+
+
Shares

रसुवा बाढी : ५५ जनाको उद्धार, १८ जना बेपत्ता

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको उद्धार टोलीले मंगलबार दिउँसो ३:३०० बजेसम्म ५५ जनाको उद्धार गरिएको जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २४ गते १५:४५

२४ असार, काठमाडौं। चीनतर्फबाट आएको बाढीका कारण रसुवागढी हाइड्रोपावरको ड्याम साइडमा फसेको ५५ जनाको उद्धार गरिएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको उद्दार टोलीले मंगलबार दिउँसो ३:३०० बजेसम्म ५५ जनाको उद्धार गरिएको जनाएको छ ।

उद्धार गरिएकामा ४ महिला र ५१ जना पुरुष रहेका छन् । उनीहरूलाई झोलुङ्‍गे पुलबाट हिँडाएर उद्धार गरिएको प्रहरीले जनाएको छ । उद्धार हुनेमा १ जना चिनियाँ नागरिक समेत छन् ।

यसका साथै बाढीबाट अहिलेसम्म १८ जना बेपत्ता भएका छन् भने १०० भन्दा बढी गाडी बगाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?