Comments Add Comment

चुनाव

List Grid
ओखलढुंगाको चुनावः रामहरि र यज्ञराजको रोचक भिडन्त

६ कात्तिक, रामेछाप । दोस्रो संविधानसभा र त्यसपछि रुपान्तरित व्यवस्थापिका संसदमा प्रभावकारी प्रस्तुतिका कारण चर्चित सांसद बनेका एमालेका यज्ञराज सुनुवार र कांग्रेसका रामहरि खतिवडाबीचको प्रतिस्पर्धाले ओखलढुंगाको चुनाव केन्द्रीय चासोमा परेको छ । दुई चर्चित युवा नेता प्रतिनिधिसभा सदस्यका लागि भिड्दैछन् । दोस्रो संविधानसभा चुनावमा एमाले नेता सुनुवार ओखलढुंगा १ बाट निर्वाचित भएका थिए भने खतिवडा […]

ईश्वर पोखरेलको आरोप- चुनाव भाँड्न देउवाले सर्वोच्चमार्फत् चलखेल गर्न खोजे

१ कात्तिक, काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले चुनाव सार्न राज्यका संवैधानिक अंगहरुलाई प्रभावित पार्ने प्रयास भइरहेको आरोप लगाएका छन् । प्रधानमन्त्री शेरवहादुर देउवा चुनाव भाँड्ने षड्यन्त्रमा लागेको आरोप पोखरेलको छ । काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्न लागेका महासचिव पोखरेलले बुधवार बुढानीलकण्ठ नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै चुनाव सार्ने खेलमा राज्यका अंगहरुलाई […]

टेन्ट टाँगेर भएपनि प्रदेश २ मा चुनाव हुन्छः प्रमुख आयुक्त

५ भदौ, सप्तरी । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले टेन्ट टाँगेर भएपनि प्रदेश २ को स्थानीय चुनाव गर्ने बताएका छन् । उनले निर्वाचनमा जुट्न आहृवान समेत गरे । सोमबार राजविराजमा पत्रकारहरुसँग कुरा गर्दै प्रमुख आयुक्त यादवले भने, ‘जनप्रतिनिधि भएको भए बाढीको समयमा उद्दार र राहतको काम छिटो र राम्रो तरिकाले हुन्थ्यो । तर नभएकाले […]

प्रदेश र संसदको चुनाव १० मंसिरमा

५ भदौ, काठमाडौं । सरकारले प्रदेशसभा र संघीय संसदको चुनाव आगामी १० मंसिरमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बिहानको बैठकले चुनावको मिति घोषणा गरेको हो । निर्वाचन आयोगले दुई चरणमा चुनाव गर्ने गरी ४ र २१ मंसिरको मिति प्रस्ताव गरेको थियो । आयोगको प्रस्ताव पहिलो चरणमा हिमालीसहितका ३१ जिल्लामा र बाँकीमा दोस्रो चरणमा […]

उपेन्द्र र बाबुरामको संयुक्त वक्तव्यः प्रदेशको चुनाव पहिले होस्,२४० निर्वाचन क्षेत्र अस्वीकार्य

१ साउन, काठमाडौं । संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालले २४० निर्वाचन क्षेत्र स्वीकार्य नहुने बताएका छन् । साथै संघीय संसद भन्दा पहिला प्रदेशको चुनाव गर्न माग गरेका छन् । संघीय फोरम अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले आइतबार संयुक्त वक्तव्य जारी गर्दै संविधान संशोधन प्रक्रियालाई तत्काल टुंगो लगाउन […]

प्रदेश र संसदको निर्वाचन एकै चरणमाः डा. महत

७ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले मंसिर अन्तिमसम्म प्रदेश र केन्द्रीय संसदको निर्वाचन एकै चरणमा सम्पन्न गर्ने गरी सरकारले गृहकार्य सुरु गरेको बताएका छन् । दुई वटै निर्वाचन एकै चरणमा गर्नु पर्ने उनले बताए । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता महतले भने भने, ‘दुईवटा निर्वाचन छुट्टाछुट्टै गर्दा धेरै […]

कहाँ कसको जिल्ला समन्वय समिति ? २४ जिल्लामा एमालेकाे एकल वर्चस्व

२० जेठ, काठमाडौं । निर्वाचन आयोगले जिल्ला समन्वय समितिको निर्वाचन गराउने तयारी सुरु गरेको छ । गाउँसभा र नगरसभा गठन भएको ३० दिनभित्र जिल्ला सभा र जिल्ला समन्वय समिति गठन गरिसक्नुपर्ने व्यवस्थाअनुसार निर्वाचन प्रक्रिया सुरु भएको हो । निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीका अनुसार जिल्ला समन्वय समितिको निर्वाचन अधिकृत तोक्ने र कार्यतालिका तयार गर्ने काम आयोगले गर्नेछ । २४ […]

चुनाव तयारीमा दलको ढिलाइ, प्रतिपक्ष भन्छ – सरकारले नै अन्योल बढायो

५ वैशाख, काठमाडौं । स्थानीय निर्वाचन मिति नजिकै आइसके पनि राजनीतिक दलको चुनाव तयारी ‘कछुवा गति’मा सीमित छ जसले सर्वसाधारणमा समेत अन्योल बढाएको छ । दलले सक्रियता नदेखाउँदा चुनावी रौनक जेजस्तो हुनुपर्ने हो, त्यस्तो हुन सकिरहेको छैन । प्रतिपक्ष दलले भने सरकारले नै चुनावमा अन्योल बढाएर वातावरण बन्न नदिएको आरोप लगाएको छ । राजनीतिक दलले […]

पूर्वमा चुनावको सुरक्षाः २५ हजार प्रहरी, जनपदभन्दा म्यादी बढी

१३ चैत, विराटनगर । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै यतिवेला सबै पक्ष चुनावमा होमिएका छन् । निर्वाचन आयोगदेखि राजनीतिक दलहरुलाई चुनावी चटारो सुरु भएको छ । भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकाय पनि गृहकार्यमा होमिएको छ । केन्द्रीय सुरक्षा समितिले स्थानीय तहको निर्वाचनमा २ लाख २६ हजार सुरक्षाकर्मी खटाउने योजना बनाएको छ । ७५ […]

कांग्रेसप्रति एमाले आक्रामकः चुनाव वा सरकार रोज्न चेतावनी

४ फागुन, ललितपुर । नेकपा एमालेका नेताहरु नेपाली कांग्रेस नेतृत्वप्रति आक्रामक रुपमा प्रस्तुत हुन थालेका छन् । केपी ओली नेतृत्वको सरकार ढालेर प्रचण्ड प्रधानमन्त्री बनेपछि माओवादीप्रति बढि आक्रामक बनेका एमाले पछिल्लो समयमा कांग्रेस नेतृत्वमाथि प्रहार केन्द्रित गर्दैछ । कांग्रेसकै कारण मुलुकमा कुनै पनि चुनाव नहुने, सुरक्षा संयन्त्र पङ्गु बनाउने र बिखण्डवादीले टाउको उठाउने अवस्था आएको […]

जेठमा चुनाव गर्न ४ अप्ठ्यारा: राजनीतिक गुजुल्टोदेखि बजेटसम्म

२६ माघ, काठमाडौं । सरकारले केही दिनअघि निर्वाचन आयोगलाई पत्र लेखेर स्थानीय चुनावको तयारी गर्न भनेको छ । तर, आयोगले फागुन ८ भित्र निर्वाचनसँग सम्वन्धित सबै कानुन दिनुका साथै स्थानीय तह पुनर्संरचनालाई पूर्णता दिन सरकारलाई भनेको छ । आम मानिसहरुले प्रश्न गरिरहेका छन्- जेठभित्र चुनाव हुने सम्भावना अझैसम्म छ कि टरिसक्यो ? सरकारले निर्वाचन गर्छु […]

निर्वाचन कसुर विधेयक पास, थ्रेस होल्डले अड्कायो दुई विधेयक

१७ माघ, काठमाडौं । व्यवस्थापिका संसदले निर्वाचन कसुर तथा सजायसम्वन्धी विधेयक पास गरेको छ । सोमबार बसेको संसदको दोस्रो बैठकले यो विधेयक पास गरेको हो । पहिलो बैठकमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि अनुपस्थित भएपछि विधेयक पेश हुन सकेको थिएन । सम्वन्धित मन्त्री नै अनुपस्थित भएपछि सभामुख ओनसरी घर्तीमगरले यसलाई कार्यसूचीबाट हटाएकी थिइन् र, संसदको […]

सरकार चुनावमा जान इच्छुक छैनः भीम रावल

१७ माघ, डोटी । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले वर्तमान सरकार चुनावमा जान इच्छुक नरहेको आरोप लगाएका छन् । गृह जिल्ला अछाम जाने क्रममा डोटीको सिलगढीमा सोमबार पत्रकारहरुसँग कुरा गर्दै नेता रावलले सरकारले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग चुनावको मिति घोषणा गर्न गरेको सम्झौता कार्यान्वयन नगरेको बताए । ‘चुनाव नगराउने बहाना गर्दैछ सरकारले,’ नेता रावलले […]

स्थानीय चुनाव वैशाख २५ वा ३० बाट सुरु गर्ने प्रचण्डको घोषणा

९ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाख अन्तिम साता स्थानीय चुनाव हुने घोषणा गरेका छन् । साथै उनले मधेसी मोर्चालाई चुनावमा ल्याउन अर्को संविधान संशोधन विधेयक ल्याउने प्रस्ताव गरे । आइतबार ‘संसदीय पत्रकारिता’ पुस्तकको विमोचन गर्दै प्रधानमन्त्री प्रचण्डले चुनावको मिति घोषणा गर्न ढिलो हुन लागेको बताए । तीन दलबीच सहमति भएको भन्दै उनले […]

सरकारलाई मिति तोक्ने अधिकार दिएसम्म कुनै चुनाव हुँदैन

७ माघ, काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादव निर्वाचनको मिति तोक्ने अधिकार सरकारलाई दिएसम्म नेपालमा कुनै पनि आवधिक निर्वाचन तोकिएको समयमा हुनै नसक्ने निष्कर्षमा पुगेका छन् । व्यवस्थापिका संसदसमक्ष प्रमुख आयुक्त यादवको आग्रह छ – ‘निर्वाचनसम्बन्धी कानुन पारित गर्दा जुनसुकै तहको निर्वाचनको मिति तोक्ने अधिकार निर्वाचन आयोगलाई दिइयोस् ।’ यादवले संविधानमा बजेट पेश […]

परराष्ट्रमन्त्री महतले सार्वजनिक गरे तीन निर्वाचनको ‘तालिका’

७ माघ, काठमाडौं । निर्वाचनप्रति गम्भीर नभएको भन्दै प्रमुख विपक्षी दल नेकपा एमालेले सरकारको आलोचना गरिरहेको छ । र, उसले संविधान संशोधन होइन, निर्वाचनको मिति घोषणा गर्न दबाव दिइरहेको छ । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले भारतीय पत्रिका दि हिन्दुलाई अन्तर्वार्ता दिँदै तीन तहको निर्वाचनको सम्भावित मिति नै सार्वजनिक गरेका छन् । हालै मात्र भारतको भ्रमण […]

चुनावमा अवरोध गर्ने महन्थ ठाकुरको चेतावनी

७ माघ, विराटनगर । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधनलाई थाती राखेर चुनावमा गए त्यसलाई अवरोध गर्ने चेतावनी दिएका छन् । मधेसी मोर्चाको मागलाई बेवास्ता गर्दै सरकारले चुनावको कुरा उठाएको ठाकुरको आरोप छ । ‘सिमांकन सम्वन्धी विवाद टुंगो नलागेसम्म हामी कुनैपनि निर्वाचनलाई स्विकार गर्ने पक्षमा छैनौं,’ शुक्रबार बिहान विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा […]

स्थानीय चुनाव दुई वा तीन चरणमा गरौं: प्रमुख आयुक्त

४ माघ, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले माघ १५ गतेभित्रै ऐन/कानूनहरु दिएमात्रै जेठको पहिलो हप्ता स्थानीय तहको निर्वाचन गर्न सकिने बताएका छन् । उनले अब चैतमा चुनाव हुन नसक्ने बताए । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख आयुक्त डा. यादवले भने, ‘वैशाख २८/२९ गते निर्वाचन सुरु गर्ने हो भने […]

चुनाव हुन दिन्न भन्ने मधेसी मोर्चाको अडान अराजकः प्रदिप ज्ञवाली

२९ पुस, भक्तपुर । प्रमुख प्रतिपक्ष नेकपा एमालेले चुनाव हुने नदिने मधेसी मोर्चाको अडानलाई अराजकताको संज्ञा दिएको छ । एमाले सचिव प्रदिप ज्ञवालीले यथास्थितिमा निर्वाचन हुन नदिने मधेसी मोर्चासहितका संघीय गठबन्धनको अडानप्रति आपत्ति जनाए । शुक्रबार भक्तपुरमा आयोजित साक्षात्कारमा ज्ञवालीले लोकतान्त्रिक मूल्य र मान्यता विपरित निर्वाचन हुन दिन्न भनेर मधेसी मोर्चाले गलत रवैया देखाएको आरोप […]

पूर्वराजालाई सरकारले निम्तो दियो, अब पाण्डोराका अरु बाकस पनि खुल्छन्

८ पुस, काठमाडौं । सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा अनलाइनखबरकर्मी मात्रिका पौडेलसँग कुराकानी गर्नै लाग्दा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङलाई सत्तारुढ माओवादी केन्द्रका एक बरिष्ठ नेताको फोन आयो । उनी संवादहीनता तोडेर सहमतिका लागि पहल लिइदिन नेम्वाङलाई आग्रह गर्दै थिए । भर्खरैमात्र नौ विपक्षी गठबन्धनको बैठकबाट आन्दोलनका योजना बनाएका नेम्वाङले फोनमै जवाफ दिए- म त […]

पुसमा कानुन नआए बैशाखमा चुनाव असम्भवः आयोग

५ पुस, काठमाडौं । पुस मसान्तभित्र आवश्यक कानुन निर्माण नभए आगामी बैशाखमा चुनाव गर्न नसकिने निर्वाचन आयोगले जनाएको छ । बैशाखमा निर्वाचन गर्ने भए पुस मसान्तभित्र आवश्यक कानुन र निर्वाचनको मितिसमेत घोषणा गरिसक्नु पर्ने आयोगले बताएको छ । नयाँ संविधान अनुसार २०७४ माघ ७ भित्र चुनाव हुनुपर्छ । तर, त्यसलाई सारेर बैशाखमा चुनाव गराउने चर्चा छ […]