+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
85/10 (19.1)
VS
Lumbini Lions won by 6 wickets
Won लुम्बिनी लायन्स 2025
86/4 (8.6)
Shares

भरत सुवेदीले उपसचिवलाई ज्यान मार्ने धम्की दिएको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक ३० गते १७:०८

३० कात्तिक, काठमाडौं । अर्थमन्त्री डा.रामशरण महतबाट हालै राजश्व अनुसन्धान विभागको उपमहानिर्देशक बनाइएका सहसचिव भरत सुवेदीले आफ्नै विभागका निर्देशक तीर्थराज खनाललाई ज्यान मार्ने धम्की दिएको उजुरी काठमाडौं जिल्ला प्रशासनमा दर्ता भएको छ ।

सहसचिव भरत सुवेदी
सहसचिव भरत सुवेदी

विभागका निर्देशक खनालले आफूलाई सहसचिव भरत सुवेदीले  ज्यान मार्ने धम्की दिएको भन्दै आइतबार काठमाडौं जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन् । उनले यही उजुरी गृहसचिव सूर्यप्रसाद सिलवाललाई पनि पठाएका छन् ।
आफूलाई आफ्नै अड्डाका उपमहानिर्देशकले ज्यान मार्ने धम्की दिएपछि ज्यान सुरक्षाका लागि बाध्य भएर उजुरी दिएको खनालले अनलाइनखबरलाई बताए । खनाल उपसचिव हुन् ।
खनालको उजुरीमा भनिएको छ ‘निज सुवेदीले अर्थमन्त्रालयका प्रशासन महाशाखा प्रमुख डिल्लीप्रसाद शिवाकोटीको कार्यकक्षमा गई तीर्थेलाई सम्झाइदिनू मेरो विरोध गर्दै नहिँडोस्, नत्र सिध्याइदिन्छु” भनेर धम्की दिएकाले ज्यान सुरक्षा गराई पाउँ ।

सामान्य प्रशासन मन्त्रालयको सहमति बिना सहसचिवको काज सरुवा समेत नहुने कानुनविपरीत अर्थमन्त्री डा. महतले राजस्वमा आफ्नो सेटिङ मिलाउन सुवेदीलाई श्रम मन्त्रालयबाट काजमा लगेकोमा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले असहमति जनाएर स्पष्टीकरण सोधिसकेका छन् ।
विवादस्पद छवि एवं कानुन विपरीत काज सरुवा भएका सुवेदीलाई विभागमा हाजिर गराउन प्रशासन प्रमुख खनालले नमानेपछि उनी विरुद्ध सुवेदी खनिएका हुन् । सुवेदीलाई कुन कानुनका आधारमा विभागमा सरुवा भएर आएका हुन् भन्ने खुलेपछिमात्रै हाजिर गराउन उचित हुन्छ भनेर आफूले टिप्पणी उठाएका कारण धम्की आएको उनले बताए ।
अष्ट्रेलियाको पीआर लिएका विवादस्पद सहसचिव सुवेदीलाई अर्थ मन्त्रालय लैजानका लागि मन्त्री महतले मन्त्रिपरिषद बैठकमै सामान्य प्रशासनमन्त्री पण्डितसँग झगडासमेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?