+

रमेश शिलवालको नेतृत्वमा क्रिकेट संघको तदर्थ समिति गठन

२०७२ पुष  २४ गते १४:४३ २०७२ पुष २४ गते १४:४३
रमेश शिलवालको नेतृत्वमा क्रिकेट संघको तदर्थ समिति गठन

Ramesh-silwal२४ पुस, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद राखेपले रमेश शिलवालको नेतृत्वमा नेपाल क्रिकेट संघ क्यानको १५ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।

विवादका बीच सम्पन्न भएको क्यानको साधारणसभालाई मान्यता नदिएको राखेपले शुक्रबार तदर्थ समिथि बनाएको हो । तदर्थ समितिको महासचिवमा पवन अग्रवाल छन् ।

अध्यक्ष बनेका शिलवाल एमालेसम्बद्ध मदन भण्डारी स्पोट्स एकेडेमीका अध्यक्ष एवं गोल्डेन गेट कलेजका सञ्चालक समेत हुन् ।

राखेपले यसअघि २०७१ कात्तिक २० गते विनयराज पाण्डेको नेतृत्वमा तदर्थ समिति बनाउँदा पनि शिलवाल महासचिव थिए । तर, सर्वोच्च अदालतले मान्यता नदिएपछि यो समिति सक्रिय नै हुन पाएन ।

तत्कालीन अध्यक्ष टंक आङबुहाङ सहितको समूहले बहिस्कार गरेको साधारण सभाले चतुरबहादुर चन्दको अध्यक्षमा नयाँ नेतृत्व चयन गरेको थियो । तर, राखेपले यसलाई मान्यता नदिएर क्रिकेट संघको सम्पूर्ण अधिकार कार्यकारी अधिकृत भावना घिमिरेलाई दिएको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय