Comments Add Comment

जुम्ला

List Grid
हिउँ पोखरी र सिमेन्ट ट्यांकीले जुम्लामा ल्याएको खुशी 

३० असोज, जुम्ला । हिमाली जिल्ला जुम्लामा जलवायु परिवर्तनको असरसँगै भएका पानीका मुहान सुक्न थालेपछि हिउँदमा हिउँ र वर्षेयाममा वर्षाको पानी संकलन गर्न थालिएको छ । यसले कार्यबोझ त घटाएको छ नै कृषि उत्पादनबाट पनि फाइदा पुगेपछि स्थानीय दंग छन् ।

जुम्लामा भेडागोठमा आगलागी हुँदा २५ पाठा जले

१९ असोज, खलंगा । जुम्लाको हिमा गाउँपालिका-२ स्थित भेडागोठमा आगलागी हुँदा २५ भेडाका पाठा जलेर मरेका छन् । सोमबार दिउँसो गोठमा आगलागी हुँदा ती पाठा जलेर मरेको स्थानीयवासी वीरबहादुर शाहीले जानकारी दिए । आगलागीबाट लत्ताकपडा र भाँडकुँडा पनि जलेर नष्ट भएको उनले बताए । चार हजार मिटर उचाइमा रहेको उक्त गोठमा किसान दत्तबहादुर शाही, धनबहादुर […]

भालुको आक्रमणबाट जुम्लाको गुठिचौरमा एकको मृत्यु

१८ असोज, जुम्ला । भालुको आक्रमणबाट जुम्ला गुठिचौर गाउँपालिका– ३ का ८५ वर्षीय निमा लामाको मृत्यु भएको छ । सो गाउँपालिकामा रहेको प्रहरी चौकी झरज्वालाका प्रहरी निरीक्षक कमल श्रेष्ठका अनुसार लामालाई गुठिचौर गाउँपालिकाको झारज्वाला नजिक बजार आउदै गर्दा आइताबार भालुको आक्रमणबाट लामाको मृत्यु भएको हो। भालुले मान्छे मारेपछि दिनभर झारज्वाला क्षेत्रमा तनाव भएको थियो । […]

रैथाने बाली जोगाउन जुम्लाका गाउँगाउँमा बीउ बैंक

जुम्लामा रहेका ८ वटा बीउ बैंकहरूमध्ये केही बैंकले स्थानीय स्तरमा उपलब्ध माटोको ढरा, कोठी र काठको भकारीहरू बनाएर बीउ भण्डारण गरेका छन् भने केहीमा आधुनिक तवरका ‘सिड’ बैंकहरू खोलिएका छन् ।

जुम्लामा भालु भगाउन रातभर जाग्राम

५ असोज, काठमाडौं । मकै पाक्ने याम शुरु भएसँगै जुम्लाका किसान यतिबेला भालु भगाउन रातभर जाग्राम बस्न थालेका छन् । बारीमा लगाएको मकैबाली जोगाउन उनीहरु रातभर जाग्राम बस्ने गरेका हुन् । जुम्लाको तिला गाउँपालिकाका किसान बारीमा पाक्न लागेको मकै सुरक्षित गर्न रातभर बारीमै जाग्राम बस्ने गरेको बताउँछन् । तिला–६ का स्थानीयवासी नरिमान रावतले भने, ‘भालुले […]

काली मार्सी फल्ने जुम्लाका फाँटमा स्याउ खेती

२१ भदौ जुम्ला । पछिल्लो समय नेपालमै बहुचर्चित काली मार्सी धान फल्ने जुम्लाका फाँटमा धानको विकल्पमा स्याउ लगाउन थालिएको छ । बर्खाको समयमा नदी कटानले धान खेत बगर बनाउन थालेपछि आम्दानीको सजिलो बाटो खोज्दै किसान स्याउ खेतीमा लागेको तिल गाउँपालिका–४ नुवाकोटकी पद्‍मी  नेपालीले बताइन् । २०६७ सालमा पाक्न लागेको काली मार्सी धानको पूरै खेत (ज्युलो) […]

४० दिनदेखि जुम्लाका चार किशोर सम्पर्कविहीन   

१० भदौ, कर्णाली । गत साउन १ गते बेलुकीदेखि घर नफर्केका जुम्ला सुर्की गाउँका चार जना किशोर हालसम्म सम्पर्कविहीन अवस्थामा रहेका छन् । तातोपानी गाउँपालिका– ७ सुर्की गाउँ जुम्ला निवासी गोविन्द रावतका १६ वर्षीय छोरा पद्मबहादुर रावत र रामबहादुर रावतका १६ वर्षीय छोरा भीमबहादुर रावत, मुनबहादुर रावतका १७ वर्षीय छोरा तुल रावत र देविभक्त रावतका […]

जुम्लाका किसानलाई आधुनिक कृषि औजार वितरण   

२ भदौ, खलङ्गा । कृषि विकास कार्यालय जुम्लाले किसानहरुलाई रु. ३३ लाखको कृषि औजार सामग्री वितरण गरेको छ । कृषि खेतीमा किसानलाई सहज बनाउन औजार वितरण गरिएको कृषि विकास कार्यालय जुम्लाका कार्यालय प्रमुख बालकराम देवकोटाले जानकारी दिए । परम्परागत औजारले समय धेरै लाग्ने र उत्पादन कम हुने भएकाले बजारमा भित्रिएका नयाँ र आधुनिक औजार वितरण गरिएको […]

जुम्लामा नर्सिङ विषयमा स्नातकोत्तर तहको पढाइ हुने

३२ साउन, काठमाडौं। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नर्सिङ विषयमा स्नातकोत्तर तह (एमएन)को पठन पाठन हुने भएको छ । यसका लागि प्रतिष्ठानले पाठ्यक्रम तयार गरी अनुमतिका लागि चिकित्सा शिक्षा अयोग समक्ष निवेदन दिएको छ । प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा निरेश थापाका अनुसार प्रतिष्ठानले १२ सिटको लागि अयोग समक्ष माग गरेको छ । उनले भने, ‘प्रतिष्ठानले विषयविज्ञका राय […]

विद्युतको राष्ट्रिय प्रसारण लाइनमा जोडियो जुम्ला

१८ साउन, खलङ्गा । जुम्ला सदरमुकाम खलङ्गा बजारमा राष्ट्रिय प्रसारण लाइन जोडिएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख गौरव पाण्डेका अनुसार जिल्लामा ११ केभीको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । उनले भने, “प्राधिकरणले कालीकोटबाट अहिले तत्कालका लागि ११ केभी लाइन जुम्ला जोडिएकोे छ, प्राधिकरणले कालीकोट लाइन पुग्ने बित्तिकै जुम्ला चाँडै जोड्ने लक्ष्यअनुसार […]

जुम्लाका आठवटै स्थानीय तहको एक अर्ब बजेट फ्रिज

१३ साउन, जुम्ला । जुम्लाका आठवटै स्थानीय तहको आर्थिक वर्ष २०७७-७८ मा करीब रु एक अर्ब भन्दा बढी बजेट खर्च गर्न नसकेर फ्रिज गरिएको छ । यहाँको विकास निर्माणका लागि विनियोजित बजेट हरेक वर्ष खर्च हुन नसकेर बजेट फ्रिज जाने गरेको छ । आव २०७७-७८ मा जुम्लाका एक नगरपालिकासहित सात गाउँपालिकामा खर्च हुन नसकेर रु […]

अब जुम्लामा एमबीबीएस पढाइ हुने : २० सिट दिने आयोगको निर्णय

३० जेठ, जुम्ला। अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त गरेसँगै कर्णालीबासीको सपनाले सार्थकता पाएको हो । बहुप्रतिक्षित सो कार्यक्रम सञ्चालनका लागि चिकित्सा शिक्षा आयोगले स्वीकृति दिने निर्णय गरेको छ । यही जेठ २९ गते सम्पन्न आयोगको बैठकले प्रतिष्ठानमा […]

गाउँपालिकाद्वारा नयाँ जन्मिने शिशुलाई तीन हजार

५ वैशाख, जुम्ला । जुम्लाको पातारासी गाउँपालिकामा नयाँ शिशु जन्मने बित्तिकै रु तीन हजार दिने व्यवस्था गरेको छ । नयाँ जन्मिएका छोराछोरी दुवैलाई उक्त रकम दिने व्यवस्था गरिएको गाउँपालिका उपाध्यक्ष पुन्नकली महताराले बताए । उनले भने, ‘पहिले छोरा र छोरी बीचमा ठूलो विभेद हुन्थ्यो, अहिले स्थानीय सरकार आएपछि छोराछोरी बराबरीका रुपमा हेरेका छौँ, अभिभावकले जन्मिने […]

बालकको मृत्युबारे बुझ्न छानबिन टोली जुम्लामा

१२ फागुन, सुर्खेत । जुम्लामा १४ वर्षका बालकको मृत्युको घटनाबारे जानकारी लिन छानबिन टोली जुम्ला पुगेको छ । दुई साताअघि प्रहरीले नियन्त्रणमा लिएको गुठीचौर गाउँपालिका–३ का पदम बुढाको मृत्यु भएको थियो । मृतकका आफन्तले प्रहरीको कुटाइबाट बुढाको मृत्यु भएको आरोप लगाउदै आएका छन् । तर, प्रहरीले भने अस्वीकार गर्दै आएको छ । सोही घटनाको छानबिन […]

मार्सी धान फलाउने जुम्लाको छुमचौर पर्यटकीय गन्तव्यको सूचीमा

१० फागुन, खलङ्गा । जुम्लाको पातारासी गाउँपालिकास्थित छुमचौर पर्यटकीय नयाँ गन्तव्यको सूचीमा परेको छ । नेपाल सरकारको २०० पर्यटन गन्तव्यको सूचीमध्येमा विश्वको सबैभन्दा उच्च स्थानमा काली मार्सीधान धान फल्ने छुमचौर जिउलो परेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको पर्यटन गन्तव्यको सूचीमा जुम्लाको छुमचौर पनि परेको हो । पातारासी गाउँपालिकासँगको साझेदारीमा पर्यटकीय […]

बालकको मृत्युपछि जुम्ला सदरमुकाम तनावग्रस्त

६ फागुन, सुर्खेत । बालकको मृत्युको विषयलाई लिएर स्थानीय वासिन्दाले प्रहरी कार्यालय घेराउ गर्दा जुम्ला सदरमुकाम खलंगा तनावग्रस्त बनेको छ । मृतक बालकका आफन्तले जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन् । दुई हप्ताअघि प्रहरीले नियन्त्रणमा लिएको गुठीचौर गाउँपालिका–३ का १४ वर्षका पदम बुढाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएपछि आफन्तले प्रहरीको कुटाइबाट मृत्यु […]

अग्निपीडितलाई राहत लिएर मन्त्री भण्डारी गोठीगाउँमा

१५ माघ, सुर्खेत । अग्निपीडितलाई राहत लिएर कर्णाली सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीसहितको टोली जुम्लाको गोठगाउँमा पुगेको छ । तिला गाउँपालिका–७, जुम्ला पोखरीस्थित गोठीगाउँमा आगलागी भएको झण्डै दुई दिनपछि अग्निपीडितलाई राहत लिएर मन्त्रीसहितको सरकारी टोली घटनास्थलमा पुगेको हो । आगोले अन्नपात, लुगाफाटोलगायत सबै क्षति हुँदा नागरिकहरु बिचल्लीमा छन् । स्थानीय सरकारले राहत वितरण […]

जुम्लामा आगलागी हुँदा ३२ घर र ७० चौपाया जले

१४ माघ, सुर्खेत । जुम्लाको तिला गाउँपालिका-७, पोखरीस्थित गोठीगाउँमा मंगलबार बेलुकी भएको भीषण आगलागीबाट ३२ घर र ७० पशु चौपाया जलेर नष्ट भएका छन् । आगलागीबाट ३२ घर जल्नुका साथै १७ गाई, २३ गोरु र ३० बाख्राको मुत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । आगलागीबाट मानवीय क्षति भने भएको छैन । स्थानीय […]

जुम्लाको गोठी गाउँमा हिजोदेखि लागेको आगो नियन्त्रणमा आएन

१४ माघ, सुर्खेत । जुम्ला तिला गाउँपालिकाको गोठी गाउँमा भीषण आगलागी भएको छ । आगलागी भएको १५ घण्टा बितिसक्दा पन अिझै नियन्त्रणमा आएको छैन । मंगलबार बेलुका ६ बजेदेखि सुरु भएको आगलागी रातभर नियन्त्रणमा लिन खोजे पनि अझै नियन्त्रणमा आउँन नसकेको जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिए । प्रजिअ थापाका अनुसार आगलागीबाट ३० […]

जुम्लाको गोठी गाउँमा आगलागी, ३० घर जलेर नष्ट

१४ माघ, सुर्खेत । जुम्लाको गोठी गाउँमा भीषण आगलागी हुँदा ३० घर जलेर नष्ट भएका छन् । जिल्लाको तिला गाउँपालिकाको गोठी गाउँमा मंगलबार बेलुका आगलागी हुँदा ३० घर जलेर नष्ट भएको जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाइले जानकारी दिए । त्यत्तिकै संख्यामा चौपाया पनि जलेर मरेका छन् । सुधारिएको चुल्होको माथिल्लो भागबाट एक घरको […]

जुम्लामा लोडसेडिङको तालिका सार्वजनिक

५ माघ, काठमाडौं । मागअनुसार आपूर्ति गर्न नसकेको भन्दै नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रले लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । टुँडिखेल, बाहिनी, महतगाउँ, मिचा, गैरागाउँ र हस्पिटल क्षेत्रमा दिउँसो १२ बजेदेखि दिउँसो साढे १२ बजेसम्म र राति साढे नौ बजेदेखि मध्यरात १२ बजेसम्म लोडसेडिङ हुने प्राधिकरणको सूचनामा उल्लेख छ । यसैगरी विजयनगर ठूलो, विजयनगर […]