Comments Add Comment

राहत

List Grid
महामारीमा स्थानीय सरकार : कतै साबुन हरायो, कतै राहत सामग्री बेचे

२०७६ साल चैतमा कोरोना महामारीको जोखिम बढेसँगै देशभर लकडाउन भए लगत्तै संक्रमण नियन्त्रण र उपचारका काममा कतिपय स्थानीय सरकारको कामकारवाही प्रभावकारी भएपनि केही स्थानीय सरकारहरु आर्थिक अनुशासनहीन र बेथितीमा बदनाम भए । ६ भदौ, काठमाडौं । झापाको मेचीनगर र अर्जुनधारा नगरपालिकाले कोभिड व्यवस्थापनसँग सम्बधित बजेटबाट सवारीसाधन मर्मत र भाडाका नाममा ८ लाख रुपैयाँ भुक्तानी दिए […]

कांग्रेस प्रवक्ता शर्माद्वारा मेलम्ची र हेलम्बुका बाढी प्रभावितलाई राहत वितरण

२९ असार, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका बाढी पहिरो प्रभावितलाई नगदसहित खाद्यान्न हस्तान्तरण गरेका छन् । प्रवक्ता शर्माले बाढी-पहिरो प्रभावित क्षेत्रमा पुगेर नगद १० लाख २० हजार ८६३ रुपैया रुपैयाँ र दनुवार वस्तीका १०९ घरका लागि एक-एक बोराका दरले खाद्यान्न चामल हस्तान्तरण गरेका हुन् । प्रवक्ता शर्माका अनुसार एनआरएन […]

सिन्धुपाल्चोकमा बाढीपहिरो पीडितलाई सरकारले प्रतिपरिवार ५० हजार दिने

२६ असार, काठमाडौं । सिन्धुपाल्चोकमा बढी, पहिरो र डुवानबाट प्रभावित परिवारलाई सरकारले ५० हजार रुपैयाँका दरले राहत दिने भएको छ । यस वर्ष बाढी, पहिरो र डुवानका कारण सिन्धुपाल्चोकका ३२६ परिवार प्रभावित भएको थियो । शनिबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले ती परिवारलाई प्रति परिवार ५० हजार रुपैयाँका दरले राहत दिने घोषणा […]

उसु महासंघद्वारा खेलाडीलाई राहत वितरण

८ असार, काठमाडौं । नेपाल उसु महासंघले निषेधाज्ञाका समयमा समस्यामा परेका आफ्ना खेलाडीहरुलाई राहत वितरण गरेको छ । महासंघका पदाधिकारीले मनमैजु, जावलाखेल र वौद्धलगायतका ठाउँमा पुगेर खाद्यान्नलगायतका राहत सामग्री वितरण गरेका हुन् । खेलाडीहरुलाई राहत सामग्री लैजान सहज होस् भनेर विभिन्न स्थानमा पुगेर वितरण गरिएको नेपाल उसु महासंघका महासचिव लाक्पाछिरिङ लामाले जानकारी दिए । उनका […]

रमिता हेर्नेको भीडले घेरिएका मेलम्चीका बाढीपीडित

६ असार, काठमाडौं । बाढीग्रस्त क्षेत्रमा नेपाल प्रहरी, सेना तथा उद्धार टोलीको उपस्थिति पहिलो आवश्यकता हो । तर असार १ गते मंगलबार गएको बाढीपछि मेलम्चीमा प्रचारबाजी गरी राहत वितरण गर्ने तथा भिडियो खिच्नेहरूको अस्वाभाविक भीड बढेको छ । बाढीले मेलम्ची बजारको आधा भाग र हेलम्बू गाउँपालिकामा ठूलो क्षति गरेसँगै सिङ्गो देशको ध्यान सिन्धुपाल्चोकतर्फ केन्द्रित हुनु […]

मेलम्चीमा राहत वितरणमा लफडा ! बाढीपीडित बसेको ठाउँमा प्रवेश निषेध

६ असार, मेलम्ची । राहत वितरण गर्न जानेले एक बोरा चामल दिएको पनि फोटो खिच्न थालेपछि सिन्धुपाल्चोक मेलम्चीवासीले असन्तुष्टि जनाएका छन् । बिहीबार एमाले निकट अनेरास्ववियूले राहत वितरण गर्दा घम्साघम्सी नै भयो । पार्टीको ब्यानर राखेको भन्दै स्थानीयले विरोध जनाए । स्थानीयले पार्टीको ब्यानर पनि च्यातिदिए । स्थितिलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीले […]

क्रान्तिकारीद्वारा हेलम्बुमा १३५ बोरा चामल हस्तान्तरण

५ असार, हेलम्बु । सिन्धुपाल्चोकको बाढी पहिरोबाट प्रभावित क्षेत्र हेलम्बु गाउँपालिकामा माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी) को केन्द्रीय टोलीले १३५ बोरा चामलसहितका राहत सामग्री हस्तान्तरण गरेको छ। अध्यक्ष रञ्जित तामाङ नेतृत्वमा गएको टोलीले शुक्रबार साँझ हेलम्बु गाउँपालिका वडा नं २ का अध्यक्ष छिरिङ ग्याल्बु लामा र स्थानीय नेता भरत थापासहितको टोलीलाई राहत हस्तान्तरण गरेको हो […]

सिन्धुपाल्चोकका बाढीपीडितलाई वाईसीएलले बाँड्यो राहत

५ असार, काठमाडौं । माओवादी केन्द्रको भातृ संगठन वाईसीएल नेपालले सिन्धुपाल्चोकका बाढीपीडितलाई राहत वितरण गरेको छ । वाईसीएल अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ नेतृत्वको केन्द्रीय टोलीले मेलम्ची, हेलम्बु र चनौटेका बासिन्दालाई खाना पकाउने प्रेसर कुकरलगायतका भाँडाकुँडासहित अत्यावश्यक सामग्री वितरण गरेको प्रवक्ता पुष्प वलीले जानकारी दिए । बिहीबार मात्र कोरोना संक्रमण र प्राकृतिक प्रकोपलाई मध्यनजर गर्दै वाइसिएलले […]

राहतमा ३ किलो चामल लिनेको लाइन

२१ जेठ, काठमाडौं । निषेधाज्ञाको समयमा परेकाहरुलाई ठमेलको सातघुम्ती चोकमा मेन्ज फाउन्डेसनले राहत वितरण गरेको छ । शुक्रबार यहाँ दिउँसो १ देखि ४ बजेसम्म राहत वितरण गरिएको थियो । निषेधाज्ञा सुरु भएयता हालसम्म दुई हजार जनालाई राहत वितरण गरिएको मेन्ज फाउन्डेसनका अध्यक्ष मिन्हाज खानले जानकारी दिए । लकडाउनको भोलिपल्टदेखि नियमित रुपमा राहत र खाना वितरण […]

राहतको १० केजी चामलसँगै एमालेको चिठी !

१२ जेठ, विराटनगर । नेकपा एमालेको इटहरी नगर कमिटीले वडा नम्बर ३ को सुनौलो बस्तीमा राहत बाँड्यो । ११२ परिवारलाई १० किलोग्राम चामल, तीन किलोग्राम दाल, तीन किलोग्राम आलु र तेलका दरले राहत वितरण गरिएको थियो । एमालेले अघिल्लो साता नै राहत बाँड्न खोजेको थियो । तर स्थानीय प्रशासनले राहत वितरणका लागि एकद्वार प्रणाली अपनाएको […]

कोरोना प्रभावित महिलालाई राहत वितरण

३ माघ, रौतहट । रौतहटको राजपुर नगरपालिकामा यूएन वुमनको सहयोगमा गैरसरकारी संस्था माण्डवीले राहत वितरण रेको छ । कोभिड-१९ का कारण समस्यामा परेका महिला तथा विपन्न समुदायहरुलाई कृषिका माध्यमले जीविकोपार्जन गर्न सक्षम बनाउने योजना अनुरुप कार्यक्रम आयोजना गरिएको माण्डलीले जनाएको छ । राजपुर नगरपालिकामा रहेका झन्डै २५० जना महिला र विपन्न परिवारहरुलाई राहत वितरण गरिएको […]

अमेरिकामा नौ खर्ब डलरको राहत प्याकेजमा सहमति

६ पुस, काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) को महामारीबाट राहतका लागि नौ खर्ब अमेरिकी डलर बराबरको राहत प्याकेजका लागि संसदीय नेताहरु सहमत भएका छन् । यसअघि गत मार्चमा महामारीबाट समस्यामा परेको अर्थतन्त्र तथा मानिसहरुलाई राहत प्रदान गर्न अमेरिकाले २३ खर्ब डलरको राहत प्याकेज ल्याएको थियो । अहिले ल्याउन लागिएको नौ खर्ब डलरको राहत अमेरिकाको […]

कोरोनाबाट विदेशमा निधन भएका परिवारलाई आइएमईले दियो राहत

३ पुस, काठमाडौं । आईएमई ग्रुपले विदेशमा कोरोनाबाट ज्यान गुमाएका मृतकका परिवारलाई ‘आईएमई भरोसा कोष’ को रकम वितरण गरेको छ । शुक्रबार काठमाडौँमा आईएमई ग्रुपका अध्यक्ष समेत रहेका उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले संयुक्त रुपमा रकम वितरण गरे । कामदारको रुपमा विदेश पुगेका मृतकका परिवार मध्ये काठमाडौंमा […]

कोरोना महामारीका कारण समस्यामा परेकालाई लायन्स क्लबको सहयोग

३० भदौ, भक्तपुर । लायन्स क्बल अन्तर्राष्ट्रिय एटुले भक्तपुरको बालकोट क्षेत्रमा कोभिड–१९ को महामारीका कारण समस्यामा परेका ७० विपन्न परिवारलाई राहत वितरण गरेको छ । राहतमा चामल, दाल, नुन, चिनी, खानेतेल, न्यूट्रेला र हात धुने साबुनलगायतका सामग्री रहेको छ । राहत वितरण गर्दै लायन्स  क्लब अन्तर्राष्ट्रिय एटुकी डिस्ट्रिक गभर्नर डा. सुशीला मल्लले खान नपाएर कोही […]

यातायात व्यवसायी र मजदुर नेतालाई मन्त्रीले भने : सरकारले राहत दिन सक्दैन

२६ भदौ, काठमाडौं । यातायात व्यवसायी र मजदुर संगठनका नेताहरुलाई भौतिक पूर्वाधार तथा यातायातमन्त्रीलाई भेटेर असोज १ गतेबाट यातायात चलाउने जानकारी दिएका छन् । अन्तर जिल्ला यातायात सञ्चालनमा भदौ ३२ गतेसम्म रोक लगाइएको छ । तर कोरोना संक्रमण नियन्त्रणमा आइनसकेकाले यो थप लम्बिने सम्भावना छ । त्यसबारे निर्णय गर्नुपूर्व दबाआ दिँदै आएका यातायात व्यवसायी र […]

पर्सामा प्रहरी कार्यालयबाहिर राहत लिन आउनेको भिड

१८ भदौ, वीरगञ्ज । भदौको चर्को घाम, कोरोनाको हट स्पट वीरगञ्ज । बिहीबार जिल्ला प्रहरी कार्यालय पर्सा जाने बाटोमा मानिसहरुको ठूलो भिड लाग्यो । मानिसहरुले हातमा नागरिकता बोकेका छन्, केहीले नागरिकताको फोटोकपी गराउँदैछन् र निवेदन पनि लेखाउँदैछन् । जिल्ला प्रहरी कार्यालय पर्साले राहत वितरण गर्दैैछ भन्ने हल्ला फैलिएपछि मानिसहरु यहाँ आएका छन् । तर भिड […]

कोरोना र बाढी प्रभावित ५९७ परिवारलाई खाद्यान्न

१२ भदौ, काठमाडौं । बेलायतमा रहेका नेपालीहरुले कोरोना महामारी र बाढी, पहिरोका कारण समस्यामा परेका पाँच सय ९७ परिवारलाई खाद्यान्न सहयोग गरेको छ । बन्दाबन्दी सुरु भएयताका पाँच महिनाको अवधिमा रोजगारी गुमाएका, दलित, अतिविपन्न र सीमान्तकृत समुदाय तथा बाढी पहिरो पीडितलाई बेलायतस्थित नेपाली वेल्फेयर सोसाइटीको संयोजनमा राहत सामाग्री वितरण गरिएको हो । १६ जिल्लाका विपन्न […]

बाढीपीडितलाई राहत बोकेर गृहमन्त्रीसहितको टोली अछाम प्रस्थान

५ भदौ, काठमाडौं । अछामको रामारोशन गाउँपालिकाका बाढी पीडितहरुका लागि राहत सामग्री लिएर गृहमन्त्री रामबहादुर थापा (बादल)सहितको टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । गृहमन्त्रीसहितको टोली शुक्रबार बिहान नेपाली सेनाको स्काई ट्रकमार्फत् काठमाडौंबाट अछामतर्फ प्रस्थान गरेको हो । सो टोली सर्खेतमा अवतरण गर्ने र सुर्खेतबाट एमआई–१७ हेलिकोप्टरमार्फत् अछाम पुग्ने गृहमन्त्रीको सचिवालयले जनाएको छ । टोलीमा […]

गुल्मीका पहिरो पीडितलाई राहत

३२ साउन, गुल्मी । गुल्मीका पहिरो पीडित करिब ३ सय घर परिवारलाई राहत उपल्ध गराइएको छ । गत असार १८ गतेको पहिरोका कारण विस्थापित परिवारहरुलाई राहत वितरण गरिएको हो । पूर्वमन्त्री एवं गुल्मी क्षेत्र नम्बर २ का सांसद गोकर्ण बिष्टको पहलमा सिभिल बैङ्कले मुसिकोट नगरपालिका र इस्मा गाउँपालिकाका करिब तीन सय घर परिवारलाई राहत स्वरुप […]

इभोलुसन डान्स क्रुद्वारा ४० विपन्न परिवारलाई राहत वितरण

२९ जेठ, काठमाडौं । बेलायतस्थित बेजिंगस्टोकका नेपाली किशोर-किशोरीहरुको समूह ‘इभोलुसन डान्स क्रु’ले पोखरा महानगरपालिका-१ भीमकाली पाटनका विपन्न परिवारलाई राहत वितरण गरेको छ । ४० परिवारलाई चामल, दाल, तेल, मस्यौरा, चना, मसला,नुन, चाउचाउलगायतका खद्य सामग्रीहरु प्रदान गरिएको क्रुका सदस्य एरिना गुरुङले जानकारी दिइन् । पोखराकै लक्ष्मण गुरुङ र चन्दा गुरुङको संयोजनमा राहत वितरण गरिएको हो ।राहत […]

एयरपोर्टका मजदुरलाई प्रदेश सांसदले दिए राहत सामग्री

२८ जेठ, काठमाडौं । गण्डकी प्रदेशसभाका सांसद प्रकाशचन्द्र दवाडीले काठमाडौंको त्रिभुवन विमानस्थलमा सामान ओसार पसार गरेर जीविकोपार्जन गर्ने मजदुरलाई राहत वितरण गरेका छन् । न्तरिक र बाह्य हवाइ उडान रोकिँदा उनीहरु साढे २ महिनादेखि कामविहीन छन् । काम नपाउँदा रकम अभावमा जीविकोपार्जन गर्नै समस्या भएका ५० भन्दा बढी मजदुर परिवारलाई चामललगायतका राहत सामग्री दिएको सांसद […]