Comments Add Comment

पत्रकार खनाल ४ घण्टापछि मुक्त

Kapildev-Khanal,-Nuwakot,-Arrested

२६ जेठ, नुवाकोट । समाचार संकलनका क्रममा पक्राउ परेका नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका कोषाध्यक्ष एवं अनलाइनखबर डटकमका नुवाकोट संवाददाता कपिलदेव खनाललाई प्रहरीले ४ घण्टापछि मुक्त गरेको छ ।

जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकमा समाचार संकलन गर्न पुगेका खनाललाई प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले दृष्य र आवाज रेकर्ड गर्न नमिल्ने भन्दा विवाद भएको थियो । त्यसपछि खनाललाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

यसअघि अर्थमन्त्रीका पीए रमेश महतको जस्ता प्रकरणबारे खनालले अनलाइनखबरमा समाचार लेखेपछि महतले अर्थमन्त्रीको स्वकीय सचिवबाट राजीनामा दिएका थिए । यो प्ररकणमा जिल्ला प्रशासन कार्यालयले महतलाई कारवाही नगरी बचाउन खोजेको जिल्लास्थित सञ्चारकर्मीहरुले आरोप लगाइरहेका बेला समाचार लेख्ने पत्रकारलाई गिरफ्तार गरिएको हो ।

राष्ट्रिय समाचार समिति र इमेज च्यानल टेलिभिजनको नुवाकोट संवाददाता समेत रहेका खनाललाई प्रमुख जिल्ला अधिकारी निरौलाको निर्देशन अटेर गरी आवाज रेकर्ड गर्न खोजेकाले प्रमुख जिल्ला अधिकारीको निर्देशनमा नियन्त्रणमा लिनुपरेको प्रहरीले जनाएको छ ।

जस्तापाता अनियमितताको सम्बन्धमा यसअघि अर्थमन्त्रीका स्वकीय सचिव रमेश महतले काठमाडौमा पत्रकार सम्मेलनको क्रममा पनि कारोबार दैनिकका पत्रकार शिव बोहोरामा माथि आक्रमण गरी घाइते बनाएका थिए ।

दुई साताअघि नुवाकोट पुर्‍याएको राहतको जस्तापाता अर्थमन्त्रीका तत्कालिन स्वकीय सचिव रमेश महतले अनियमितता गर्न लागेको भन्दै जिल्लाका राजनीतिक दल र नागरिकहरुले बिरोध जारी राख्दै आएका छन् ।

जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकमा बैंकका नायव महाप्रबन्धक राजन अमात्यले सामाजिक उत्तरदायित्व अन्तरगत सेवा पुर्‍याउन व्यक्ति मार्फत राहत पठाएकाले अनियमितता हुनै नसक्ने जिकिर गरेका छन् ।

जस्ता अनियमिततामा संलग्नलाई पक्राउ गर्न जिल्लाका दल र स्थानीयले माग गर्दै आए पनि घटनाको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेको भन्दै प्रमुख जिल्ला अधिकारीले आफूले केही पनि गर्न नसक्ने बताउँदै आएका छन् ।

पत्रकारलाई पक्राउ गरेपछि बैठकमा सहभागी राजनीतिक दल र पत्रकारहरुले प्रेसमाथिको हस्तक्षेप र अनियमितताको संरक्षण गर्न प्रमुख जिल्ला अधिकारी नै क्रियाशील रहेको भन्दै आपत्ति जनाएका छन् ।

यसैवीच नुवाकोटका प्रमुख जिल्ला अधिकारी निरौलाले आफूलाई जुत्ताले हान्छु भनेका कारण पक्रेको बताएका छन् । तर, पत्रकार महासंघका पदाधिकारीहरुले चाँहि जस्ता काण्डबारे भइरहेको बैठकको श्रव्य दृश्य सामाग्री खिच्न खोज्दा खनाललाई पक्राउ गरिएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment