१३ असोज, काठमाडौं । ग्लोबल आइएमइ बैंकले सेयरधनीलाई चुक्ता पुँजीको २३ प्रतिशत लाभांस दिने निर्णय गरेको छ । असोज १२ गते बसेको बैंकको सञ्चालक समितिको २३३औं बैठकले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर दिने निर्णय गरेको हो ।
सञ्चालक समितिको यो निर्णय नियामक नेपाल राष्ट्र बैंक र ग्लोबल आइएमइकै आगामी साधारणसभाले स्वीकृति दिएपछि मात्रै वितरण गरिने छ । बोनस सेयर वितरणपश्चात बैंकको चुक्ता पुँजी ६ अर्व ११ करोड ४१ लाख ५१ हजार ५ सय रुपैयाँ पुग्नेछ । गत वर्ष बैंकले १ अर्ब नाफा कमाएर पहिलोपटक अर्ब कमाउने बैंकको सूचीमा पर्न सफल भएको थियो ।
बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ ।
हाल बैंकको ६० अर्ब निक्षेप ५० अर्ब भन्दा बढि कर्जा प्रवाह, ८८ वटा शाखा, १० वटा राजश्व संकलन काउण्टर, ९२ वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ३५ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा रहेका छन् ।
त्यसैगरी, बैंकले अत्याधुनीक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे्रलिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।
प्रतिक्रिया 4