Comments Add Comment

विहान ६ बजेदेखि खुल्न थाले सरकारी कार्यालय (फोटोकथा)

pasport office  (11)

 १ पुस, काठमाडौं । बिहान १० बजेदेखि ५ बजेसम्म सञ्चालन हुँदै आएका केही सरकारी कार्यालय मंगलबारबाट बिहान ६ बजेदेखि नै खुल्न थालेका छन् ।

सामान्य प्रशासन मन्त्रालयले पहिलो चरणमा काठमाडौं उपत्यकासहित मोरङ, रुपन्देही, बाँके र कैलालीका बढी भिडभाड हुने कार्यालयमा बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म १२ घण्टे सेवा सुरु गरेको हो ।

मंगलबार बिहान सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले काठमाडौं जिल्ला प्रशासन पुगेर बिहानी सेवाको उदघाटन गरेका छन् । सामान्य प्रशासन मन्त्री पण्डितले वैदेशिक रोजगार विभाग र परराष्ट्र मन्त्रालयको राहदानी शाखा उदघाटन गरे ।

बिहानैदेखि सरकारी कार्यालय उदघाटनका लागि सामान्य प्रशासन मन्त्रालयका सचिव डइन्द्रप्रसाद उपाध्याय भैरहवा पुगेका छन् । सहसचिव बाबुराम अधिकारी नेपालगन्ज तथा अर्का सहसचिव सुरेश अधिकारी मोरङ र सुनसरी पुगेका छन् ।

पाँचै जिल्लामा मंगलबार विहान ६ बजेदेखि जिल्ला प्रशासन, मालपोत र नापी कार्यालयबाट सेवा शुभारम्भ गरिएको छ ।

काठमाडौं उपत्यकामा राहदानी विभाग, नेपाल टेलिकमको छ महसुल काउन्टर, खानेपानी संस्थानका २० वटै महसुल काउन्टर खुलेका छन् । यातायात कार्यालयले पनि १२ घन्टा सेवा सुरु गरेको छ । विद्युत प्राधिकरणमा भने तत्काल १२ घण्टे सेवा लागू गरिएको छैन ।

Rupandehi-12-hours-government-Service
एक वर्षाीया अायुमीलाई राहदानी दिँदै सामान्य प्रशासन मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्याय

एक वर्षीया नाबालिकालाई राहदानी

रुपन्देहीमा एक वर्षीया नाबालिकालाई राहदानी दिएर १२ घण्टे सरकारी सेवा सुरु गरिएको छ । अनलाइनखबरकर्मी सलमान खानका अनुसार जिल्ला प्रशासन कार्यालयमा सामान्य प्रशासन मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले पडसरी-१ की एक वर्षीया नाबालिका आयुमी ढकाललाई बिहान ६ बजे राहदानी दिएर सेवा शुभारम्भ गरेका हुन् ।

विहानको सेवामा ४ पुरुष र ३ महिला गरी ७ जनाले राहदानी लिएको राहदानी फाँटका प्रमुख मिननाथ शर्माले जानकारी दिए ।

यस्तै रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ८ का १६ वर्षीय विराट सेनले आफ्नो नागरिकता बनाएर पहिलो सेवा लिएको नागरिकता फाँटका प्रमुख यज्ञराज पोखरेलले बताए । एक महिलासहित ८ जनाले विहानी सेवाबाट नागरिकता बनाएको पोख्रेलले जानकारी दिए ।

सरकारले सेवाग्राहीको बढी चाप हुने कार्यालयहरुमा सुरु गरेको १२ घण्टे सेवा धेरै राम्रो रहेको रुपन्देहीका सेवाग्राहीले बताएका छन् ।

Distirct administration Office Morang fINALमोरङका कार्यालय सुनसान

मोरङका अनलाइनखबरकर्मी ध्रुव भट्टराईका अनुसार सरकारले बिहान ६ बजेबाट सरकारी कार्यालय खुलाउन शुरु गरेको पहिलो बिहान मोरङ जिल्लाका सरकारी कार्यालय सुनसान देखिए ।

मालपोत कार्यालय मोरङमा बिहान ९ बजेसम्म एउटा अशंवण्डाको तोक लागेको थियो भने नापीमा पनि नक्सा पासको एउटा मात्रै काम भएको थियो ।

सेवा सुरु भएको पहिलो दिन धेरैलाई जानकारी नहुँदा सेवाग्राही कम भए पनि बुधबारदेखि बढ्दै जाने प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले अपेक्षा गरे ।

विहानी सेवाका लागि मोरङ जिल्ला प्रशासनमा ६ जना, मालपोत कार्यालयमा ११ जना र नापी कार्यालय ४ जना कर्मचारी खटाइएको छ ।

banke-finalबाँकेमा धूप अगरबत्ति जलाएर सेवा शुभारम्भ

बाँकेका अनलाइनखबरकर्मी आरपी सुवेदीका अनुसार जिल्ला प्रशासन कार्यालय बाँकेमा धूप, अगरवत्ति जलाएर १२ घण्टे सेवा शुभारम्भ गरिएको थियो । पहिलो सेवाग्राहीको रुपमा बागेश्वरी-९ कि सिपा स्वानी थापालाई नागरिकता वितरण गरिएको थियो ।

मध्यपश्चिम क्षेत्रीय प्रशासक विजयकुमार मल्लिकले थापालाई नागरिकता वितरण गर्दै सेवा शुभारम्भ गरे ।

१२ घण्टे सेवा शुभारम्भ कार्यक्रममा बाँकेका सरकारी कार्यालयका प्रमुख तथा विभिन्न राजनीतिक दलका जिल्लास्थित नेताहरुको उपस्थिति थियो ।

सेवा शुभारम्भ गर्न सामान्य प्रशासन मन्त्रालयका सहसचिव बाबुराम अधिकारी, भूमिसुधार तथा व्यवस्था विभागका महानिर्देशक रोहितकुमार भट्टराई लगायतको टोली बाँके आएको छ ।

सगरमाथा यातायात व्यवस्थापन कार्यालय लहानले पनि मंगलबार बिहानदेखि १२ घण्टे सेवा प्रारम्भ गरेको छ ।

अत्यावश्यक सेवा सन्चालन हुने सरकारी कार्यालय विहान ६ बजेदेखि नै खुले पनि कर्मचारीहरुले अतिरिक्त भत्ता नपाउने सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जानकारी दिए ।

विहानी सेवा शुभारम्भका केही तस्वीरहरु हेर्नुहोस्

cdo office  (1)
जिल्ला प्रशासन कार्यालय काठमाडाैंमा सेवाग्राही
pasport office  (2)
बिहान सवा ६ बजे परराष्ट्र मन्त्रालय राहदानी विभाग अगाडि सेवाग्राही
pasport office  (3)
बिहान सवा ६ बजे परराष्ट्र मन्त्रालय राहदानी विभाग अगाडि सेवाग्राही
pasport office  (5)
राहदानी विभागका प्रशासन प्रमुख पाैने ७ बजे कार्यालय जाँदै
pasport office  (6)
बिहानी सेवामा पहिलो पासपोर्ट लिएपछि खुसी हुँदै । बिहान साढे ४ बजेदेखि लाइन बसेपनि विभाग छिरेको १० मिनेटमै पासपोर्ट पाएको उनले बताए ।
pasport office  (9)
राहदानी विभाग अगाडि सेवाग्राहीसँग अाएका अाफन्तहरू । जसले गर्दा विभाग बाहिर बढी भीड देखिने गर्दछ
बिहान ८ बजे राहदानीका लागि फारम बुझाउन बसेको लाइन
बिहान ८ बजे राहदानीका लागि फारम बुझाउन बसेको लाइन
pasport office  (10)
साढे ८ बजे लाइन सकिएपछि खाली ठाउँ
pasport office  (15)
राहदानी विभागमा फारम बुझाउनुअगाडि फारम चेक गर्दै
pasport office  (23)
पासपोर्ट लिएर फर्कदै
pasport office  (24)
पासपोर्ट लिएर फर्कदै

तस्वीरः श्रीधर पाैडेल 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment