३२ साउन, काठमाडौं । वैद्य माओवादीसँग मिलेर दुई दिने नेपाल बन्द घोषणा गरेको मधेसी मोर्चाले सोमबार अनिश्चितकालीन तराई-मधेस-थरुहट बन्दको घोषणा गरेको छ ।
मधेसी मोर्चाका तर्फबाट महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो र रामनरेश रायद्वारा सोमबार जारी प्रेस वक्तव्यमा अनिश्चितकालीन तराई मधेस बन्दको घोषणा गरिएको हो ।
वक्तव्यमा भनिएको छ-‘समानुपातिक समावेशीकरण र पहिचानसहितको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण गर्ने सुनिश्चितता नहुञ्जेलसम्म सम्पूर्ण मधेश-तराई-थरुहट बन्द तथा आम हड्तालको कार्यक्रम अनिश्चितकालका लागि निरन्तर जारी नै रहिरहनेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4