२१ चैत, काठमाडौं । काठमाडौंको बालाजुस्थित बाईसधारामा मेला लागेको छ । चैत शुक्ल पूर्णिमा लाग्ने मेलामा स्थान गर्न हिन्दू तथा बौद्ध धर्माबलम्बीहरु जाने गरेका छन् ।
बाईसधारामा स्थान गरे मुक्तिनाथ तथा गोसाईकुण्डमा स्नान गरे बराबरको पुन्य प्राप्त हुने जनविश्वास रहेको छ । स्थानका लागि बालबालिका देखि वृद्धवृद्धासम्म बाईसधारा पुगेका थिए ।
मल्लकालीन राजा जयप्रकाश मल्लले बालाजुमा २१ धारा निर्माण गराएका थिए । पछि अर्का मल्ल राजा जयस्थिति मल्लले एउटा धारा थपेर २२ पुर्याएका हुन् । चैत शुक्ल पूणिर्मामा बाईसधारामा स्नान गरेमा लुतो, खटिरा जस्ता रोग हराउने विश्वास छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4