+

प्राइम र गोल्डेनगेट सेमिफाइनलमा

२०७२ भदौ  २४ गते १७:२८ २०७२ भदौ २४ गते १७:२८
प्राइम र गोल्डेनगेट सेमिफाइनलमा

Ncell-Basketball

२४ भदौ, काठमाडौं । प्राइम कलेज र गोल्डेनगेट इन्टरनेसनल कलेज एनसेल यु-१८ अन्तरकलेज बास्केटबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

प्राइमले एलआरआई कलेजलाई ५९-५४ ले पराजित गर्‍यो । प्राइमको जितमा शशि पराजुलीले १९ अंक योगदान गरे ।अन्तिम तथा चौथो क्वाटरमा २८-१७ को अग्रता बनाउदै प्राइमले जितको आधार खडा गरेको थियो ।

तेश्रो क्वाटरको समाप्तिसम्म प्राइम ३१-३७ ले पछाडि थियो । पहिलो क्वाटरमा १२-११ को झीनो अग्रता लिएको प्राइम दोश्रोमा ४-१२ ले पछाडि रह्यो । तेश्रोमा प्राइमले १५-१४ स्कोर गर्‍यो ।

गोल्डेनगेटले जेम्स कलेजलाई ६४-४१ ले हरायो । गोल्डेनगेटका खुखेन लामाले १५ अंक जोडे । गोल्डेनगेटले जेम्सलाई चारै क्वाटरमा उछिन्यो । पहिलोमा १६-१० को अग्रता बनाएको गोल्डेनगेटले अन्तिमसम्म अग्रतालाई जोगाइ राख्दै क्रमशः १८-११, १५-१० र १५-१० स्कोर गर्‍यो ।

सेमिफाइनलमा गोल्डेनगेटको भेट प्राइमसंग हुनेछ । अर्को सेमिफाइनल लिभर इन्टरनेसनल कलेज र मोर्गन इन्टरनेसनल कलेजबीच हुनेछ । दुवै सेमिफाइनल शुक्रबार हुनेछ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय