Comments Add Comment

जिल्ला प्रशासन कार्यालय

List Grid
उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयमा स्थगित सेवा आजबाट सुरु

८ असार, काठमाडौं । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयहरुले यसअघि स्थगित गरिएका सबै सेवाहरु आजबाट सन्चालनमा ल्याएका छन् । जनस्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरी मंगलबारबाट उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले सम्पूर्ण सेवा पुनः सन्चालनमा ल्याएका हुन् । कोरोना संक्रमणको महामारी बढेपछि यसअघि जिल्ला प्रशासन कार्यालयहरुले अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गरेका थिए । जिल्ला […]

अस्पतालहरुले भर्ना रोकेपछि आयो जिल्ला प्रशासनको विज्ञप्ति

२९ वैशाख, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अक्सिजन अभावको कारण देखाएर अस्पतालहरुले बिरामी भर्ना नलिने गरी गरेको घोषणामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्ति जारी गर्दै प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भर्ना गर्न नसकिने तथा भर्ना भइसकेका बिरामीहरुलाई समेत उपचार गर्न नसकिने भन्दै सार्वजनिक सूचनाहरु जारी गर्दा मानवीय संवेदनशिलतालाई बुझेर आफ्नो पक्षबाट सकारात्मक […]

सरकारले तोकेको शुल्कमा कोभिडका बिरामीको उपचार गर्न अस्पताललाई प्रशासनको निर्देशन

२७ वैशाख, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाभित्र सञ्चालित अस्पतालहरुलाई सरकारले तोकेको शुल्कमा कोभिड–१९ का बिरामीको उपचार गर्ने/गराउने व्यवस्था गर्न निर्देशन दिएको छ । प्रशासकीय अधिकृत लक्ष्मीकुमारी शाहीले सोमबार सार्वजनिक ध्यानाकर्षण जारी गर्दै अस्पताल अनुगमनको क्रममा देखिएको समस्यालाई गम्भीतापूर्वक लिएर व्यवस्थित गर्न समेत अस्पतालहरुलाई निर्देशन दिएकी हुन् । अस्पतालमा उपलब्ध अक्सिजनको सही व्यवस्थपन गरी […]

कर्मचारी निधनको शोकमा गुल्मीको प्रशासन कार्यालय बन्द

२ वैशाख, गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मी आज एक दिन पूर्णरुपमा बन्द हुने भएको छ । ४ जना कर्मचारीको दुर्घटनामा परी मृत्यु भएको शोकमा आज कार्यालय पूर्णरुपमा बन्द गर्ने निर्णय गरिएको प्रशासकीय अधिकृत उद्धव पन्थीले बताए । साथै अत्यावश्यकबाहेकका सेवा भने ५ दिनका लागि बन्द गर्ने निर्णय गरिएको उनको भनाइ छ । गुल्मीबाट नयाँ […]

नाकाको निरीक्षण गर्न नागढुंगा पुगे काठमाडौंका सीडीओ

३१ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमण दर बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले नागढुंगा नाकामा निरीक्षण गरेको छ । प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार नाकामा चेकजाँच र एन्टिजेन परीक्षण भए नभएकोबारे निरीक्षण गरिएको हो । निरीक्षणमा काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंह पनि सँगै थिए । थानकोटमा रहेको हेल्थ डेस्कलाई पनि प्रभावकारी बनाइएको […]

सडक छेउको अव्यवस्थित तार व्यवस्थापन गर्ने निर्णय

१४ माघ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाको मुख्य सहरी क्षेत्रमा रहेका अव्यवस्थित तार व्यवस्थापनको लागि सक्रियता जनाएको छ । बुधबार प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको अध्यक्षतामा बसेको सरोकारवाला निकायको बैठकले तार व्यवस्थापनको कार्य तत्काल सुरु गर्ने निर्णय गरेको हो । जिल्लाभित्रका सडकमा अव्यवस्थित रहेका तारहरुले सहरी सौन्दर्य बिगारेको र बारम्बार दुर्घटना निम्त्याएको भन्दै यसको […]

कार्यालयभित्र नगद कारोबार नगर्न सेवाग्राहीलाई काठमाडौं प्रशासनको आग्रह

३० मंसिर, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आफ्नो सेवा क्षेत्रमा भ्रष्टाचार न्यूनीकरण गर्न भन्दै सकेसम्म नगद कारोबार नगर्न आग्रह गरेको छ । कार्यालयमा सेवा छिटो र सहज रुपमा सम्पन्न गराइदिने भन्दै बिचौलियाले अतिरिक्त शूल्क लिने गरेको गुनासो आएकोले अतिरिक्त शूल्क नतिरी भ्रष्टाचार न्यूनीकरणमा योगदान दिन प्रशासनले सेवाग्राहीसँग आग्रह गरेको छ । नागरिक वडापत्रमा उल्लेख […]

उद्योग वाणिज्य महासंघको चुनावको वैधानिकतामाथि प्रश्न उठाउँदै उजुरी

४ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाको पदको वैधानिकता माथि नै प्रश्न उठाउदै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । राणा नेतृत्वको समितिको पदावधी २८ चैत २०७६ मै सकिएको र वैधानिक व्यवस्था अनुसार राणा अवैधानिक अध्यक्ष रहेको उजुरीमा दावी गरिएको छ । महासंघका प्रदेश २ का अध्यक्ष शिवशंकर शाह हिराले दिएको […]

काठमाडौंमा प्रशासन कार्यालयको सेवा मंसिर ३ देखि

२७ कात्तिक, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले हाल बन्द रहेका नागरिकता वितरणलगायतका सेवा मंसिर ३ गतेदेखि सुरु गर्ने भएको छ । कोरोना महामारीको जोखिम उच्च रहेको र कार्यालयका कर्मचारीमा समेत कोरोना संक्रमण देखिएको भन्दै कार्यालयले असोज २५ गतेदेखि कतिपय सेवा स्थगित गरेको छ । प्रशासन कार्यालयले बिहीबार सूचना प्रकाशित गरी नयाँ नागरिकता, नागरिकताको प्रतिलिपी, […]

काठमाडौंका सीडीओ कोरोना संक्रमणमुक्त

२६ कात्तिक, काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । दाहालसहित उनका परिवार र घरमा बस्ने ७ जनालाई १३ कात्तिकमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । त्यसपछि होम आइसोलेसनमा बसेका दाहालको रिपोर्ट बुधबार नेगेटिभ आएको हो । अब बिहीबारबाट नियमित काममा फर्किने दाहालले बताए ।

ललितपुरमा अत्यावश्यकबाहेकका सेवा स्थगित

३० असोज, काठमाडौं । कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै ललितपुरमा अत्यावश्यकीयबाहेकका सेवाहरु स्थगित गरिएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार एक सूचना जारी गर्दै कात्तिक २ गतेदेखि अर्को सूचना नभएसम्मका लागि जिल्लाभर अत्यावश्यक बाहेकका सेवाप्रवाह स्थगित गरिएको जनाएको छ । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणको दर अत्याधिक बढिरहेको अवस्थामा सार्वजनिक सेवा प्रवाह गर्दा […]

भक्तपुरको प्रशासन कार्यालयमा अत्यावश्यकबाहेकका सेवा बन्द

३० असोज, काठमाडौं । जिल्ला प्रशासन कार्यालय भक्तपुरले असोज २ गतेदेखि अत्यावश्यकबाहेकका अन्य सेवा नदिने भएको छ । कार्यालयले शान्ति सुरक्षासम्बन्धी, ठाडो निवेदन र उजुरीसम्बन्धी, मुद्दाको सुनुवाईसम्बन्धी र विपद व्यवस्थापनसम्बन्धीबाहेक अरु सेवा बन्द गरिएको जानकारी दिएको छ । प्रशासकीय अधिकृत यज्ञराज जोशीले सूचना जारी गरी काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेको र कार्यालयकै कर्मचारीमा पनि कोरोना […]

जिल्ला प्रशासनलाई गृहको परिपत्र : नवरात्रमा शक्तिपीठ खोल्न नदिनू

३० असोज, काठमाडौं । गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी यस वर्षको नवरात्रमा कुनै पनि मठमन्दिर एवं शक्तिपीठ खोल्न नदिन निर्देशन दिएको छ । बिहीबार मन्त्रालयले सबै स्थानीय प्रशासनलाई परिपत्र जारी गरी मन्त्रिपरिषद्ले मठमन्दिर खोल्ने विषयमा कुनै पनि निर्णय नगरेकोले दशैंमा शक्तिपीठमा नित्यपूजाका लागि बाहेक प्रवेश नदिन निर्देशन दिएको हो । गृहमन्त्रालयका […]

गुल्मी प्रशासनको आदेश- चाडपर्व घरमै मनाउनू

२९ असोज, काठमाडौं । जिल्ला प्रशासन कार्यालय गुल्मीले दशैं-तिहारलगायतका चाडपर्वहरु घरमै बसेर मनाउन आदेश जारी गरेको छ । सार्वजनिक यातायात सञ्चालन भएको र चाडपर्व मा कोरोना संक्रमणको जोखिम बढ्ने भएकोले आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्न प्रशासन कार्यालयले आदेश दिएको हो । बिहीबार प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले सकेसम्म घरमै बसेर चाडपर्व मनाउन र घर अत्यावश्यक […]

काठमाडौंमा प्रशासन कार्यालयको सेवा पुन: सञ्चालन, कुन बार के सेवा ?

१ असोज, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसअघि स्थगित गरेका सेवाहरु असोज ४ गते आइतबारदेखि पुनः सञ्चालन गर्ने भएको छ । कोरोना संक्रमणको जोखिम बढेको भन्दै प्रशासन कार्यालयले साउन २५ देखि केही सेवाहरु स्थगित गरेको छ । प्रशासन कार्यायले बिहीबार सूचना जारी गरी नयाँ नागरिकता, नागरिकताको प्रतिलिपी, नाबालक परिचयपत्र, राहदानी, हातहतियार दर्ता, पत्रपत्रिका, स‌ंघसंस्था […]

गुल्मीमा निषेधाज्ञा हट्यो 

३१ भदौ, गुल्मी । गुल्मीमा भदौ १९ गतेदेखि जारी गरिएको निषेधाज्ञा हटाइएको छ । कोरोनाको जोखिम बढेसँगै जिल्ला संकट व्यवस्थापन केन्द्र गुल्मीले भदौ ३१ गतेसम्मका लागि निषेधाज्ञा लगाएको थियो । बुधबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्र गुल्मीले अर्को सूचना जारी नहुन्जेल जिल्लामा जारी गरिएको निषेधाज्ञालाई हटाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव […]

भाषा परीक्षा सञ्चालन गर्न पाइने

२६ भदौ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले निषेधाज्ञाकाबीच केही भाषिक परीक्षा सञ्चालन गर्न दिने भएको छ । टोफल, आईईएलटीएस, जीएमटी, जीआरई, जीआरएफडब्ल्यू, अक्युपेसनल अंग्रेजी टेस्ट लगायतका परीक्षा सञ्चालन गर्न पाइने प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेद्वारा शुक्रबार जारी सूचनामा उल्लेख छ । परीक्षा सञ्चालन गर्दा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा जारी परीक्षा सञ्चालन कार्यविधि र स्वास्थ्य […]

महोत्तरीमा भदौ १० गतेसम्म निषेधाज्ञा

१ भदौ, जनकपुरधाम । कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम बढ्दै गएपछि महोत्तरी जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ । आगामी भदौ १० गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए । उनका अनुसार सोमबार राति १२ बजेदेखि नै निषेधाज्ञा लागू हुनेछ । यसअघि सदरमुकाम जलेश्वर, मटिहानी, गौशाला, बर्दिवास नगरपालिका र महोत्तरी […]

सिराहामा भदौ १५ गतेसम्म लकडाउन

३२ साउन, जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय सिराहाले भदौ १५ गतेसम्मका लागि लकडाउनको घोषणा गरेको छ । आइतबार राति १२ बजेदेखि लागु हुने गरी भदौ १५ गते राति १२ बजेसम्मका लागि लकडाउन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बताए । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गठित जिल्ला स्तरीय समितिको सिफारिसमा जिल्लाका […]

गोरखामा एकसाता निषेधाज्ञा

३२ साउन, गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले सोमबारदेखि लागु हुने गरी एकसातासम्म निषेधाज्ञा जारी गरेको छ । आइतबार बसेको जिल्ला स्तरीय कमाण्ड पोष्टको बैठकले भदौ ७ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । समुदाय स्तरमा कोरोना संक्रमित भेटिन थालेपछि संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी […]

बारामा फेरि निषेधाज्ञा

३२ साउन, वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय बाराले सोमबारदेखि लागु हुने गरी पुनः अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ ।  जिल्ला कोभिड समन्वय समितिको निर्णय अनुसार सोमबार बिहान ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी भएको हो । बारामा यसअघि साउन १८ गतेदेखि लागु हुने गरी अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको थियो । […]