Comments Add Comment

शपथ

List Grid
गण्डकी र लुम्बिनीका प्रदेश प्रमुखले लिए शपथ

१३ साउन, काठमाडौं । गण्डकी र लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान सिंह गुरुङ र लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । शपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद […]

सिंहदरबारमा स्वास्थ्य राज्यमन्त्रीको शपथ

१० साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आइतबार सिंहदरबारमा शपथ लिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मन्त्रीहरुसमेतको उपस्थितिमा प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यमन्त्री श्रेष्ठलाई शपथ गराएका हुन् । यसअघि राज्यमन्त्रीको शपथ समारोह पनि राष्ट्रपति कार्यालयमा हुने प्रचलन थियो । शपथ समारोहमा राज्यका प्रमुख पदाधिकारीहरु सहभागी हुने प्रचलन थियो । शपथ समारोह राष्ट्रपति […]

राष्ट्रपति र प्रधानमन्त्रीबीच पहिलो दिन नै खटपट

२९ असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाबीच पहिलो दिन नै असमझदारी छताछुल्ल भएको छ । यो सुखद संकेत नभएको सत्तारुढ दलका नेताहरुले बताएका छन् । सर्वोच्च अदालतले दिएको समयसीमा सकिन एक घण्टा मात्र बाँकी छँदा राष्ट्रपति कार्यालयले देउवालाई प्रधानमन्त्री नियुक्त गरेको जानकारी दिएको थियो । सोमबार सर्वोच्च अदालतले २९ गते […]

शपथ लिएपछि देउवालाई माधव नेपालले दिए पहिलो बधाई

२९ असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बधाई दिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ समारोह सकिएपछि प्रधानमन्त्री देउवालाई बधाई दिने क्रममा सबैभन्दा पहिले नेता नेपालले हात मिलाएर बधाई दिए । त्यसपछि क्रमश नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, […]

धारा उल्लेख नगरी प्रधानमन्त्री नियुक्त गर्नु राष्ट्रपतिको दम्भको पराकाष्ठा : गुरुङ

२९ असार, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले संविधानको धारा उल्लेख नगरी प्रधानमन्त्री नियुक्त गर्नु राष्ट्रपतिको दम्भको पराकाष्ठा भएको टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्री नियुक्तिको पत्र सच्याउन नमान्नु राष्ट्रपतिको दम्भ भएको बताए । ‘दम्भी प्रम ओलीको अवशान भयो, तर राष्ट्रपति विद्या भण्डारीले दम्भ देखाउँदैछन्,’ कांग्रेस नेता गुरुङले ट्विटरमा लेखेका छन्, ‘संविधानको धारा […]

७ मन्त्री र १ राज्यमन्त्रीले लिए शपथ

२७ जेठ, काठमाडौं । मन्त्रिपरिषदका नवनियुक्त सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा ७ जना मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष र एक जना राज्यमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार नेकपा एमाले, नेकपा माओवादी छाडेर नेकपामा आएका नेतालाई समेटेर मन्त्रिपरिषदलाई पूर्णता दिएका […]

कर्णालीमा नवनियुक्त कांग्रेसका दुई मन्त्रीले लिए सपथ

३ जेठ, सुर्खेत । कर्णाली प्रदेश सरकारमा थपिएका कांग्रेसका दुईजना मन्त्रीले शपथ लिएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा नियुक्त सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बीसी र उर्जा तथा जलस्रोत मन्त्रीमा दिनबन्धु श्रेष्ठले शपथ लिएका हुन् । नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले सोमबार दिउँसो पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् । दुवै जना […]

राष्ट्रपतिद्वारा शपथसम्बन्धी अध्यादेश जारी

६ जेठ, काठमाडौंं । राष्ट्रपति विद्यादेवी भण्डारीले शपथसम्बन्धी अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्ति अनुसार मन्त्रिपरिषदको सिफारिशमा उनले शपथसम्बन्धी अध्यादेश २०७८ जारी गरेकी हुन् । नेपालमा हालसम्म शपथसम्बन्धी संघीय कानून छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ३१ गते प्रधानमन्त्री पदको शपथ लिंदा राष्ट्रपतिले वाचन गरेको शब्द वाचन नगरी ‘त्यो […]

संवैधानिक, कानूनी र नैतिक कठघरामा प्रधानमन्त्री

३ जेठ, काठमाडौं । पुनः नियुक्तिपछि वैशाख ३१ गते प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको शपथ विवादमा परेको छ । वैशाख ३१ गते शपथग्रहण गराउने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्छु’ भनिन् । तर, प्रधानमन्त्री ओलीले सत्य निष्ठापूर्वक मात्रै भने, ‘प्रतिज्ञा गर्छु’ भनेनन् । राष्ट्रपतिले फेरि ‘प्रतिज्ञा गर्छु’ भन्न सम्झाइन् । तर, ओलीले ‘त्यो पर्दैन’ भनिदिए […]

कर्णालीका नवनियुक्त दुई मन्त्रीले लिए शपथ

३ जेठ, सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त दुईजना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्मा र आन्तरिक मामिला तथा कानून एवं युवा तथा खेलकुदमन्त्री सीताकुमार नेपालीले शपथ लिएका हुन् । सोमबार दिउँसो प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नवनियुक्त मन्त्री शर्मा र नेपालीलाई पद तथा गोपनीयताको शपथ […]

प्रधानमन्त्रीको शपथविरुद्ध रिट लिएर सर्वोच्च पुगे कानुन व्यवसायी

२ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनियुक्त भएपछि लिएको सपथ बदर गर्न माग गर्दै रिट लिएर कानुन व्यवसायीहरु सर्वोच्च अदालत पुगेका छन् । वैशाख ३१ गते पद तथा गोपनीयताको शपथ लिँदा राष्ट्रपति विद्यादेवी भण्डारीले दुईपटक उच्चारण गर्दासमेत ‘प्रतिज्ञा गर्दछुु भन्ने वाक्यांश प्रधानमन्त्रीले त्यो पर्दैन भनी उच्चारण गरेका थिएनन् । प्रधानमन्त्रीको उक्त कार्यको विरुद्धमा […]

मास्कसहितको शपथ समारोह (फोटो फिचर)

३१ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषदका सदस्यहरुले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि प्रधानमन्त्री ओली पदमुक्त भएका थिए । तर राष्ट्रपतिले दिएको समय वैशाख ३० गते राति ९ बजेसम्म कसैले बहुमतको सरकारका लागि दावी पेश नगरेपछि ठूलो दलको संसदीय दलको नेताको हैसियतमा […]

पुनर्नियुक्ति पाएका ४ मन्त्रीले लिए शपथ

२७ चैत, काठमाडौं । पुनर्नियुक्ति पाएका ४ मन्त्रीले शुक्रबार साँझ पद तथा गोपनीयताको शपथ लिएका छन् । ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री टोपबहादुर रायमाझी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभु साह र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीलाई शुक्रबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराएकी हुन् । नेकपा एमाले प्रवेश गरेपछि […]

जेलमा रहेका रेशम चौधरीको सपथ आज

१९ पुस, काठमाडौं । टीकापुर घटनाका मुख्य अभियुक्त भएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका सांसद् रेशम चौधरीले आज सपथ लिने भएका छन् । संसदका प्रवक्ता रोजनाथ पाण्डेले चौथरीको सपथ कार्यक्रम तय भएको जानकारी दिए । उनका अनुसार सभामुख कृष्णबहादुर महराले दिउँसो ३ बजे चौधरीलाई पद तथा गोपनीयताको सपथ दिलाउने छन् । यसअघि बिहान साढे ११ बजे […]