+
+

सरोज खनालले भूकम्प पिडितलाई २० हजार अण्डा दिने

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख १८ गते ९:४३

saroj-khanalकाठमाडौं । लामो समयदेखि अमेरिका बस्दै आएका अभिनेता सरोज खनालले भुकम्पवाट पीडित भएकाहरुलाई बराबरको २० हजार वटा कुखुराको अण्डा बाँड्ने भएका छन् ।

उनको आफ्नै लगानी रहेको खनाल पोल्ट्री र्फम र नेपाल अण्डा उत्पादकसंघको संयुक्त पहलमा अण्डा वितरण सुरु हुन लागेको हो । अभिनेता खनालले जनाए अनुसार धादिङ, गोर्खा, सिन्धुपाल्चोक, नुवाकोट लगायतका जिल्लामा भुकम्पवाट घाइते भएर अस्पताल भर्ना भएकाहरुलाई अण्डा वितरण गर्न लागिएको हो ।

शुक्रवारवाटै अण्डा वितरण सुरु गर्ने योजनामा रहेका खनाल भूकम्प जानु भन्दा एक महिना अघि नेपाल आएका थिए । भूकम्प आएकै कारण अमेरिका जानवाट रोकिएका खनाल अण्डा बोकेर सिन्धुपाल्चोक जाने तयारीमा छन् ।

चितवनको अस्पतालमा उपचार गराई रहेकाहरुलाई अण्डा बाँड्ने जिम्मा उनले चितवनकै साथीहरुलाई दिएका छन् । उनी टुंडीखेल र सिन्धुपाल्चोकमा पालमा उपचार गराईरहेकाहरुलाई भेट्ने योजनामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?