Comments Add Comment

संविधान दिवस

List Grid
सरकारी तक्माको गिर्दो साख : घुनमा खोज्नुपर्छ चामल

५ असोज काठमाडौं । इटहरी निवासी प्रा.डा. बद्रीविशाल पोखरेलले गत श्रावण २० गते गोरखापत्रमा एउटा लेख लेखे, जसको शीर्षक थियो– अतुलनीय नेतृत्व । पोखरेलले उक्त लेखमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘जीवित ईश्वर’ मात्र भन्न बाँकी राखेर अस्वाभाविक महिमामण्डन गरेका थिए । सामाजिक सञ्जालमा ‘चर्चित’ बनेको उक्त लेखका केही रमाइला वाक्यांश : ओलीका मौखिक अभिव्यक्ति नै […]

अबुधाबीस्थित नेपाली दूतावासमा झन्डोत्तलन गर्दै मनाइयो संविधान दिवस

युएई । नेपाली दूतावास अबुधाबीले छैटौं संविधान दिवसको उपलक्ष्यमा दूतावास परिसरमा झन्डोत्तलन गरेको छ । सेप्टेम्बर २० तारिख आइतबार एक कार्यक्रम गरी दूतावासको मुख्य भवनको उच्च तथा अग्रभागमा युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले झन्डोत्तलन गरेका हुन् । झन्डोत्तलन कार्यक्रममा उपनियोग प्रमुख रिता धिताल, श्रम काउन्सिलर निर्मला थापा, द्वितीय सचिव भुवन ओझासहित दूतावासका अन्य कर्मचारी, […]

सरकारको काम, कहिले जाला घाम !

३ असोज काठमाडौं । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले ठीकै भनेका हुन्, संविधान जतिसुकै राम्रो भए पनि त्यसले बुद्धि विवेक बाँड्दैन । संविधानको कार्यान्वयनमा राजनीतिक नेतृत्वले नै बुद्धि विवेक लगाउनुपर्ने हुन्छ । संविधान बनेको पाँच वर्ष पूरा भएर आज संविधान दिवस मनाउँदै गर्दा तटस्थ विश्लेषण गर्नैपर्ने भएको छ, आखिर नेताहरुले संविधान कार्यान्वयनमा कत्तिको बुद्धि पुर्‍याए ? […]

संविधान दिवस मनाउने समय आएको छैन : मुख्यमन्त्री राउत

३ असोज, जनकपुरधाम । आज संविधान दिवस देशभर मनाइरहँदा प्रदेश २ सरकार भने संविधान दिवसमा मौन बस्ने भएका छन् । सरकारका कर्मचारीले केन्द्रीय सर्कुलरलाई मानेर राष्ट्रिय झण्डा फहराउने र दीपावली मनाउने भए पनि सरकारका प्रतिनिधि भने मौन बस्ने भएका छन् । दिवसको अवसरमा प्रदेश मन्त्रिपरिषद् बैठकले कुनै कार्यक्रम पनि तय गरेको छैन । प्रदेश सरकारका […]

संविधान दिवसमा मधेस आन्दोलनलाई सम्झँदा

नयाँ संविधान जारी भएको ठीक पाँच वर्ष भएको छ । समानता, पहिचानसहितको संघीयता, राज्यको हरेक क्षेत्रमा समानुपातिक प्रतिनिधित्व, जनसंख्याका आधारमा निर्वाचन क्षेत्रको निर्धारण, समावेशिता, भाषा, नागरिकता लगायतका माग राखेर भएको मधेस आन्दोलन-३ का एजेन्डाहरू पूरा हुन नसक्दा मधेसी, उत्पीडितले अहिलेसम्म पनि संविधानलाई भित्री हृदयदेखि अपनाउन सकेका छैनन् । २०७२ सालको साउनको महिनाको पहिलो साता नयाँ […]

‘संविधानले रेडियोमा सुन्ने होइन, घरदैलोमा भेटिने सरकार दिएको छ’

३ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका युवा नेता एवं सांसदले संविधानलाई अस्वीकार गर्ने कुनै शक्ति र व्यक्ति नभएको बताएका छन् । संविधान दिवसका सन्दर्भमा राष्ट्रिय समाचार समितिका प्रतिनिधिसँग संविधान र समसामयिक विषयमा कुराकानी गर्दै उनीहरुले जनताको लामो सघर्ष र बलिदानको उपलब्धीकारुपमा गठन भएको सविधानसभाबाट जारी भएको संविधान पछिल्लो समय सर्वस्वीकार्य दस्तावेजकारुपमा रुपान्तरण भएको बताए […]

नेपाल रत्न कसैले पाएन, डा. रुइतलाई जनसेवा श्री प्रथम

३ असोज, काठमाडौं । सरकारले यस वर्षको संविधान दिवसमा नेपाल रत्नबाट कसैलाई पनि सुशोभित नगर्ने भएको छ । अघिल्ला वर्षहरुमा संविधान दिवसको दिन सबैभन्दा उच्चस्तरको नेपाल रत्नबाट सरकारले बिभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्दै आएको थियो । तर यस वर्षको संविधान दिवसको दिन मानपदवी, अलंकार र पदक पाउनेहरुको नामावलीमा नेपाल रत्न पाउने व्यक्तिको नाम छैन । अघिल्लो […]

संविधान दिवस : मानपदवी, अलंकार र पदक ५९४ जनालाई (नामावलीसहित)

३ असोज, काठमाडौं । सरकारले संविधान दिवसको अवसरमा ५९४ जनालाई बिभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गर्ने भएको छ । सरकारले सार्वजनिक गरेको सूचीअनुसार ४५३ जनालाई मानपदवी ११४ जनालाई अलंकार र २७ जनालाई पदकबाट सम्मान गरिने छ । विभूषण, अलंकार र पदक आगामी संविधान दिवसको दिन राष्ट्रपति विद्यादेवी भण्डारीबाट वितरण हुने छ । राष्ट्रको गौरव […]

आज संविधान दिवस मनाइँदै, टुँडिखेलमा विशेष कार्यक्रम

३ असोज, काठमाडौं । आज छैटौं संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ । दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा संक्षिप्त विशेष समारोह आयोजना हुँदै छ । सो विशेष समारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी […]

संविधान दिवसबारे बोल्दा प्रहरीले लखेटी लखेटी कुट्यो

२ असोज, काठमाडौं । शुक्रबार दिउँसो नयाँ बानेश्वरस्थित संसद भवननजिकै सडकमा वसन्त पौडेल श्रीमतीसँग हिँडिरहेका थिए । उनी श्रीमतीलाई अस्पतालमा जँचाएर निवासतर्फ फर्कँदै थिए । संविधान दिवसको पूर्वसन्धामा आम नागरिकहरुको प्रतिक्रिया लिने उद्देश्यले हामी बसन्तको छेउमा पुग्यौं र केही प्रतिक्रिया दिन आग्रह गर्‍यौं । संविधानले हामीलाई के दियो ? भन्नेबारे पौडेलले बताउँदै थिए । अचानक […]

महानिरीक्षकज्यू, प्रहरी र गुण्डामा अन्तर हुँदैन ?

संविधान दिवसको अघिल्लो दिन यस्तो घटना विवरण लेख्नुपर्दा निकै आहत छु । लोकतन्त्रलाई संस्थागत गर्न संविधान जारी भएको ५ वर्षपछि देशमा ‘लोकतन्त्र’को अवस्था कस्तो छ भन्ने तीतो अनुभव आज मैले गरेँ । एक नागरिक सडकमा हिँड्दै गर्दा सञ्चारकर्मीले सानो टिप्पणीका लागि आग्रह गरेपछि रोकिन्छन् । सोधिएका प्रश्नको जवाफ दिन थाल्छन् । तर, बोल्दै गर्दा प्रहरीको […]

कर्मचारीले औपचारिकता पूरा गरे, मन्त्रीले विरोध जनाए

२ असोज, सप्तरी । सप्तरी सदरमुकाम राजविराजको गजेन्द्र चोकमा प्रायः कुनै न कुनै कार्यक्रम भइरहन्छ । कुनै विषयको समर्थन, विरोध मात्र होइन, सामाजिक संघ संस्थाका अभियानात्मक कार्यक्रमहरु पनि यहीँ हुने गर्छन् । बिहीबार भने अन्य दिनको भन्दा बेग्लै दृश्य देखियो । संविधान दिवसको अवसर पारेर कर्मचारीहरुले औपचारिक कार्यक्रम आयोजना गरेका छन् भने प्रदेश सरकारका मन्त्रीसहित […]

‘ज्ञानेन्द्र र विप्लव पनि यही संविधानमा अटाउँछन्’

हामीले धेरै ठूलो अवरोध र छिमेकीको नाकाबन्दीका बीच ०७२ असोज ३ गते संविधान जारी गरेका थियौं । संविधानसभाको अध्यक्ष हुनुको नाताले मैले धेरैखाले धम्कीहरु व्यहोर्नुपरे पनि इतिहासले सुम्पिएको दायित्व निर्वाह गर्न सकेकोमा अहिले पनि गर्व छ । संसारका कुनै पनि संविधान पूर्ण र शतप्रतिशत स्वीकार्य हुँदैनन् । हामीले संविधान जारी गर्दा केही असन्तुष्टि र बिरोध […]

तीन दिन घर–घरमा दीपावली गर्न सुदूरपश्चिम सरकारको आह्वान

१ असोज, कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले संविधान दिवसको अवसरमा तीन दिन घर–घरमा दीपावली गर्न आह्वान गरेको छ । असोज २, ३ र ४ गते साँझ सबै सरकारी कार्यालयका साथै घर–घरमा सरसफाइ गरी दीपावली गर्न आग्रह गरिएको हो । बुधबार मुख्यमन्त्री कार्यालयमा पत्रकार सम्मेलन संविधान दिवस मूल समारोह समितिले २ गते सबै मन्त्रालय, सरकारी कार्यालयमा […]

माइतीघरमा फहराइयो १०० फिट अग्लो राष्ट्रिय झण्डा

३ असोज,काठमाडौं । संविधान दिवसको अवसरमा काठमाडौंको माइतीघर मण्डलामा १०० फिट अग्लो राष्ट्रिय झण्डा राखिएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आबद्ध युवा संघ नेपाल र वाइसिएलले माइतीघरमा राष्ट्रिय झण्डा फहराएका हुन् । युवा संघ अध्यक्ष रमेश पौडेल र वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटाले संयक्त रुपमा तीन टन तौल र १०० फिट अग्लो पोलमा राष्ट्रिय […]

अधिकार पाउने नाममा नेपाललाई ‘गिनी पिग’ बनाउने प्रयास अस्वीकार्यः प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकार प्राप्तिका नाममा मुलुकलाई ‘गिनी पिग’ बनाउने कार्य स्वीकार्य नहुने बताएका छन् । अधिकार प्राप्तिको राजनीतिक अभियानमा प्रयोगको चरण सकिएको भन्दै उनले अब प्रयोग गर्न बाँकी भए शीघ्र र तीव्र विकास मोडल मात्र भएको बताएका छन् । संविधान दिवसको अवसरमा बुधबार टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले […]

प्रदेश १ सरकारले यसरी मनायो संविधान दिवस

३ असोज, विराटनगर । प्रदेश १ सरकारले संविधान दिवस भव्यरुपमा मनाएको छ । विराटनगरको शहिद रंगशालामा आयोजित मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा बिभिन्न झाँकी, सेना प्रहरीको परेड तथा गीत नृत्य प्रस्तुत गरिएको थियो । समारोहमा एक नम्बर प्रदेश प्रमुख गोबिन्दबहादुर तुम्वाहाङ मुख्यमन्त्री शेरधन राई, सभामुख प्रदीपकुमार भण्डारी, प्रदेशका मन्त्रीहरु, प्रदेश सभा सदस्य, मुख्य न्यायाधीश, […]

टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (फाेटाे फिचर)

३ असोज, काठमाडौं । आज असोज ३ अर्थात् संविधान दिवस । ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर देशभर संविधान दिवस मनाइँदैछ । प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको संविधान दिवस मूल समारोह समितिले बुधबार बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गरेकाे छ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका […]

संविधान दिवसमा ४२१ विभूषित, पुष्पलालदेखि सन्दीप लामिछानेसम्म (सूचीसहित)

३ असोज, काठमाडौं । सरकारले ४ सय २१ जनालाई राष्ट्रपति विद्यादेवी भण्डारीबाट आज विभूषित गर्ने भएको छ । संविधान दिवसको अवसरमा राजनीतिज्ञ, समाजसेवी, कर्मचारी, साहित्यकार, कलाकार, चिकित्सक, पत्रकार, प्रशासक, खेलाडीलगायत विभिन्न पेशा तथा व्यवसाय आवद्ध व्यक्तित्वहरुलाई मानपदवी, अलंकार र पदक प्रदान गर्ने परम्पराअनुरूप सरकारले उनीहरुलाई विभूषित गर्न लागेको हो । पदक पाउनेमा नेपाल कम्युनिस्ट पार्टीका […]

आज संविधान दिवस, विविध कार्यक्रम गरी मनाइँदै

३ असोज, काठमाडौं । आज असोज ३ अर्थात् संविधान दिवस । ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा  विविध कार्यक्रम गरेर अाज देशभर संविधान दिवस मनाइँदैछ । संविधान दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको संविधान दिवस मूल समारोह समितिले बुधबार बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ । […]

अप्ठेरोमा उपेन्द्र यादव : सिंहदरबारमा बसेर कालो दिवस ?

२ असोज, काठमाडौं । संघीय समाजवादी फोरमकी उपाध्यक्ष एवं प्रदेश २ की अध्यक्ष रेणु यादवले संविधान दिवसको दिन कालो दिवस मनाउने घोषणा गरिन् । त्यसको २४ घन्टा नबित्दै केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले सर्कुलर जारी गर्दै भने ‘निर्णय छैन, कालो दिवस मनाउने कार्यक्रममा सहभागी नहुनू ।’ यादव र अधिकारीको बेग्लाबेग्लै घोषणाले सरकारमा सहभागी फोरमभित्रको अन्तरविरोधलाई […]