+
+
Shares

पूर्वी जिल्लाहरुमा स्क्रप टाइफसको जोखिम उच्च, सचेत रहन चिकित्सकहरुको आग्रह

गौरव पोखरेल गौरव पोखरेल
२०७३ साउन ३१ गते ११:०२

३१ साउन, झापा । स्क्रब टाइफस रोगको सङ्क्रमण पूर्वी जिल्लाहरुमा देखा पर्न थालेको छ । यसको संक्रमणबाट पूर्वको सङ्खुवासभा र भोजपुरमा दुई जनाको त मृत्यु भइसकेको छ ।

scrub-typhusचिकित्सकहरुले झापामा पनि यो रोगको सङ्क्रमण उत्तिकै जोखिममा रहेको बताएका छन् । तर, हालसम्म स्क्रब टाइफसबाट सङ्क्रमित विरामी जिल्लाका कुनै स्वास्थ्य कार्यालयमा देखिएका छैनन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय झापाका डाक्टर दुर्योधन यादव भन्छन्, ‘झापा पनि यो रोग सङ्क्रमणको उच्च जोखिममा छ ।’

स्क्रब टाइफसको प्रकोपबाट बच्न सबैलाई सचेत रहन उनले आग्रह गरे । ‘यो रोग रिकेटसिया नामक सूक्ष्म ब्याक्टेरियाबाट सर्छ’, उनले भने, ‘मुसा, छुचुन्ऽो लगायतका जीवहरुमा पनि यो ब्याक्टेरिया भेटिन्छ ।’

विशेषतः गर्मी मौसममा देखा पर्ने यो रोगबाट बच्न सर्वसाधारणलाई सुझाव दिँदै उनले भने, ‘घर वरिपरी सफा राख्नु पर्छ । साथै, मुसा, किर्नालाई नियन्त्रण गरी शरीर पूरै ढाकिने खालको कपडा लगाउनु पर्छ ।’ उनले यो रोगको बारेमा पूर्व जानकारी राख्न समेत सर्वसाधारणलाई आग्रह गरे ।

लगातार ज्वरो आइरहने, टाउको दुख्ने, पसिना छुट्ने, आँखाको डिल दुख्ने, थकानको महसुस हुने, खोकी लाग्ने जस्ता यो रोगका लक्ष्यण हुन् । साथै, यो रोगको संक्रमण भएको ५ देखि ७ दिनमा घाँटीमा रातो विमिरा देखिन्छ । पछि त्यो विमिरा क्रमशः शरीरको अन्य भागहरुमा फैलिँदै जाने चिकित्सकहरुको भनाइ छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले दिएको तथ्याङ्क अनुसार अघिल्लो वर्ष नेपालमा यो रोगका कारण ८ जनाको मृत्यु भएको थियो । त्यस्तै, ८४ जना सङ्क्रमित भएका थिए । यो वर्ष पनि यो रोगको संक्रमण फैलिन शुरु भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय, झापाले यदी कसैलाई यो रोगको लक्षण देखा परे तुरुन्त नजिकैको अस्पतालमा गइ चिकित्सकको सुझाव लिन आग्रह गरेको छ । रगतमा एन्टिजेनको जाँच गरेपछि यो रोगको सङ्क्रमण देखा परेको हो कि होइन थाहा हुने चिकित्सकहरुले बताएका छन् ।

चिकित्सकहरुका अनुसार यो रोग लागेको पुष्टि भएमा नियमित औषधि सेवन गर्दा निको हुन्छ । डाक्टरहरु भन्छन्, ‘यो रोग लागेपछि पूरा डोजको एन्टिबायोटिक प्रयोग गर्नु पर्छ ।’

लेखक
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?