+
+
Shares

प्रहरीलाई भिलेन बनाइएकोमा भारतीय प्रधानमन्त्री मोदीको आपत्ति

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर १८ गते १४:०३
फाइल फोटो
फाइल फोटो

मुम्बइ । प्रहरी महानिर्देशकको कन्फ्रेन्समा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका थिए ‘फिल्म इण्डष्ट्रीले आम नागरिकका विचमा प्रहरीको छबीलाइ खराब रुपमा चित्रण गरिदिएको छ । म उनीहरुलाई प्रश्न गर्न चाहन्छु किन हरेक निर्देशक प्रहरीलाइ खराब मात्रै देख्छ ?’

प्रहरीमा पनि केही कमी कमजोरी भएको स्वीकार्दै मोदीले फेरी प्रश्न गरे ‘किन नराम्रा कुराहरुलाई विषेश हाइलाइट गरिन्छ हिन्दी फिल्ममा ?’
मोदीको उक्त प्रश्न सार्वजनिक भएपछि फिल्म क्षेत्रमा कार्यरत केही ब्यक्तिले मोदीको भनाइका विषयमा टिप्पणी समेत गरे ।

केही फिल्ममा प्रहरी अधिकृतको भुमिका निर्वाह गरेका अभिनेता जितेन्द्रले मोदीलाई प्रश्न गर्ने अधिकार भए पनि उनको कुरामा कुनै दम नभएको बताए । जितेन्द्रको भनाइअनुसार फिल्म भनेको समाजकै एउटा अंग हो । त्यसकारण समाज जस्तो छ त्यहि कुरा देखिन्छ फिल्ममा ।

भारतीय प्रहरीको ब्यबहार समाजमा खलनायक जस्तो भएकाले फिल्ममा पनि त्यहि रुपमा देखिएको भन्दै उनले केही फिल्ममा प्रहरीलाई हिरो बनाइएको भन्दै त्यस्ता फिल्म हेर्न आग्रह गरे ।

केही फिल्ममा प्रहरी अधिकृतकोे भुमिका निर्वाह गरेका ज्याकी श्राफ यस्तै रोल हेरेर पनि प्रहरी सुध्रनु पर्ने धारणा राख्छन् । ‘प्रहरीले हामीलाई किन खलचरित्र मात्रै भनेर हुँदैन । यस्तै फिल्म हेरेर भए पनि छबि सुधार्नतिर लाग्नुपर्छ ।’ उनले भने ।

तन्नेरी कलाकार अर्जुनले भने पछिल्लो समय रचनात्मक फिल्मको अभाव भएको भन्दै प्रहरीलाई पनि सकारात्मक शैलीमा देखाउनुपर्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?