Comments Add Comment

प्याज खानुका १० फाइदा

सलाद होस् वा तरकारी र अचारमै किन नहोस् प्याज धेरै खाइने चिज हो । स्वादका लागि खाइने प्याजको गुण केवल खानालाई स्वादिलो तथा बासनादार बनाउनेमा  मात्र सिमित छैन ।

onionप्याजमा विभिन्न औषधिय गुण पनि पाइन्छन् र यसको सेवन स्वास्थ्यका लागि हितकर हुन्छ । विज्ञहरुका अनुसार कतिपय स्वास्थ्य समस्याको रोकथाम र उपचारमा प्याज लाभदायक हुन्छ । प्याजका १० फाइदा यस्ता छन्:

  • प्याज खानाले पेटमा पाचन रसको उत्पादन बढ्दछ । जसका कारण हामीले खाएको खानेकुरा राम्रोसँग पच्दछ र पाचन सम्बन्धी समस्या पनि कम हुन्छ ।
  • प्याजको रसमा मह मिलाएर खानाले ज्वरो, रुघाखोकी, तथा घाँटी खसखस गरेको र एलर्जी जस्ता समस्यामा राहत मिल्दछ ।
  • प्याजमा क्रोमियम तत्व हुन्छ जसले रगतमा भएकेा चिनीको मात्रा अर्थात् ब्लड सुगर नियन्त्रणमा मद्दत गर्दछ ।
  • काँचो प्याजको सेवनले रगतमा हानिकारक कोलेस्ट्रोलको मात्रा बढ्न दिँदैन र यसले मुटुलाई स्वस्थ राख्न सहयोग पुराउँदछ ।
  • दुखेको वा सुन्निएको ठाउँमा प्याजको रस लगाउनाले दुखाइ कम हुन्छ र संक्रमण पनि हुँदैन ।
  • प्याजमा विभिन्न फाइटोकेमिकल्स तथा भिटामिन सी पाइन्छ, जसले मानिसमा रोग प्रतिरोधी क्षमता बढाउँदछ ।
  • तपाइँको जिउमा कतै माहुरीले चिलेको छ ? यदि माहुरीले चिल्यो भने उक्त ठाउँमा प्याजको रस लगाउनुहोस्, दुखाइ तथा सुन्निने क्रम पनि कम हुन्छ ।
  • प्याजको नियमित सेवनले पेटको अल्सर अर्थात् ग्यास्टि्रक अल्सरको जोखिम कम हुन्छ । प्याजमा भएको तत्वले सरीरको फि्र रेडिकल्स हटाउन मद्दत गर्दछ ।
  • नाकबाट विभिन्न कारणले रगत बगिरहेको छ भने काँचो प्याज काटेर सुँघ्नाले रगत बग्न बन्द हुन्छ ।
  • प्याजमा क्यान्सर प्रतिरोधी तत्व पाइन्छ । यसमा हुने क्वेर्सेटिन नामक यौगिकले क्यान्सरबाट बचाउन सहयोग गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment