+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
85/10 (19.1)
VS
Lumbini Lions won by 6 wickets
Won लुम्बिनी लायन्स 2025
86/4 (8.6)
Shares

सरकारद्वारा कालो रङका कार किन्न प्रतिबन्ध ! राजधानीलाई सेताम्मे बनाइँदै

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ १५ गते ९:०५

uae
सरकारले कालो रङका कार आयात गर्न अघोषित रुपमा प्रतिबन्ध लगाएको छ । भन्सार अधिकारीहरुले विदेशबाट कार खरीद गर्ने आयातकर्ताहरुलाई कालो रङका कार देशमा भित्राउन अनुमति दिन बन्द गरेका छन् । कार आयातकर्ताहरुलाई सेतो रङका मात्र कार खरीद गर्न उनीहरुले सुझाव दिने गरेका छन् ।

यो समाचार पढ्दा झसँग हुनुभयो होला । अझ आफ्नो मनपर्ने रङको कार खरीद गर्ने सोचाइमा हुनभएका हरु त झनै चिन्तामा पर्नुभयो होला । तर चिन्ता नलिनुहोस्, यो नियम हाम्रो देशमा लागु भएको होइन । मध्य एसियाली देश तुर्कमेनिस्तानमा सरकारले अघोषित रुपमा कालो रङका कार आयातमा प्रतिबन्ध लगाएको हो ।

त्यहाँका भन्सार अधिकारीहरुले कालो रङका कार आयात अनुमति दिन अस्विकार गरेका एक अस्टि्रयाको एक वेबसाइटलाई उधृत गर्दै बीबीसीले जनाएको छ ।

कालो रङका कार खरीदमा लगाइएको रोकको कारण नखुलाइएको भएपनि अधिकारीहरुले खरीद कर्ताहरुलाई सेतो रङका कार खरीद गर्न सुझाव दिने गरेको बताइएको छ ।

सेतो रङलाई भाग्यको प्रतिक मानिने भएकाले आफ्नो देशका जनतालाई भाग्यशाली कार खरीद गर्न लगाउने सरकारको योजना भएको हुनसक्ने समाचारमा उल्लेख छ ।

अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार तुर्किस राष्ट्रपतिले केही समयअघि देखिन् सार्वजनिक समारोहहरुमा जाँदा सेतो चम्किने रङको सवारी साधन प्रयोग सुरु गरेका थिए भने झण्डै डेढ सय उच्च पदस्थ सरकारी अधिकारीहरुले समेत राष्ट्रपतिको सो कदमको अनुसरण गर्दै सेतो गाडि चढ्न थालेका छन् ।

तुर्कमेनिस्तान सरकारले पछिल्लो समयमा सेतो रङको प्रयोगलाई तिब्रता दिएको छ । राजधानी सहरका सबैजसो मुख्य भवनहरुमा सेतो रङको मार्बल प्रयोग गर्नका लागि अरबौँ डलर खर्च गरिरहेको छ ।

सहरको शोभा हराएको भन्दै गएको वर्ष राजधानीका बासिन्दालाई आफ्नो फ्लाटको बाहिर देखिने एयर कण्डिसन युनिट हटाउन सरकारले उर्दी जारी गरेपछि जनताले विरोध प्रदर्शन नै गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?