१ कात्तिक, बुटवल । सबडिभिजन वन कार्यालय मुर्गिया, रुपन्देहीका वन रक्षक बाह्र हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका छन् । काठ ओसारपसारमा सहजीकरण गरिदिए वापत सेवाग्राहीसँग बाह्र हजार रुपैयाँ घुस लिएको आरोपमा वन रक्षक प्रेमचन्द्र विक अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीबाट पक्राउ परेका हुन् । सेवाग्राहीसँगबाट घुस रकम लिइसकेको अवस्थामा विकलाई सैनामैना […]

४ लाख घुस लिएको आरोपमा प्रहरी हवल्दार दम्पती पक्राउ

३० असोज,बुटवल । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार र उनकी श्रीमती चार लाख घुस लिएको आरोपमा अख्तियारको टोलीबाट पक्राउ परेका छन् । प्रहरी थुनामा रहेको आरोपीलाई धरौटीमा छुटाइदिन सहयोग गरेवापत चार लाख घुस लिएको आरोपमा हवल्दार शिवचन्ऽ सहानी र उनकी श्रीमती निर्मला केवट शुक्रबार पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको […]

नागरिकता सिफारिसका लागि घुस लिने कार्यालय सहयोगी पक्राउ

१५ असोज, जनकपुरधाम । नागरिकताका लागि सिफारिस गराइदिने भन्दै घुस लिएका जनकपुरधाम उप महानगरपालिकाका एक जना कार्यालय सहयोगी पक्राउ परेका छन् । उपमहानगरपालिका वडा नम्बर १३ कार्यालयका सहयोगी दिलिप पञ्जियार घुसको रकमसहित बिहीबार पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयको टोलीले वडा कार्यालय नजिकबाटै पञ्जियारलाई २४ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो […]

‘आयुक्तले नै घुस खान्छ भनेपछि अख्तियारको साख रहने कुरै भएन’

२ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग भदौ २९ देखि नेतृत्वविहीन बनेको छ । आयोगको नयाँ नेतृत्वमा कस्ता व्यक्ति आउलान् भन्ने जनचासो बढेको छ । विगतमा अख्तियार प्रमुखको सूचीमा धेरैजनाको नाम लेखियो । तर, सम्झन लायक प्रमुख आयुक्त भने बिरलै भेटिन्छन् । तिनै बिरलाकोटीका पूर्वप्रमुख आयुक्तमध्ये एक हुन्- सूर्यनाथ उपाध्याय । पञ्चालयतकालमा अख्तियार दुरुपयोग […]

२० हजार घुस लिएको आरोपमा वडाध्यक्ष पक्राउ

१८ भदौ, बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिका– २ का वडा अध्यक्ष सरोजकुमार पाण्डे सेवाग्राहीसंग घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले उनलाई सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिएको प्रमाणसहित पक्राउ गरेको हो । सहकारीबाट अनुदान रकम उपलब्ध गराइदिने नाममा सेवाग्राहीसंग २० हजार रुपैयाँ घुस लिएको पाइएको अख्तियार बुटवलका प्रवक्ता […]

घुस लिन खोज्ने ४ प्रहरी निलम्बित, घुस दिन खोज्ने १६ जना नियन्त्रणमा

१५, साउन हेटौंडा । मकवानपुरमा ३ दिनयता प्रहरीलाई घुस दिन खोज्ने १६ जना पक्राउ परेका छन् । त्यस्तै आर्थिक प्रलोभनमा परेको भन्दै बागमती प्रदेश प्रहरी कार्यालयले ४ जना प्रहरी कर्मचारीलाई आर्थिक प्रलोभनमा परेको भन्दै निलम्बन गरेको छ । घुस दिँदै गर्दा पक्राउ पर्नेहरुमा अधिकांश प्रहरीको आँखा छलेर यात्रा गराउने चालकहरु १५ जना र एक जना […]

चुरे गाउँपालिकाका सव-इन्जिनियर २० हजार घुससहित पक्राउ

७ साउन, काठमाडौं । कैलालीको चुरे गाउँपालिकामा कार्यरत सब-इन्जिनियर चन्द्रदेव भट्ट बुधबार घुससहित पक्राउ परेका छन् । घुस माग गरेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कन्चनपुरबाट खटिएको टोलीले धनगढी उपमहानगरपालिका-१ बाट भट्टलाई २० हजार घुससहित नियन्त्रणमा लिएको हो । भट्टले सायल कृषि सडक निर्माण गरी भुक्तानी लिइसके पश्चात पनि उक्त सडकको इस्टिमेट नापजाँच […]

१३ हजार घुससहित मालपोतका नायब सुब्बा पक्राउ

३० असार, सप्तरी । सेवाग्राहीसँग घूस लिइरहेको अवस्थामा सप्तरी मालपोत कार्यालयबाट एक जना कर्मचारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले सदरमुकाम राजविराजस्थित भूमिसुधार तथा मालपोत कार्यालयका नायव सुब्बा कृष्णबल्लभ ठाकुरलाई घुससहित पक्राउ गरेको हो । जग्गासम्बन्धी काम सजिलै गराइदिने भन्दै सेवाग्राहीसँग १३ हजार घुस लिँदै गर्दा उनलाई कार्यकक्षबाटै पक्राउ अख्तियारले जनाएको […]