+
+
Shares

बैंकको सञ्चालक बन्न अब दुई दर्जन योग्यता

बैंक तथा वित्तीय संस्थाको सञ्चालक बन्न थप कडाइ गरिने भएको छ । राष्ट्र बैंकले तयार पारेको बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) २०७१ को मस्यौदामा कुनै पनि व्यक्तिले बैंक सञ्चालक बन्न झन्डै दुई दर्जन योग्यता पूरा गर्नुपर्ने प्रस्ताव गरिएको छ ।
नयाँ प्रावधानअनुसार एकै परिवारका दुई वा दुईभन्दा बढी सदस्यहरु बैंकको सञ्चालन समितिमा बस्न नपाउने भएका छन् । त्यसैगरी बैंक तथा वित्तीय संस्थाको सञ्चालक हुनका कुनै पनि व्यक्तिले आफ्नो र परिवारको सम्पूर्ण आर्थिक स्रोत खोल्नुपर्ने छ ।

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर ४ गते २०:३३

nepal rastra bank
पुष्प दुलाल

४ मंसिर, काठमाडौं । बैंक तथा वित्तीय संस्थाको सञ्चालक बन्न थप कडाइ गरिने भएको छ । राष्ट्र बैंकले तयार पारेको बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) २०७१ को मस्यौदामा कुनै पनि व्यक्तिले बैंक सञ्चालक बन्न झन्डै दुई दर्जन योग्यता पूरा गर्नुपर्ने प्रस्ताव गरिएको छ ।

नयाँ प्रावधानअनुसार एकै परिवारका दुई वा दुईभन्दा बढी सदस्यहरु बैंकको सञ्चालन समितिमा बस्न नपाउने भएका छन् । त्यसैगरी बैंक तथा वित्तीय संस्थाको सञ्चालक हुनका कुनै पनि व्यक्तिले आफ्नो र परिवारको सम्पूर्ण आर्थिक स्रोत खोल्नुपर्ने छ ।

 अर्थ मन्त्रालय र कानून मन्त्रालयसँगको नेपाल राष्ट्र बैंकले बाफियाको अन्तिम मस्यौदा तयार पारेको हो । उक्त मस्यौदामाथि राष्ट्र बैंकको व्यवस्थापन समितिमा अन्तिम छलफल भएको छ ।

राष्ट्र बैंकको आगामी बस्ने सञ्चालक समितिको बैठकले मस्यौदालाई अन्तिम रुप दिई अर्थ मन्त्रालय पठाउने राष्ट्र बैंकका एक अधिकारीले बताए ।

मन्त्रीपरिषद र संसदले पारित गरेपछि मात्रै उक्त मस्यौदाले कानूनको रुप लिन्छ ।

अनलाइनखबरलाई प्राप्त बाफियाको मस्यौदामा बैंकको सञ्चालक बन्न स्नातकसम्म अध्ययन पूरा गरेको र बैंकिङ वा वित्तीय क्षेत्रसँग सम्बन्धित कुनै नियामक निकायमा सञ्चालक वा अधिकृतस्तरको पदमा कम्तिमा पाँच वर्ष अनिवार्य काम गरेको हुनुपर्ने प्रस्ताव गरिएको छ ।

नयाँ व्यवस्थासँगै साधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकले पनि संस्थापक सञ्चालक सरहको योग्यता अनिवार्य गरिएको छ ।

Biffya1

यसअघि साधारण सेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकका लागि कुनै पनि योग्यता तोकिएको थिएन ।

राष्ट्र बैंकले व्यवसायिक सञ्चालकको पनि योग्यता तोकेको छ ।

त्यसैगरी मस्यौदामा एकै परिवारका सदस्यबाट एक कार्यकालमा एक जनामात्र सञ्चालक बन्न पाउने व्यवस्था  गर्न प्रस्ताव गरिएको छ । संस्थापक, सञ्चालक वा साधारण सेयरधनी तथा उनीहरुका परिवारका व्यक्ति सञ्चालक हुन नपाउने मस्यौदामा उल्लेख छ ।

मस्यौदामा बैंकका अध्यक्ष तथा सञ्चालकहरुको पदावधि दुई कार्यकालभन्दा बढी हुन नहुने प्रस्ताव गरिएको छ । लामो सयम एकै व्यक्ति सञ्चालक समितिमा रहँदा संस्थामा संस्थागत शुसासनको अवस्था कमजोर देखिएको भन्दै राष्ट्र बैंकले सञ्चालकको पदावधि तोकेको हो ।

आर्थिक वर्ष २०७१/०७२ को मौदि्रक नीतिमै सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतले दुई कार्यकालभन्दा बढी बस्न नपाउने व्यवस्था गर्ने घोषणा गरिएको थियो ।

अहिलेको कार्यकाललाई पहिलो कार्यकाल मानेर नयाँ व्यवस्था लागू गर्ने कि आगामी कार्यकालदेखि मात्रै कार्यकाल गणना गर्ने भन्ने विषयमा राष्ट्र बैंकको सञ्चालक समितिमै विवाद छ ।

प्रस्तावित बाफिया अनुसार बैंक सञ्चालक बन्न २१ वर्ष पूरा हुनुपर्ने, मानसिक सन्तुलन ठीक हुनुपर्ने, कर्जा तिर्न नसकी साहूको दामासाहीमा नपरेको, बैंक तथा वित्तीय संस्थाको ऋण तिर्न नसकी कालोसूचीमा परी फुकुवा भएको तीन वर्ष पूरा भएको व्यक्ति मात्रै बैंकको सञ्चालक बन्न सक्नेछन् ।

त्यस्तै, बैंक तथा वित्तीय संस्थाको कुनै पनि प्रकारको निक्षेपसम्बन्धी व्यवसाय सञ्चालन गर्ने अन्य संस्थाको बहालवाला सञ्चालक वा कर्मचारी रहेको, बैंक वा वित्तीय संस्थाको बहालवाला लेखापरीक्षक वा सल्लाहकार वा सम्बन्धित वित्तीय संस्थासँग कुनै पनि किसिमको ठेक्कापट्टामा हिस्सेदार रहेको वा निजी स्वाथ्र्य रहेको व्यक्ति सञ्चालक बन्न पाउने छैनन् ।

biffya2

त्यसैगरी धितोपत्र व्यवसायीको रुपमा कार्य गर्न धितोपत्र बजारको सदस्यता प्राप्त गरेको वा मर्चेन्ट बैंकर, सेयर स्वामित्वका कारणले सञ्चालक हुन सम्बन्धित बैंक वा वित्तीय संस्थाको नियमावलीबमोजिम सञ्चालक हुन सम्बन्धित बैंक वा वित्तीय संस्थाको नियमावलीबमोजिम सञ्चालक हुनका लागि लिनुपर्ने न्यूनतम सेयर नलिएको व्यक्ति पनि बैंकको सञ्चालक बन्न पाउने छैनन ।

प्रस्तावित बाफियालाई हाल कार्यान्वयनमा रहेको बाफिया ०६३ भन्दा निकै कडा बनाइएको छ । बैंकर र व्यवसायी छुट्याउने अभियानमा लागेको राष्ट्र बैंकको सञ्चालक बन्न कडाइ गर्ने प्रस्ताव गरिएको राष्ट्र बैंकले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?