Comments Add Comment

कुन बैंकरले दसैंमा कति दक्षिणा दिए ?

१८ असोज, काठमाडौं । नेपालमा जागिर खाएर सबैभन्दा बढी पैसा कमाउने बैंकर हुन् । ठूला कर्पोरेट कम्पनीहरुको स्थापना नभइसकेकाले बैंकहरुहरु सबैभन्दा बढी कमाउने कर्मचारी हुन ।

सामान्यतया नेपालका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको तलम महिनाको ५ लाखभन्दा माथि छ । केही बैंकर त महिनामा १५ लाख रुपैयाँसम्म तलब खान्छन् ।

तपाईलाई लाग्न सक्छ यतिधेरै पैसा कमाउने बैंकहरुहरुले दसैंमा आफ्ना चेलिवेटी, भाञ्जाभाञ्जी तथा ज्वाईचेलालाई टिका लगाएर निकै मोटो रकम दक्षिणा देलान ।

यदि तपाईले बैंकरबाट मोटो रकम दक्षिणाको अपेक्षा गर्नुभएको छ भने त्यो रकम हजार रुपैयाँ हुनेछ । तपाईले सबैभन्दा बढी दक्षिणा कति दिनुभएको छ ? भन्ने अनलाइनखबरको प्रशनमा सबै बैंकरले एक हजार रुपैयाँसम्म दक्षिणा दिएको बताएका छन् । ज्वाईचेला र टाढा रहेका दिदीबहिनीलाई एक हजार रुपैयाँ र नजिक रहेकालाई त्योभन्दा थोरै दक्षिणा दिने गरेको बताएका छन् ।

बैंकहरुहरुले आफूहरुले सबैभन्दा बढी दक्षिणा ससुरालीबाट पाएको सुनाए । त्यो रकम पनि एक हजार रुपैयाँ नै हो ।
अनलाईनखबरसँगको कुराकानीमा बैंकहरुले आफ्नो दसैं योजना यसरी सुनाए ।

Upendra poudle, ceo Nmb bankउपेन्द्र पौडेल
उपाध्यक्ष /नेपाल बैंकर्स संघ
परिवारसँगै मनाउँछु । घटस्थापनाको भोलीपल्ट मेरो जन्मदिन हो । त्यहीदिन देखि मेरो दसैं सुरु हुन्छ । बुबा आमालाई बनारस घुमाउन लैजाँदैछु । टिका लगाएर जाने ।

साथीभाइसँगको जमघट एकदिन हुन्छ । स्कूल कजेट पढ्दाका र टोलका साथीहरुसँग बसिन्छ । दसैं परिवार र घाउँघरका साथीसँग रमाइलो हुन्छ । परिवारका जति हाँगाविगा छन सबै हाम्रोमा आउँछन् । नवरात्रीमा दैनिक पूजा गर्छु ।

जहाँसम्म दक्षिणाको कुरा छ, यो दक्षिणाभन्दा पनि आशिर्वाद हो । मच्चाहरुलाई चाहीँ बढी दक्षिणा दिन्छु । संस्कार हो यसलाई संकारकै रुपमा मात्र लिनुपर्छ ।

मैले लिएको दक्षिणा सबै केटाकेटीलाई दिन्छु । मैले सबैभन्दा बढी दक्षिणा पाएको हजार रुपैयाँ हो, ससुरालीबाट ।

मैले बढीमा पाँच सय रुपैयाँ दिएको छु , त्यो ज्वाईलाई दिएको हो ।


Parshuram kuwer kchetry, ceo, Grand bankपर्शुराम कुँवर क्षेत्री

प्रमुख कार्यकारी अधिकृत/ग्राण्ड बैंक
मेरो घर पोखरा हो । टिका नभएकाले यो दसैंमा गाउँ नजाने निर्णय गरेको छु ।

चाडबाडमा व्यमाावसायिक साथीभन्दा आफन्त र छरछिमेकीसँग रमाइलो हुँदोरहेछ । पोखरालाई मिस गरेँ ।

जहाँसम्म दक्षिणाको कुरा छ, दसैंको टिका लगाउने भनेको सिनियरको आशिर्वाद लिलाई हो, पैसाका लागि होइन ।

मैले आजसम्म सबैभन्दा बढी दक्षिणा ससुरालीबाट एक हजार रुपैयाँ पाएको छु र ज्वाईचेलालाई बढीमा हजार रुपैयाँसम्म दक्षिणा दिएको छु ।

दुर्गामा माताले सबैं खराब ऋणीलाई समयमै कर्जा तिर्न आशिर्वात दिउन यही छ मेरो यो दसैंको कामना ।

udaya sir, ceo, Kumari bankउदय उपाध्याय
प्रमुख कार्यकारी अधिकृत/कुमारी बैंक

यो वर्ष दसैंको विदा पनि कम छ । अहिलेसम्म मैले दसैंको बारेमा योजना बनाएको छैन । र, बनाउँला जस्तो पनि छैन ।

परिवारसँग बसेर सामान्यरुपमै दसैं मनाउने छु । बाहिरतिर जाने चलन छैन । दसैंमा बाहिर भएका आफन्तहरु पनि घर परिवारमा फर्किन्छन ।

आजसम्म क्यासिनो देखेको छैन, तास खेल्न पनि आउँदैन । घरमा डि्रङ्स चल्दैन । खासगरी दसैं भनेको परिवार र आफन्तसँग रमाइलो गरी मनाउने पर्व हो । म पनि त्यसरीनै मनाउँछु ।

जहाँसम्म दक्षिणाको कुरा छ, आर्थिक बोझकोरुपमा दक्षिणा लिनेलिने गर्नु हुँदैन । तर, दक्षिणा दिने हाम्रा सनातनदेखि चलिआएको परम्परालाई भने निरन्तरता दिनुपर्छ ।

मैले आजसम्म सबैभन्दा बढी दक्षिणा ५ सय रुपैयाँ पाएको छु । ससुरालीले दिएका । र, मैले सय रुपैयाँभन्दा बढी दिएको छैन ।

शोहनदेव पन्त
प्रमुख कार्यकारी अधिकृत/लुम्बीनी बैंक

यो दसैं पूर्णरुपमा परिवासँग विताउँछु । आमाको हातको टिका लगाउने । अन्य मान्यजनहरुसँग टिका र आशिर्वाद थाप्ने । आफून्दा सानालाई आशिर्वाद दिने । आम नेपालीहरुको जस्तै सामान्य हुने छ मेरो दसैं ।

जहाँसम्म दक्षिणाको कुरा छ । यो दक्षिणा दिने परम्परा विकृतिउन्मुख भइरहेका छ । यसलाई हामी सबैले निरुत्साहित गर्नुपर्छ । मैले अहिलेसम्म ५० रुपैयाँभन्दा बढी दक्षिणा पाएको छैन र १०० रुपैयाँभन्दा बढी कसैलाई दिएको पनि छैन ।

diwakar poudle, standerd charterd bankदिवाकर पौडेल
स्टान्डर्ड चार्टर्ड बैंक
यो दसैंका लागि मैले त्यस्तो कुनै विषेश योजना बनाएको छैन । परिवारसँगै बस्ने, मामाघरमा टिका लगाउन जाने योजना छ । काठमाडौं बाहिर जाने योजना पनि छैन । अरुसयम कामको व्यवस्तताले परिवार र आफन्तलाई पर्याप्त समय दिन पाइदैन ।

म पाँच वर्षदेखि शाकाहारी हुँ, त्यसैले माछामासु खाएर मस्ती गर्ने योजना हुने कुरै भएन ।

जहाँसम्म दक्षिणाको कुरा छ, यो सिम्बोलीक हुनुपर्छ । दक्षिणाले कसैको गर्जो टर्ने भन्ने कुरा हुँदैन । त्यसैले धेरै आशिर्वाद र थोरै दक्षिणा दिनु नै उपुक्त हुन्छ ।

मैले आजसम्म सबैभन्दा बढी एक हजार रुपैयाँसम्म दक्षिणा पाएको छु, ससुरालीमा टिका लगाउँदा । र, मैले पनि बहिनी भाञ्जाभाञ्जी र ज्वाइहरुलाई बढीमा ५ सय रुपैयाँसम्म दक्षिणा दिएको छु ।

Govinda-gurung,-coo,-civil-bankगोविन्द गुरुङ

प्रमुख सञ्चालन अधिृकत/सिभिल बैंक

बाजे वितेको हुनाले यो दसैंमा हाम्रो टिका छैन । यद्यपि बुबाआमालाई भेट्न लमजुङ जान्छु् ।

दसैंको मौका छोपेर लमजुङमै रहेको ग्रामीण पर्यटकीय क्षेत्र सिउरुङ होमस्टे जाने निधो गरेको छ । मेरो घरदेखि त्यहाँसम्म जान एकदिनको पैदल यात्रा गर्नुपर्छ । एकदिन सिउरुङमै बस्छु ।

दसैं विदा छोटो छ । एकदिन किताब पढ्ने समय छुट्याएको छु । रुकमाङगत कटुवाल, विनोद चौधरी र सुधीर शर्माका आधामात्रै पढेको छु, यो दसैंमा त्यसलाई पूरा गर्छु ।

टिम मिल्यो भने सोरठी नाच नाच्ने हो । यो नाचका लागि कम्तीमा तीन जना मादल बजाउने, तीन जना नाच्ने र चार पाँच जना गाउने चाहिन्छ ।
जहाँसम्म दक्षिणाको कुरा छ । दक्षिणा दिन र लिनमा प्रतिस्पर्धा गरियो भने यो विकृतिमा परिणत हुन्छ । हामी सबैले दक्षिणालाई खाली हात नपार्नलाई दिइएको हो भनेर ग्रहण गर्नुपर्छ ।

मैले आजसम्म सबैभन्दा बढी दक्षिणा मावलीबाट १००० रुपैयाँ पाएको छु । ससुराली क्रिस्चीयन भएकाले सुसुरालीमा टिका लगाउन पाइदैन, यद्यपि भेटघाट भने गरिन्छ । मैले टिका लगाएर बढीमा १०० रुपैयाँसम्म दिएको छु ।

कृष्णराज लामिछाने
अध्यक्ष, डेभलपर्स बैंकर्सस एसोसिएसन

पोेखरामा दाजुभाई छन्, त्यसैले दसैंमा पोखरा जान्छु । म १२ वर्षदेखि भेजिटेरियन हुँ, तास खेल्न पनि आउँदैन । पोखराकै साथीभाइसँग भेटघाट र रमाइलो गर्छु ।

चााडबाडको बेला घुम्न भन्दा छरछिमेकसँग बस्नु नै राम्रो हो ।
जहाँसम्म दक्षिणाको कुरा छ । म दक्षिणा लिनु र दिनु पर्छ भन्ने पक्षमा छु । दक्षिणा सम्मान हो, सम्मान गरेर दिइएको कुनैपनि वस्तु अमूल्य हुन्छ ।
सदिऔंदेखि चलिआएको परम्पराले निरन्तरता पाउनुपर्छ । तर, हामीसबैले परम्परालाई विकृत हुनचाहीँ दिनुहँदैन ।
आजसम्म मैले सबैभन्दा बढी दक्षिणा हजार रुपैयाँ पाएको छु र मैले पनि बढीमा हजार रुपैयाँ दिएको छु ।ने गरेको छ ।

Bibek jha, ceo, nepal life insurenceविबेक झा
नेपाल लाइफ इन्स्योरेन्स

यो दसैंमा म पाँच वर्ष पछि गाउँ जनकपुरको रुपैठा जाने बिचार गरेको छु । बुबा आमा र अन्य मान्यजनको हातको आशिर्वाद थाप्ने । र आफूले पनि आफूभन्दा सानालाई आशिर्वाद दिने ।

गाउँमा घरनजिकै मन्दिर छ, साथीभाई भेला भएर भजन कृतन गाउने योजना छ ।

बीमातिर बढी लागेका छौं । फूलपातीबाट जनकपुरको रुपैठा भन्ने ठाउँमा साथीभाइसँग भेट्ने ।

जहाँसम्म दक्षिणाको कुरा छ, दक्षिणा आशिर्वादको प्रतिक मात्रै हो । परम्परालाई देखावटी नगरुञ्जेलसम्म सभ्य हुन्छ भन्ने लाग्छ ।

मैले आजसम्म बढीमा एक हजार रुपैयाँ दक्षिणा पाएको छ, त्यति नै दिने गरेको छु ।

Shekhar baral, ceo, Lumbini general insuranceशेखर बराल
प्रमुख कार्यकारी अधिकृत/लुम्बीनी जनरल इन्स्योरेन्स

दसैं मनाउन झापा जान्छु । आफ्नै गाडी भिएकाले दुई दिन लगाएर आरामसँग जाने हो । बुबा-आमा वृद्ध हुनुहुन्छ, उहाँहरुको हातको टिका लगाइन्छ । हामी घरमा खसी काट्दैनौ । तर, बाहिरबाट ल्याएर भने खान्छौं ।

बाआमा र लण्डनबाट आएको दाइसँको भेटघाट नै मेरो विषेश हो ।

जहाँसम्म दक्षिणाको कुरा छ, यो दक्षिणा चलन नराम्रो होइन । आफन्तलाई दक्षिाणा दिनुपर्छ । तर, मैले धेरै दिने कि उसले धेरै दिने भनेर प्रतिस्पर्धा भने गर्नु भएन । आफ्नो हैसियत अनुसारको दिनुपर्‍यो । आफूले मन लागेको दिने हो ।

मैले आजसम्म सबैभन्दा बढी दक्षिणा हजार रुपैयाँ पाएको छु, ससुरालीबाट । र, मैले पनि ज्वाइलाई हजार रुपैयाँ सम्म दक्षिणा दिएको छु । मेरो विचारमा पैसाभन्दा आशिर्वाद ठूलो हो, पैसा त चलन मात्रै ।

prabeenraman parajuli, ceo, nabil investmentप्रविणरमण पराजुली
प्रमुख कार्यकारी अधिकृत/नविल इन्भेष्टमेन्ट

यो दसैंमा म काठमाडौंमै घर परिवारसँगै वस्छु । साथीभाई र परिवासँग भेघाट गरिन्छ । पूराना साथीभाई जोसँग नियमति भेट हुँदैन तर सम्पर्कमा नै छौं । खासगरी दसैंमा उनीहरुसँग भेट गर्ने योजना छन् । बढी सयम त परिवारलाई दिनै पर्‍यो ।

जहाँसम्म दक्षिणाको कुरा, छ दक्षिणा भनेको दक्षिणा नै हो । एक रुपैयाँ दिए पनि हुन्छ, तर खालीहात चै हुनु भएन । विकृति ल्याउनेगरीभन्दा पनि संस्कारकोरुपमा आफ्नो क्षमताअनुसार दक्षिणा दिनुपर्छ ।

मैले आजसम्म सबैभन्दा ढबी दक्षिणा पाँच सय रुपैयाँ पाएको छु र बढीमा एक सय एक रुपैयाँ दिएको छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment