Comments Add Comment

हितेन्द्रदेव शाक्य

List Grid
सर्वोच्चले माग्यो कुलमान र हितेन्द्रको नियुक्तिसम्बन्धी निर्णय

८ भदौ, काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिसम्बन्धी निर्णय झिकाउन आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले २०७७ पुस २६ गते हितेन्द्र देव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा गरेको नियुक्ति, २०७८ साउन २५ गते प्राधिकरणको कार्यकारी निर्देशकमा भएको कुलमानको नियुक्तिको सक्कल निर्णय मगाउन आदेश दिएको हो । त्यस्तै […]

हितेन्द्रदेव शाक्य ऊर्जा आयोगमा सचिव सरहको पूर्णकालीन सदस्यमा नियुक्त

२७ साउन, काठमाडौं । सरकारले हितेन्द्रदेव शाक्यलाई उपयुक्त स्थान दिएर नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट विदाइ गरेको छ । कुलमान घिसिङलाई ४ वर्षका लागि कार्याकारी निर्देशकनियुक्त गरेसँगै सरकारले शाक्यलाई पनि विज्ञताका आधारमा नयाँ सम्मानजक नियुक्त गर्ने निर्णय गरेको हो । शाक्यलाई जल तथा ऊर्जा क्षेत्रको ‘थिंक ट्यांक’ मानिएको जल तथा ऊर्जा आयोगको सचिवालय ४ वर्षका […]

सशर्त विद्युत प्राधिकरण छोड्न हितेन्द्रदेव शाक्य तयार

२० साउन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सशर्त प्राधिकरण छोड्न तयार भएका छन् । उनले विद्युत सम्बद्ध अर्को कुनै संस्था वा कम्पनीमा जिम्मेवारी दिए प्राधिकरणबाट विदा हुने बताएका हुन् । गत माघमा केपी शर्मा ओली नेतृत्वको सरकारले शाक्यलाई बढीमा चार वर्षका लागि विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो । नयाँ […]

राजीनामा मागिएको होइन, जिम्मेवारीको विकल्पबारे सोधिएको हो : हितेन्द्रदेव शाक्य

२० साउन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारले आफ्नो राजीनामा माग गरेको नभई वैकल्पिक व्यवस्थाबारे सोधिएको स्पष्ट पारेका छन् । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको स्थानमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन दिएको खबर प्रधानमन्त्रीको सचिवालयबाटै सार्वजनिक भएको थियो । त्यसको भोलिपल्ट पत्रकारहरुसँग कुरा गर्दै शाक्यले सरकारले आफ्नो […]

कुलमानलाई रोक्न प्रतिस्पर्धाको तर्क, शाक्यलाई सोझै नियुक्ति

२७ माघ, काठमाडौं । गत भदौ २९ गते तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त गर्ने प्रस्ताव राख्दा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए– ‘कानुनअनुसार बुझौंला ।’ कुलमानको पुनः नियुक्ति माग्दै जनस्तरबाट आन्दोलन नै भएपछि कानुन, प्रक्रिया, प्रतिस्पर्धा लगायत कारण देखाएर सरकार पन्छिएको थियो । त्यतिबेला नेकपाका प्रवक्ता नारायणकाजी […]

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

२७ माघ, काठमाडौं । हितेन्द्रदेव शाक्य नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कायममुकायम कार्यकारी निर्देशक रहेका शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । ऊर्जा मन्त्रालयले शाक्यलाई कात्तिक २१ गते नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । उपकार्यकारी निर्देशक शाक्यलाई ‘एनईए इन्जिनियरिङ कम्पनी’बाट […]

लोडसेडिङ ३ वर्षअघि नै अन्त्य भइसक्यो, अब हुँदैन : शाक्य

१७ पुस, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको बताएको छ । शुक्रबार प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पत्रकार सम्मेलन आयोजना गरी ३ वर्षअघि नै लोडसेडिङ अन्त्य भइसकेको र फेरि लोडसेडिङ गर्नुपर्ने अवस्था नआएको जिकिर गरे । केही स्थानमा प्राविधिक कारणले छोटो समयलाई विद्युत आपूर्तिमा अवरोध हुँदा बत्ती गएको शाक्यको भनाइ […]

शुरू भयो ‘फोर्स लोडसेडिङ’, प्राधिकरणका हाकिम भन्छन् : विगतमा पनि हुन्थ्यो

१४ पुस, काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार साँझ ६ बजेपछि आधा घण्टा विद्युत आपूर्ति अवरुद्ध भयो । धेरैलाई लाग्यो, पछिल्लो समय जस्तै प्राविधिक समस्याले विद्युत आपूर्ति अवरुद्ध भएको होला । नेपाल विद्युत प्राधिकरणका अनुसार सोमबार अन्य दिन जसरी लाइन गएको थिएन, यो ‘फोर्स लोडसेडिङ’ थियो । विगतमा लाइन जाँदा प्राधिकरणले प्राविधिक समस्या मात्रै भएको र […]

जाडोसँगै बढ्यो बिजुली जाने समस्या

२७ मंसिर, काठमाडौं । पछिल्लो दुई हप्तामा काठमाडौंका विभिन्न क्षेत्रमा अनियमित रुपमा लाइन जाने समस्या बढेको छ । साँझमा विजुली जाने क्रम बाक्लिएकाले समस्या परेको कुलेश्वरकी भारती बास्तोला बताउँछिन् । बानेश्वरमा कफी पसल चलाएका संगम भट्टराई दिउँसो पनि पटक-पटक बत्ती जाँदा ब्यापार घट्ने अवस्था भएको बताउँछन् । टेकु, कालिमाटी, कलंकी क्षेत्रमा पनि समस्या उस्तै छ […]

शाक्यले पाए प्राधिकरणको कायममुकायम प्रमुखको जिम्मा

२४ कात्तिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको कायममुकायम (कामु) कार्यकारी निर्देशकको जिम्मेवारी दिएको छ । ऊर्जा मन्त्रालयले आइतबार शाक्यलाई निमित्त कार्यकारीमा नियुक्त गरेको थियो । प्राधिकरणको बुधबार साँझ बसेको सञ्चालक समिति बैठकले शाक्यलाई कामु कार्यकारी निर्देशकको जिम्मा दिएको हो । अब उनले कार्यकारी निर्देशकसरहकै सेवा सुविधा र अधिकार पाएका छन् […]

विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

२४ कात्तिक, काठमाडौं । ऊर्जा मन्त्रालयले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । अर्को व्यवस्था नभइन्जेलसम्मका लागि भन्दै मन्त्रालयले शाक्यलाई निमित्त प्रमुख तोकेको हो । उनले सोमबार नै पदबाहाली गरेका छन् । उपकार्यकारी निर्देशक शाक्यलाई ‘एनईए इन्जिनियरिङ कम्पनी’बाट काज फिर्ता गरेर नियुक्ति दिइएको हो । ऊर्जामन्त्री वर्षमान पुन अनन्तले शुक्रबार […]

हितेन्द्रदेव शाक्य विद्युत प्राधिकरणमा काज फिर्ता हुँदै, निमित्त प्रमुख पाउने !

२२ कात्तिक, काठमाडौं । ऊर्जामन्त्री वर्षमान पुन अनन्तले नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई प्राधिकरणमा काज फिर्ता ल्याउन निर्देशन दिएका छन् । शुक्रबार बसेको प्राधिकरण सञ्चालक समिति बैठकमा मन्त्री पुनले ‘एनईए इञ्जिनियरिङ कम्पनी’मा काजमा रहेका शाक्यलाई प्राधिकरणको केन्द्रीय कार्यालयमा हाजिरी गराउन निर्देशन दिएका हुन् । योसँगै अब प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालाले आइतबार […]

बाहिरबाट मान्छे ल्याए प्राधिकरण प्रमुखमा मेरो दाबी रहन्छ : हितेन्द्रदेव शाक्य

१७ असोज, काठमाडौं । ‘नेपाल विद्युत प्राधिकरणले इञ्जिनियरिङ कम्पनी स्थापना गर्ने निर्णय गर्‍यो। संस्थाले दिएको जिम्मेवारी पूरा गर्न म एक्लै निस्कें। आयोजनाको परामर्शको क्षेत्रमा केही गर्नुपर्छ भन्ने थियो। यतिखेर तीन वर्ष पूरा हुँदा केही गरियो भन्ने स्थानमा आइपुगेको छु’, कुरा सुरू गर्दै प्रबन्ध सञ्चालक हितेन्द्रदेव शाक्यले भने। प्राधिकरणभित्र विशेषगरी प्राविधिक क्षेत्रमा अब्बल ठहरिएका र वरिष्ठ उपकार्यकारी […]