१२ असोज, काठमाडौं । नेपालस्थित सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता भीजी अटोमोबाइल्सले रातो पुलमा शो-रुम विस्तार गरेकेा छ ।
यारिस अटोमोबाइल्स नामक उक्त आधुनिक शो-रुमको विशाल ग्रुप अटोमोटिभ्स डिभिजनका प्रमुख कार्यकारी अधिकृत विवेक विजुक्छे र पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठले आइतबार संयुक्त रुपमा उद्घाटन गरे ।
काठमाडौंको मोटरसाइकल हब रातोपुलमा खोलिएको उक्त शो-रुम करिव ८०० बर्ग फिटमा फैलिएको छ ।
कम्पनीका सहायक महाप्रवन्धक अधिर कुमार श्रेष्ठका अनुसार यो शो-रुम ३८औं शाखा हो । शो-रुम रातोपुल बजारको ५० प्रतिशत हिस्सा ओगट्ने अपेक्षा उनले व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4